Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नेकपाकै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपको जवाफ सार्वजनिक रुपमा दिनुपर्ने बताएका छन्। प्रचण्डले शुक्रबार बसेको पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीविरुद्ध बिभिन्न आरोप लगाएका छन्। थापाले ती आरोप केवल सत्तारुढ दलसँग मात्र सम्बन्धित नभएको सार्वजनिक विषयहरु भएको हुँदा अब ती विषय सो पार्टीको आन्तरिक मामिला मात्र बन्न नसक्ने बताएका छन्। यस प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरुलाई फगत पार्टीभित्रको आन्तरिक शक्ति संघर्षबीच उठेको मनमुटावको तितो अभिव्यक्तिको रुपमा लिने भुल कम्तिमा प्रतिपक्षले गर्नेछैन,’ सांसद थापाले सामाजिक सञ्जालमार्फत् तीन–पृष्ठ लामो वक्तव्य सार्वजनिक गर्दै भनेका छन्,…
काठमाडौँ: प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पनि पार्टीमा देखिएका समस्याबारे आफ्नो छुट्टै प्रस्ताव पेस गर्ने भएका छन्। आज बुधबार बसेको पार्टी सचिवालय बैठकमा उनले सो जानकारी गराएका हुन्। उनको सो प्रस्तावसहितका विषयमा छलफल गर्ने गरी पार्टीको केन्द्रीय सचिवालयको बैठक मंसिर १३ गते बस्ने भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। यसअघि शुक्रबार बसेको सचिवालय बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९–पृष्ठ लामो प्रतिवेदन पेस गरेका थिए। सो प्रतिवेदनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले पार्टी तथा सरकार राम्रोसँग नचलाएको, एकलौटी गरेको लगायतका आरोप लगाइएको छ।
काठमाडौँ: बितेको २४ घण्टामा देशभर १ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार ३८ जना रहेका छन् । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका ८२२, भक्तपुरका ४८ र ललितपुरका १६८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ७३१ जनाको पीसीआर परीक्षण भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ५३८ जना डिस्चार्ज भएका छन् भने हालसम्म कुल निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै संक्रमितको कुल संख्या भने…
काठमाडौँ, ३ मङ्सिर (रासस): धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । तिहारको बिदा पछि आज खुलेको बजारमा नेप्सेसहित कारोवार रकममा समेत सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से २३.३२ बिन्दुले उकालो लागेर एक हजार ७४१.८१ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ०.८० ले ओरालो लागेर ३३८.०९ मा ओर्लेको छ । कूल १९४ कम्पनीको एक करोड १६ लाख ७४ हजार ८७५ कित्ता शेयर रु चार अर्ब ७९ करोड १० लाख ४१ हजार ६४९ बराबरको कारोवार भएको छ । स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर ओरालो…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनिया राजदूत चिहोउ यान्छीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ भएको भेटवार्ता नेकपाको पछिल्लो राजनीतिक विवादमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ । भेट नेकपा सचिवालय वैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पेश गरेको एकल प्रस्ताव र त्यसपछि उत्पन्न विवाद लगायत विषयमा केन्द्रित भएको बुझिएको छ । नेकपा विवाद उत्कर्षमा पुगेपछि राजदूत यान्छीले राजनीतिक भेटवार्ता तिव्र पारेकी छिन् । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेट गरेकी छिन् । नेकपा सचिवालयका बहुमत सदस्यले आजका लागि बैठक बोलाएका छन् भने ओली पक्ष उक्त बैठक टार्ने कसरत गरिरहेको छ । नौ सदस्यीय…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । दिउँसो १ बजे नेकपा सचिवालय बैठक पनि बोलाइएको छ । सोही समयमै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार आजको बैठक नियमित भनिए पनि अध्यादेशका सम्बन्धमा छलफल हुन सक्नेछ । कतिपय नेताहरुले दल विभाजन सम्बन्धी अध्यादेश फेरि पनि ल्याउन सक्ने आकलन गरेका छन् । तर यसको पुष्टि भने हुन सकेको छैन ।
महोत्तरी, ३ मङ्सिर (रासस) : दीपावली पर्व सकेर मैथिलले अब लोकआस्थाको पर्व छठ व्रत विधि शुरु गर्दैछन् । कात्तिक शुक्ल द्वितीयाका दिन ‘भरद्वितीया’ (भैयादुज, भातृद्वितीया पनि भनिने भाइटीका) दीपावली (यमपञ्चक) सम्पन्न भएसँगै मैथिल (मिथिलाका बासिन्दा) आज बुधबारदेखि श्रद्धा र निष्ठापूर्वक मनाइने पर्व छठ व्रत शुरु गर्न लागेका हुन् । व्रत विधिअनुसार आज पहिलो दिन बर्तालुले ‘नहाय–खाय’ विधि सम्पन्न गर्नेछन् । कात्तिक शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ सम्पन्न गरिने छठपर्व यसपालि आज बुधबार शुरु हुँदैछ । सूर्यदेवको उपासना गरिने यो पर्वमा पहिलो अर्थात् चौथी तिथिका दिन बर्तालुले हातगोडाका नङ काटेर पवित्र स्नान गर्दै चोखोनितो खाएर व्रत सङ्कल्प…
दमौली, ३ मङ्सिर (रासस) : तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । पोखराबाट मानहुँकोट जाँदै गरेको ग१ख २९४२ नंको हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् । माइक्रो सडकदेखि अन्दाजी ६०० मिटर तल खसेको छ ।
काठमाडौँ: सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले स्थायी सरकारका लागि धेरै नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी त्याग्न तयार रहेको बताएका छन्। सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै मन्त्री गुरुङले पार्टीभित्रको विवादले प्रतिक्रान्ति निम्त्याउने चेतावनी समेत दिएका छन्। ‘कोभिड–१९ का कारण राष्ट्रको सामू चौतर्फी संकट भएको बेला प्रतिपक्षले समेत राष्ट्रिय एकताको राजनीतिक संस्कार देखाएर विरोध नगरेको अवस्थामा पार्टीभित्र प्रतिपक्षको भूमिकाबाट नेपालको समृद्धि, पार्टी एकताको नीति, सिद्धान्त, विचार र विधान विपरित पार्टी विभाजन गर्ने, क्रान्ति होइन्, प्रतिक्रान्ति निम्त्याउने प्रस्तावलाई स्थगित गरौं’ मन्त्री गुरुङले भनेका छन् ‘सत्ता र शक्तिको लागि हो भने स्थायी सरकारका लागि मूल नेतृत्व परिवर्तनबाहेक म लगायत धेरै…
काठमाडौँ: २७ वटै वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरणअनुसार यी बैंकहरुले साउन, भदौ र असोजसम्म १४ अर्ब ७५ करोड ८० लाख रुपैयाँ खुद नाफा (कर छुट्याएपछि) कमाएका छन्। जवकि गत वर्षको यसै अवधिमा १५ अर्ब ५५ करोड ५४ लाख कमाएका थिए। अधिकांश बैंकको नाफा घट्दा समग्र नाफामा ५. १२ प्रतिशतले कमी आएको हो। २७ बैंकमध्ये १८ वटाको नाफा घटेको छ। बाँकी ९ बैंकले भने नाफा बढाउन सफल भएका छन्। अपरिस्कृत वित्तीय विवरणअनुसार ग्लोबल आइएमई, एनआइसी एसिया, प्राइम कमर्सियल, प्रभु, मेगा, बंगलादेश, एनएमबि, सिटिजन्स र कुमारी बैंकले नाफा बढाएका छन्।…
