काठमाडौं: निरन्तर उकालो चढिरहेको सुनको मूल्यमा मंगलबार ब्रेक लागेको छ। मंगलबार सुन तोलाको ९० हजार ६ सय रुपैयाँमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा घटेको कारण सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।
सोमबार सुनको मूल्य ९१ हजार पुगेको थियो । लकडाउनपछि सुनको भाउ घटेको यो पहिलोपटक हो ।
आज चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन।
Facebook Comments Box