काठमाडौँ: बाँकेको कोहलपुर नगरापालिका–१२ रोहिणी खोला नजिक बस र टिपर एक आपसमा ठक्किएर भएको दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना अ क–४१ नम्बरको टिपर शुक्रबार साँझ एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रविन्द्र खनालका अनुसार दुर्घटनामा परेर ७ जना गम्भिर घाइते छन् ।घाइतेहरु सबैको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
दुर्घटनामा एक जनाको घटनास्थलमै र अन्य ४ जनाको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पुर्याए एलगत्तै मृत्यु भएको डिएसपी खनालले जानकारी दिए ।