काठमाडौं: बिहीबार सुनको मूल्य प्रतितोला ९२ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको छ। सोमबार ९१ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन ९ सयले बढेर नयाँ रेकर्ड कायम गरेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय १२ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढिरहेको छ।
जसको असर नेपालमा पनि देखिएको सुनचाँदी व्यवसायी महासंले जनाएको छ।
आज चाँदीको मूल्य पनि बढेर ९ सय ८० प्रतितोला पुगेको छ। यो अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढी हो।
Facebook Comments Box