Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: सांसदहरुले कोरोना भाइरस परीक्षण बढाउन, क्वारेन्टीन व्यवस्थित पार्न तथा लकडाउनका कारण असहज भएको दैनिकीलाई सामान्य बनाउन विशेष प्याकेजको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले दैनिक कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेकाले पिसिआर परीक्षणको दायरा बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । त्यसैगरी क्वारेन्टीनलाई व्यवस्थित बनाउनुको साथै लकडाउन अवधि भरका लागि कर लगायतको छुट सहितको राहत प्याकेजको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद बिमला नेपालीले क्वारेन्टिनमा बलात्कार, गाइगोठमा क्वारन्टीन जस्ता कुराहरु सुनिनु दुःखद कुरा भएको भन्दै व्यवस्थिति क्वारेन्टीन बनाउनका लागि सरकारको ध्यानाकर्षण गराइन् । उनले स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार भएको छैन…
काठमाडौं: जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले देश संकटमा फस्दै गएको बताएका छन्। कोरोना महामारी र बेरोजगारी वृद्धि भइरहेकोतर्फ संकेत गर्दै भट्टराईले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा यी समस्या समाधानतिर भन्दा गुटको जालोमा फसेको उल्लेख गरेका छन्।ट्वीटमार्फत उनले भनेका छन्, ‘देश चौतर्फी संकटमा फस्दैछ । कोरोना चर्किंदैछ। अर्थतन्त्र थला पर्दैछ।’ उनले विदेशबाट फर्केका र स्वदेशमै रहेका लाखौं वेरोजगार युवाको ताती बढेको उनको भनाइ छ। ‘एमसिसिको टुंगो छैन। नागरिकता बल्झिँदैछ,’ उनले भनेका छन्, ‘सत्ताधारी दल गुटको जालोमा फसेको छ। प्रधानमन्त्री उखान टुक्का/छेडखानीमा व्यस्त छन्। संकटको निकास खोजौं।’
काठमाडौं: विश्वभर कोरोना कोरोना भाइरस संक्रमितको संख्या ९१ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९१ लाख ८७ हजार २५८ पुगेको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर चार लाख ७४ हजार ३०७ जनाको ज्यान गइसकेको छ । अहिले सम्म विश्वमा ४९ लाख ३७ हजार १८१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिका कोरोनाको सबैभन्दा धेरै प्रभावित देश बनेको छ । अमेरिकामा २२ लाख ९१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् भने त्यहाँ एक लाख २० हजारभन्दा बढीको मृत्यु भएको छ । ब्राजिलमा कोरोनाका १० लाख ८३ हजार बढी संक्रमित छन् त्यहाँ मृतकको संख्या ५० हजार…
काठमाडौं: निरन्तर उकालो चढिरहेको सुनको मूल्यमा मंगलबार ब्रेक लागेको छ। मंगलबार सुन तोलाको ९० हजार ६ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा घटेको कारण सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ । सोमबार सुनको मूल्य ९१ हजार पुगेको थियो । लकडाउनपछि सुनको भाउ घटेको यो पहिलोपटक हो । आज चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन।
काठमाडौँ: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले कोरोना महामारीका बीच सरकारले प्रधानमन्त्रीका लागि गाडी खरिद प्रक्रिया अगाडि बढाएकोमा गृहमन्त्रीको जवाफ मागेका छन्। मंगलबार प्रतिनिधिसभा संसद बैठकमा धारणा राख्दै सांसद रिजालले प्रधानमन्त्रीका लागि सुरक्षा सर्भिलेन्ससहित ५ करोड मूल्यको गाडी खरिद प्रक्रिया अगाडि बढेकोमा गृहमन्त्रीको जवाफ मागेका हुन्। गाडी खरिद प्रक्रिया फागुनदेखि रोकिएकोमा हालै नेपाल प्रहरीले अगाडि बढाएको खबर सञ्चारमाध्यममा आएको सांसद रिजालको भनाइ छ। ‘असार ३ देखि नेपाल प्रहरीले गाडी खरिद प्रक्रिया अगाडि बढाएको खबर एक राष्ट्रिय दैनिकमा आएको छ, गृहमन्त्रीजी के यो साँचो हो?,’ सांसद रिजालले प्रश्न गरे। रिजालले बजेट खर्च गर्ने ठाउँ नपाएर गाडि खरिद गर्न लागेको हो…
काठमाडौँ:नेपालबाट भारत निर्यात गर्न लागिएका वस्तुको भारत प्रवेशमा भएको केहि दिनको अवरोध सहज भई सुचारु भएको छ। भारततर्फ जान लागेका वस्तुमा नेपालको पूर्वी नाकामा भारतले पास नदिएका कारण निर्यातमा अवरोध हुँदै आएको थियो। मेची नाकामा नेपालको चिया, अलैँची, अम्रिसोलगायतका वस्तु रोकिएकोमा आइतबार देखि निर्यात हुन थालेको छ। भन्सार विभागका अनुसार त्यस्ता सामान रहेका ३० वटा कन्टेर रोकिएको थियो। ती सामान करिव एक हप्ता रोकिएपछि अहिले प्रवेश खुला गरिएको छ। आइतबारदेखि भारत प्रवेशमा समस्या हटेको व्यवसायीले बताएका छन्। लकडाउनको समयदेखि नै भारतले नेपाली वस्तु आयातमा आनाकानी गर्दै आएको छ। विशेषगरी पूर्वी नाकामा अवरोध गर्दै आएको भारतले आइतबारदेखि भने अवरोध गरेको छैन।…
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारी लगानी वा अनुदान नभएको पब्लिक कम्पनीको पनि अनुसन्धान गर्ने अधिकार पाउने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयकमार्फत यस्तो व्यवस्था गर्न लागिएको हो । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सोमबार राष्ट्रिय सभामा पेश गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन गर्न बनेको विधेयक सम्बन्धी प्रतिवेदनमा ‘सार्वजनिक सेवा प्रवाह गर्ने पब्लिक लिमिटेड कम्पनी’ लाई सार्वजनिक संस्थाको परिभाषामा पारिएको छ । यो परिभाषाअनुसार सार्वजनिक रुपमा शेयर जारी गर्ने निजी कम्पनी समेत अख्तियारको छानविनको दायरामा पर्ने जानकारहरू बताउँछन् । तर प्राइभेट कम्पनीहरूमा हुने अनियमितता भने यो विधेयक अनुसार अख्तियारको छानविन क्षेत्राधिकारमा पर्दैन । विधायन…
काठमाडौँ: कोभिड–१९ महामारीका कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत पर्यटकीय क्षेत्रमा नराम्ररी असर पुगेको भन्दै पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायीले घरभाडामा ५० प्रतिशत छुट दिन माग गरेका छन् । बन्दाबन्दीका कारण तीन महिनादेखि प्रायः ठप्प ठमेल क्षेत्रका व्यवसायीले अहिलेकै अवस्थामा व्यवसायी पलायन हुने अवस्था सिर्जना रहेको भन्दै ५० प्रतिशत भाडा समायोजन गरिदिन ठमेलका घरधनीलाई आग्रह गरेका हुन् । आइतबार ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा परिषद्द्वारा गठित कोभिड– १९ पर्यटन व्यवसायी विपद् समन्वय समितिका संयोजक तथा परिषद्का उपाध्यक्ष भविश्वर शर्माको अध्यक्षतामा पर्यटनसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाबीच भएको छलफलले घर भाडाको ५० प्रतिशत छुट दिन र कोभिड महामारी अवधिभर घर भाडा नबढाउन आग्रह गरिएको…
पाल्पा: तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिराले सवारी साधन बगाउँदा दुई जनाको निधन भएको छ भने एक जनाको उद्धार गरिएको छ । तानसेन–तम्घास सडकखण्डको सम्मोबारी नजीकै सडकमाथिबाट खसेको पहिराले गाडी बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताउनुभयो । पाल्पाबाट गुल्मी जाने सवारी साधन ट्याङ्कर र ट्रक पहिराले बगाएको हो । हालसम्म मृतकको परिचय र सवारी साधनको नम्बर खुल्न सकेको छैन । पहिराले बगाएका सवारी साधनमा कति यात्रु सवार रहेको भन्ने जानकारी आउन नसकेको ट्राफिक प्रहरी कार्यालय प्रदेश नं ५ का प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो । बगाएका गाडी भीरमा अडकिएका छन् ।…
रुकुमपश्चिम: सोती मुद्दामा रुकुम जिल्ला अदालतमा थुनछेक बहस जारी छ । शुक्रबारदेखि शुरु भएको बहस आज पनि जारी रह्यो । थुनछेक बहस शुरु भएको तीन दिनमा वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको छ । आज बाँकी रहेका जाहेरीवालातर्फका सात वकिलको बहस सकिएसंँगै वादी र जाहेरीवालातर्फका वकिलको बहस सकिएको रुकुम जिल्ला अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार वादी र जाहेरीवालातर्फबाट २३ वकिलले बहस गरेका छन् । पहिलो दिन शुक्रबार वादीका तर्फबाट पाँच सरकारी वकिल र दुई जाहेरीवालातर्फका गरी सात तथा आइतबार जाहेरीवालातर्फका नौ र आज जाहेरीवालातर्फकै सात वकिलले बहस गरेका हुन् । मङ्गलबार प्रतिवादीतर्फका वकिलको…
