Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भद्रपुर: झापाको मेचीनगर नगरपालिका–११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार छ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ । गाउँलेले कोरोनाका कारण मृत्यु भएको आशङ्का गर्दै उनको शव दाहसंस्कार गर्न घाट लैजानबाट रोकेका थिए । घटनाबारे तत्काल जानकारी पाउनेबित्तिकै मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले नगरको स्वास्थ्य शाखालाई शवको अवस्थाबारे बुझ्न र व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो । नगरको स्वास्थ्यकर्मीको टोली मृतकको घर पुगेर अस्पताल रिपोर्ट जाँच गर्दा दुवै मिर्गाैला खराब भएर मृत्यु भएको पुष्टि गरेपछि मात्र गाउँलेले घरबाट उनको शव उठाउन दिएका थिए । मृतक एक हप्ताअघि मात्र उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल…

Read More

काठमाडौँ: प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बजेट सार्वजनिक गरेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी वर्षको बजेट सोमबार सार्वजनिक गर्दै चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख र पुँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख रुपैयाँ रहेको बताए । त्यस्तै वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट छ । सरकारले सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार विकासतर्फ सार्वजनिक गरेको छ । त्यसमा १५ अर्ब २ करोड रुपैयाँ बजेट छ । १६ सडक निर्माणलाई निरन्तर, सडक पुल निर्माणतर्फ १ अर्ब ४३ करोड, एक घर एक धारा निर्माणका लागि २ अर्ब…

Read More

विराटनगर: प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि रु. ४० अर्ब ८९ करोड ९९ लाख ४७ बजेट ल्याएको छ । कुल विनियोजनमध्ये चालु तर्फ रु. १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात् ४६ दशमलव २९ प्रतिशत र पुँजिगत २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ प्रतिशत रहेको छ । बजेट प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले सोमबार प्रदेशसभा बैठकमा प्रस्तुत गरेका हुन् । वित्तीय व्यवस्थापन तर्फ रु. ४ करोड । अन्तर सरकारी वित्तीय हस्तान्तरणका लागि रु. २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षको…

Read More

काठमाडौँ: सर्वोच्च अदालतले बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै सरकारले भ्याकेट (पुनरावलोकन निवेदन) खारेज गरेको छ। प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको पूर्ण इजलासले सरकारको माग खारेज गरिदिएको हो। सर्वोच्चले सरकारले भ्याकेट खारेज गर्दे यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो। सर्वोच्चले यसअघि बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था मिलाउन आदेश दिएको थियो। सर्वोच्चको अदालतले दिएको अन्तरिम आदेश अनुसार नै अब लकडाउन खुलेको ३० दिनभित्र कुनैपनि प्रकारको कर बुझाउनु नपर्ने भएको छ । सर्वोच्वको यो आदेशले दैनिक खर्च धान्न मुस्किल परेको सरकारलाई झनै समस्या थपिने भएको छ भने उद्योगी व्यवसायीले केही समयका लागि…

Read More

काठमाडौं- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रु ३३ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटौं अधिवेशनको १२औँ बैठकमा आगामी वर्षका लागि राजश्व र व्ययका वार्षिक अनुमानसहितको उक्त बजेट आज प्रस्तुत गरेका हुन् । प्रदेश सरकारको आगामी आव २०७७/७८ का लागि रु ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट प्रस्तुत गरेको छ । सोअनुसार पूँजीगततर्फ रु १९ अर्ब छ करोड ९१ लाख २१ हजार ९५७५०, चालूतर्फ रु ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार ९३४५० र वित्तीय हस्तान्तरणतर्फ रु दुई अर्ब, ९९…

Read More

काठमाडौं: निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले मंगलबारदेखि विभिन्न देशमा रहेका नेपालीलाई नेपाल ल्याउनका लागि उद्धार उडान सुरु गर्ने भएको छ। जुन १७ तारिखदेखि लगातार चार दिन (जुन २०) सम्म गर्ने उद्धार उडानमार्फत हिमालयले आठवटा देशबाट नेपालीलाई ल्याउनेछ । यसमा श्रीलंका, माल्दिभ्स, बंगलादेश, सिंगापुर, कम्बोडिया, मलेसिया, साउदी अरेबिया र युएई रहेका छन् । कम्पनीले रुप्सी ट्राभलसँगको समन्वयमा पहिलो उडान श्रीलंका र माल्दिभ्समा गर्ने जनाएको छ। यी दुवै देशका लागि हवाई भाडा तीन सय ८० अमेरिकी डलर निर्धारण गरिएको कम्पनीले जानकारी दिएको छ। यसबाहेक हिमालयले हार्वेस्ट मुन ट्राभल एण्ड टुर्ससँगको समन्वयमा १७ जुनमा बंगलादेशको ढाका, सिंगापुर र कम्बोडियामा पनि उद्धार उडान…

Read More

पोखरा: गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। जुन चालु आर्थिक वर्षको तुलनामा २ अर्ब ७० करोड ७३ लाख ६८ हजार रुपैयाँले बढी हो। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले आगामी वर्षको बजेट ९ अर्ब न्युन (घाटा) रहेको बताए। उक्त रकम चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने ७ अर्ब रुपयाँ, आन्तरिक ऋणबाट १ अर्ब र नेपाल सरकारसँग १ अर्ब ऋण लिने मन्त्री गुरुङले बजेट वक्तव्यमा उल्लख गरेका छन्। उनले चालु आर्थिक वर्षमा बजेट खर्च हुन नसकेकाले बजेटको आकार बढ्न गएको बताए। आगामी वर्षको कुल…

Read More

काठमाडौं: गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ । लकडाउन खुकुलो बनाएर जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार पासले जोरबिजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले खारेज गरिएको हो।

Read More

हेटौंडा: बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१.१२ प्रतिशत विनियोजन गरिएको छ । त्यस्तै, पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८.८८ प्रतिशत बजेट विनियोजन भएको छ ।

Read More

काठमाडौं: सोमबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । यससँगै काठमाडौँमा पनि अव कोरोनाको संक्रमित बढ्दै जान थालेको छ । त्यस्तै सोमबार मात्रै थप ४५१ जनामा कोरोन पुष्टी भएको छ र कुल कोरोना संक्रमितको संख्या ६२ सय ११ पुगेको छ।

Read More