काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनिया राजदूत चिहोउ यान्छीबीच भेटवार्ता भएको छ । मंगलबार साँझ भएको भेटवार्ता नेकपाको पछिल्लो राजनीतिक विवादमा केन्द्रित रहेको बालुवाटार स्रोतले जनाएको छ ।
भेट नेकपा सचिवालय वैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पेश गरेको एकल प्रस्ताव र त्यसपछि उत्पन्न विवाद लगायत विषयमा केन्द्रित भएको बुझिएको छ ।
नेकपा विवाद उत्कर्षमा पुगेपछि राजदूत यान्छीले राजनीतिक भेटवार्ता तिव्र पारेकी छिन् । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पनि भेट गरेकी छिन् ।
नेकपा सचिवालयका बहुमत सदस्यले आजका लागि बैठक बोलाएका छन् भने ओली पक्ष उक्त बैठक टार्ने कसरत गरिरहेको छ ।
नौ सदस्यीय नेकपा सचिवालयमा प्रधानमन्त्री ओलीको पक्षमा ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् भने प्रचण्डको पक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामवदेव गौतम र नारायणकाजी श्रेष्ठ छन् ।