Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भैरहवा: गएराति करिब ५ घन्टाको अन्तरालमा लुम्बिनी प्रदेशमा कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ । साँझ ५ बजेर ५० मिनेट जादा भैरहवा मेडिकल कलेज रुपन्देहीको मायादेवी गाउँपालिका ५ की ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए । त्यस्तै, नेपालगन्जको भेरी कोरोना विशेष अस्पतालमा साँझ ७ बजे बर्दियाको राजपुर गाउँपालिका–१ का ७३ वर्षीय पुरुष, ७ : ४० बजे बाँके जिल्लाको बैजनाथ गाउँपालिका–८ की ७८ वर्षीया महिला र दैलेखको नारायण गाउँपालिका –१ की ६८ वर्षीया महिलाको ९ बजेको समयमा कोरोना संक्रमणबाट मृत्यु भएको भेरी कोरोना विशेष अस्पतालले जनाएको छ । हाल…

Read More

काठमाडौं । कोरोनाको जोखिम उच्च हुँदै गएपछि सरकारले डान्सबार दोहोरी साँझहरु अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गर्नुपर्ने निश्कर्ष निकालेको छ । शनिबार सिंहदरबारमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले डान्सबार र दोहोरी साँझ बन्द गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने सीसीएमसीको सिफारिस छ । यसअघि स्वास्थ्य मन्त्रालयले गत चैत २५ गते जारी गरेको अपीलमा राति ९ बजेपछि रेष्टुरेन्टहरु बन्द गर्न अपील गरिएको थियो । त्यसैगरी बैशाख २ गते मन्त्रालयले जारी गरेको अर्को अपीलमा काठमाडौं लगायत १४ जिल्लालाई अति…

Read More

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले फ्लोर क्रस गर्ने तीन जनालाई कारबाही गरेको छ । प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको हो । ‘उहाँहरु प्रदेश कमिटी मातहतको कमिटीमा रहनु भएकाले प्रदेश कमिटीले नै कारबाही गरेको छ,’ नेता यमलाल कँडेलले भने, ‘प्रकाश ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य हुनु भएकाले कारबाहीको सिफारिस गरिएको छ ।’ चारै जनालाई सांसदबाट कारबाही गर्न भने हिजै केन्द्रीय कमिटीमा सिफारिस गरिएको थियो । ज्वालासहित चार सांसदले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

Read More

काठमाडौँ — कोरोना महामारीको दोस्रो लहर बढेसँगै काठमाडौं, भक्तपुर र ललितपुर प्रशासन एकीकृत प्रतिकार्य योजनामा जुटेका छन् । जोखिम न्यूनीकरण नभएसम्म विद्यालयमा पठनपाठन स्थगन, ‘मास’ परीक्षण तथा ‘कन्ट्याक्ट ट्रेसिङ’, अनावश्यक हिँडडुल नियन्त्रण, जनस्वास्थ्यका अन्य मापदण्ड पालनामा कडाइ गर्नुपर्ने पक्षमा प्रशासन कार्यालयहरू देखिएका छन् । जोखिम रोकथाम र नियन्त्रणका लागि अरू निकायबाट दिइएका आदेश र निर्देशन पालनामा अटेर गरिएको भन्दै प्रशासन महामारी फैलिने गरी गतिविधि भए बल प्रयोग गर्नेसम्मको रणनीतिसहित अघि बढेको छ । मन्त्रिपरिषद्ले २०७७ भदौ २९ मा आफ्नो जिल्लामा कोभिडको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सम्बन्धित जिल्लाभर वा जिल्लाका कुनै भागमा मात्र लागू हुने गरी संक्रामक रोग ऐनअनुसार निर्णय लिने अधिकार…

Read More

काठमाडौँ: त्रिकोणात्मक टी-२० सिरिज आज काठमाडौँमा शुरू हुँदैछ । नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मलित सिरिज डबल राउण्ड रोबिनका आधारमा हुनेछ । शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् । उद्घाटन खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल टियु क्रिकेट मैदानमा दिउँसो १:१५ बजे शुरू हुनेछ । नेपालले दोस्रो खेलमा मलेसियासँग बैशाख ६ मा खेल्नेछ । नेपालले तेस्रो खेल नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । नेपालले अन्तिम लिग खेल बैशाख ९ गते मलेसियासँग खेल्नेछ । प्रतियोगितमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काको अभाव खड्किने भएको छ । अभ्यासका क्रममा बल क्याच गर्दा घाइते भएसँगै उनले त्रिकोणात्मक सिरिज गुमाउने भएका हुन् ।…

Read More

काठमाडौँ: भारतमा कोरोना भाइरसको संक्रमणमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ३३ हजार ९४३ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । यसअघि (शुक्रबार) वैशाख ३ मा भारतमा अहिलेसम्मकै दोस्रो धेरै २ लाख १६ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ४५ लाख २१ हजार ६८३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २६ लाख ६६ हजार ८८९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १६ लाख ७९ हजार…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सर्वदलीय बैठक बस्दै छ । बैठक शनिबार विहान ११ बजे बस्न लागेको हो । कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा संसद अधिवेशन, कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल हुने थापाले बताए । पछिल्ला दिनमा कोरोना महामारी बढ्दै गएपछि सरकारले १४ जिल्लालाई अति प्रभावित घोषणा गरेको छ ।

Read More

काठमाडौँ: फ्लोर क्रस गरेर मतदान गर्ने चार जना सांसदलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न एमालेको कर्णाली प्रदेशले सिफारिस गरेको छ । सुर्खेतमा बसेको बैठकले फ्लोर क्रस गर्ने सांसदहरू प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारबाहीका लागि सिफारिस गरिएको एमालेको कर्णाली प्रदेश इञ्चार्ज यामलाल कणेलले जानकारी दिए । विधानअनुसार कारबाहीको सिफारिस गरेर केन्द्रमा पठाउने निर्णय भएको इञ्चार्ज कणेलले बताए । उनले भने, ‘पार्टी विधानविपरित जाने चार जना सांसदलाई विधानअनुसार नै कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरेका छौं ।’ उनले भने, ‘उहाँहरु एमाले नै रहनुभएन । एमाले नभएपछि त सदस्य रहने भन्ने कुरा भएन ।’ उनले विधानअनुसार…

Read More

काठमाडौँ: बाँकेको कोहलपुर नगरापालिका–१२ रोहिणी खोला नजिक बस र टिपर एक आपसमा ठक्किएर भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना अ क–४१ नम्बरको टिपर शुक्रबार साँझ एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा परेर ७ जना गम्भिर घाइते छन् ।घाइतेहरु सबैको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्‍याए एलगत्तै मृत्यु भएको डिएसपी खनालले जानकारी…

Read More

काठमाडौँ । काठमाडौँ उपत्यका र बाँके कारोना भाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा ९०० जना संक्रमित फेला परेकोमा काठमाडौँ उपत्यकामा सर्वाधिक ३४८ जना संक्रमित भएका हुन् । काठमाडौँमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ६ हजार १५८ जनामा परीक्षण गर्दा पीसीआरबाट ८३६ र एन्टिजेनबाट ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८९० जना…

Read More