Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: दुई ठूला तत्कालिन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटनजिक पुगेको छ । नेकपाको पहिलो वरीयताका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग आफ्नै निवास बालुवाटारमा अनौपचारिक छलफल गर्दै अब कुन कित्तामा उभिने हो भनेर स्पष्ट गर्न आग्रह समेत गरेका छन् । प्रधानमन्त्री ओलीले छलफलका क्रममा आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाअभियोग लगाउने षड्यन्त्र भइरहेकाले पोजिशन क्लिअर गर्न भनेका छन् । प्रधानमन्त्री ओलीले पार्टी बचाउन आफू अन्तिमसम्म प्रयास गर्ने भन्दै नसकिएको खण्डमा पार्टी अलग हुने समेत बताएका छन् । उनले अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा दिन भनिरहेको…

Read More

काठमाडौं: प्रधानमन्त्री र मन्त्रीबीच बालुवाटारमा छलफल शनिबार साँझ भएको छलफल सकिएको छ । प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा भएको छलफल सकिएको पनि छलफल र निकर्ष केही सुनाइएको छैन । बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छलफल सकिएको बताएपछि विषय खुलाउन चाहेनन् । शनिबार अपराह्न शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका प्रधानमन्त्री ओलीले त्यसपछि सवा सात बजेबाट मन्त्री र राज्यमन्त्रीसँग गरेका थिए । करीब सबा ८ बजेसम्म छलफल चलेको थियो । पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेर मन्त्री र राज्यमन्त्रीसँग छलफलमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गत आइतबार प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिपछि नेकपाभित्र विवाद चर्किएको छ । प्रधानमन्त्रीमाथि पद…

Read More

काठमाडौं : नेकपाभित्रको संकट गहिरिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् । पार्टीभित्र प्रधानमन्त्री र अध्यक्ष दुवैबाट नेताहरुले राजीनामा मागेपछि पद धरापमा परेका बेला अचानक प्रधानमन्त्री ओलीको राष्ट्रपति विद्यादेवी भण्डारीसंगको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । गत आइतबार प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिपछि नेकपाभित्र विवाद चर्किएको छ भने प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेताहरु बताउँछन् । विवादकै क्रममा सहमतिको प्रयासस्वरुप आज तय गरिएको स्थायी समिति बैठक पर्सी सोमबारसम्मका लागि स्थगीत भएको थियो । यसैबीच आजै ओलीले मन्त्रीहरुलाई बालुवाटार समेत बोलाएको बताएपनि छलफलको विषय खुल्न सकेको छैन । यद्यपि मन्त्रीहरुसंग…

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यको बैठक बसिरहेको छ। शनिबार दिउँसो नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बैठक बसिरहेको छ। बैठकमा प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम,प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहभागी छन्। जसमा प्रधानमन्त्रीसमेत रहेका केपी ओली समूहका सदस्य भने सहभागी छैनन्। नेकपाको ९ सदस्यीय सचिवालय सदस्यमध्ये ओली, रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल बैठकमा उपस्थित नभएका हुन्। नेकपाभित्र विवादले उग्र रुप लिएपछि पार्टी एकता कसरी जोगाउने भन्‍ने विषयमा छलफल भइरहेको बैठकमा एक सचिवालय सदस्यले जानकारी दिए। शुक्रबार बालुवाटारमा प्रचण्डसँग पार्टी एकता सकेसम्म गर्ने…

Read More

काठमाडौं: नेपालमा शनिबार थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६४१५ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

Read More

गोरखा: गोरखामा कोरोना संक्रमणबाट मृत्यु भएका एक पुरूषको शव व्यवस्थापनमा स्थानीय बासिन्दाले अवरोध गरेपछि प्रहरीले अश्रुग्यास हानेको छ। शनिबार अवुवास्थित लुदी र दरौंदी दोभान भेला भएका स्थानीय बासिन्दाको भीड तितरबितर पार्न प्रहरीले अश्रुग्यास हानेको हो। सात सेल अश्रुग्यास हानेर भीड तितरबितर पारिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ का ४४ वर्षीय पुरूषको शनिबार बिहान गोरखा अस्पतालस्थित आइसोलेसनमा मृत्यु भएको थियो। उनी गत मंगलबार कतारबाट घर फर्किएर स्थानीय जीवनज्योति माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा बस्दै आएका थिए। खोकी लाग्नेजस्ता लक्षण देखिएका ती पुरूषमा कोरोना पुष्टि भएपछि शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेसनमा लगिएको थियो।…

Read More

काठमाडौं: शनिबार ललितपुरस्थित खोकनाका किसान र प्रहरीबीच झडप भएको छ । खेत रोपाइँ गर्न गएका किसानलाई प्रहरीले अवरोध गरेपछि झडप भएको हो । झडपका क्रममा प्रहरीले किसानका समूहलाई लक्षित गरी केही सेल अश्रुग्यास समेत हानेको छ । प्रहरीले अश्रुग्यास हानेपछि स्थानीय किसानले पनि ढुंगा हान्दा केही प्रहरी घाइते भएका छन । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले रोपाइँ थालेपछि प्रहरीले बल प्रयोग गरेको बताए । किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने बताउँदै आएका छन् । विकासका नाममा पुख्र्यौली थातथलो कब्जा गरेको भन्दै खोकनाबासी रुष्ट बनेका छन् । किसानले संयुक्त…

Read More

काठमाडौं: कोरोनाभाइरस संक्रमणको चेन ब्रेक गर्न कन्ट्याक्ट ट्रेसिङ महत्वपूर्ण मानिन्छ। कन्ट्याक्ट ट्रेसिङका मद्दतबाट संक्रमितको सम्पर्कमा आएकाहरु तथा सम्भावित संक्रमितहरुको खोजी गर्दै आइसोलेसनमा राखिन्छ। जसले थप व्यक्ति संक्रमित हुन पाउँदैनन्। तर, पछिल्लो समय ट्राभल हिस्ट्री नै नदेखिएका संक्रमितहरु बढ्न थालेपछि कन्ट्याक्ट ट्रेसिङ नै प्रभावित बन्दै गएको छ। ती व्यक्तिमा कहाँबाट, कसरी कोरोना सर्‍यो, सरकारी निकाय अलमलमा छ। काठमाडौं उपत्यकामा मात्रै बिहीबारसम्म १ सय ५८ जनालाई कोरोना संक्रमण देखिइसकेको छ। बुधबार र बिहीबारको कन्ट्याक्ट ट्रेसिङको विवरण नआइसकेपनि मंगलबारसम्म उपत्यकामा १२ जना ट्राभल हिस्ट्री नभएका व्यक्तिमा संक्रमण देखिएको छ। कन्ट्याक्ट ट्रेसिङको काम गर्ने जिम्मेवारी पाएको इपिडोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.…

Read More

काठमाडौं: काठमाडौं उपत्यकाका ढलमा कोरोना भाइरस देखिएको छ। सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपालले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो। संस्थाले बिहीबार उपत्यकाका विभिन्न स्थानबाट संकलन गरी परीक्षण गरेको ढलको पानीमा कोरोना भाइरस देखिएको तथ्य सार्वजनिक गरेको हो। अनुसन्धाता सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपालका अनुसन्धान प्रमुख समिरमणि दीक्षितले उपत्यकाको ढलमा कोरोना भाइरस देखिनुको अर्थ समुदायमा कोरोना भाइरस फैलिएको तथ्यलाई पुष्टि गर्नु भएको बताए। सीएमडीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. दिवेश कर्माचर्याको नेतृत्वमा गरिएको अनुसन्धानले उक्त कुरा पत्ता लगाएको हो। उले अरु ठाउँमा दिशामा पनि कोरोना संक्रमण देखिएकाले काठमाडौंमा देखिन्छ कि देखिदैँन भन्ने अध्ययन गर्दा देखिएको बताए। ‘उपत्यकाभित्रबाट दश दिन…

Read More

काठमाडौं: काठमाडौंका मुख्य चार स्थानको ढलको पानीमा गरिएको एक अध्ययनले त्यहाँ कोरोना भाइरस भएको देखाएको छ। सो अध्ययनमा चार स्थानमध्ये दुई स्थानका ढलको पानीमा कोरोना भाइरस देखिएको हो। सार्स २ इन्भारोमेन्टल सर्भिलेन्सले २ महिनादेखि काठमाडौंमा गरेको अध्ययनमा ढलमा कोरोना भाइरस देखिएको हो। सो अनुसन्धानका मुख्य अनुसन्धानकर्ता डा दिवेश कर्माचार्यले पछिल्लो १४ दिन भित्रको ढलबाट लिइएको नमुनाको जेनेटिक अध्ययनमा २ स्थानको ढलमा कोरोना भाइरस देखिएको जानकारी दिए। उनले भने, ‘हामीले कम्तिमा १०० घरको शौचालयको ढल एकै स्थानमा जाने मुख्य चार स्थानको ढलको नमुना लिएका थियौँ। मानिसको दिसामा समेत कोरोना भाइरस रहेकाले त्यो ढलमा देखिएको हो।’ उनले कोरोना भाइरस मानिसको दिसामा भएको…

Read More