काठमाडौं: गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ ।
लकडाउन खुकुलो बनाएर जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो ।
गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार पासले जोरबिजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले खारेज गरिएको हो।
Facebook Comments Box