Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाका सामुन्ने तीनवटा शक्ति राष्ट्र अमेरिका, चीन र भारतसँग सरोकार राख्ने मुद्दाहरू एकैपटक जोडिएर आएका छन् । नेपाल मामिलामा मिहिन चासो राख्ने तीन शक्ति राष्ट्रका तीनथरी विषय सामुन्नेमा आएपछि एकातर्फ सत्ता गठबन्धनभित्र छटपटी बढेको छ, अर्कोतर्फ देउवाको कूटनीतिक कौशल अब कसरी प्रदर्शन हुन्छ त्यसप्रति सरोकारवालाहरूको चासो प्रकट हुन थालेको छ । भारतीय सशस्त्र सुरक्षा बल (एसएसबी)ले तुइन चुँडाइदिँदा दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनामा भारतसँग सरकारले औपचारिक रुपमा केही बोल्न सकेको छैन । गृहमन्त्रालयको छानबिन टोलीले समेत त्यहाँ भारतीय पक्षबाट आपराधिक खालको गतिविधि भएको औंल्याइरहँदा सरकारले भारतलाई औपचारिक रुपमा कूटनीतिक पत्राचारसमेत गर्न सकेको छैन । घटना भएको…
काठमाडौँ: सरकारले बजेटसँग सम्बन्धित अध्यादेशलाई पुनः ल्याउने भएको छ । निष्क्रिय हुन लागेका अध्यादेशलाई पुनः जागृत गर्नका लागि फेरि अध्यादेश ल्याउने तयारीमा सरकारले राजनीतिक दलहरूसँग छलफल थालेको छ । सदनमा पेस भएका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ल्याएर कानुनको स्वरुप दिनुपर्नेमा त्यो गर्न नसकेका कारण सरकार फेरि अध्यादेशमार्फत नै बजेट ल्याउने तयारीमा रहेको एक मन्त्रीले जानकारी दिए । दुई दर्जनभन्दा बढी विचाराधीन अध्यादेशलाई सरकारले फेरि जारी गर्ने भएको हो । बजेटसँग सम्बन्धित अध्यादेशलाई सरकारले प्राथमिकतामा राखेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग सम्बन्धित आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८…
काठमाडौँ: काठमाडौँ महानगरपालिकाले तत्काल विद्यालय खोल्ने/नखोल्नेबारे छलफल भइरहेको बताएको छ । स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौँ जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भए पनि औपचारिक निर्णय नभएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँ उपत्यकाका अन्य स्थनीय तहजस्तो महानगर होइन, यहाँ विद्यार्थीको अत्यधिक सङ्ख्या छ उनीहरुलाई सुरक्षित राख्दै पठनपाठनलाई सञ्चालन गर्नुपर्छ, त्यसका लागि छलफल भइरहेको छ ।” “विद्यालय उमेर समूहका १८ वर्षमुनिका बालबालिका कारोना भाइरस सङ्क्रमणबाट बढी जोखिममा रहेकाले दुई दिन खोलेर बन्द गर्दा थप समस्या उत्पन्न हुन्छ, त्यसका लागि सञ्चालन गर्नुपूर्व छलफल गर्नुपर्छ”, उहाँले भन्नुभयो । कामपामा रहेका ९१ सामुदायिक…
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले काठमाडौँ उपत्यकामा विद्युतीय बस सञ्चालन गर्ने सम्बन्धमा साझा यातायातसँग छलफल गर्नुभएको छ । पुल्चोकस्थित साझा यातायातको कार्यालय पुगेर उहाँले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधारका विषयमा जानकारी लिनुभएको हो । सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी गराउनुभयो । उहाँले विद्युतीय बस खरिदको अवस्था तथा बस सञ्चालनका लागि चार्जिङ स्टेशनको अवस्थाका बारेमा मन्त्री भुसाललाई अवगत गराउनुभयो । उहाँले पहिलो चरणमा जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालनमा ल्याउनु पर्ने बताउनुभयो । बोलपत्र आह्वान गरेर बस खरिदको प्रक्रिया अगाडि…
काठमाडौँ: नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरकारी नीति तथा कानूनमा परिमार्जनका साथ सोहीअनुसार अनुुकूल वातावरण बनाउनुपर्ने सुझाव व्यवसायीले दिएका छन् । केही वर्षअघिसम्म करिब १० प्रतिशतमा मात्र सीमित रहेको स्वदेशी उत्पादन अहिले त्यो बढेर करिब ५० प्रतिशत पुुगेको छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने सरकारी नीति र उपयुक्त वातावरण बन्न सकेको खण्डमा छिट्टै नेपाललाई औषधिमा ८० देखि ९० प्रतिशत आत्मनिर्भर बनाउन सकिने दाबी उद्योगीको छ । त्यसका लागि ‘औषधि ऐन, २०३५ सहित’लाई संशोधन गर्नुपर्ने उनीहरुको भनाइ छ । औषधि उद्योगीसँग आज नेपाल उद्योग वाणिज्य महासङ्घ सचिवालयमा आयोजित छलफलमा औषधिलगायत उद्योग व्यवसायसँग सम्बन्धित ऐन कानूनमा उद्योग व्यवसायलाई निरूत्साहित गर्ने खालको भाषा रहेकाले…
काठमाडौँ: सरकारले सातौँ संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भव्यरूपमा मनाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विहिबार बसेको सरोकारवाला पदाधिकारीसहितको बैठकले आगामी असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय गरेको हो । बैठकले प्रधानमन्त्री देउवाको अध्यक्षतामा दिवस मनाउन मूल समारोह समिति र अन्य विभिन्न विषयगत उपसमिति गठन गर्ने निर्णयसमेत गरेको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले राससलाई जानकारी दिनुभयो । बैठकले संविधान दिवसका अवसरमा आमनागरिकलाई स्वतःस्फूर्तरूपमा दीपावली गर्न तथा विदेशस्थित नेपाली नियोग र निकायमासमेत नेपाली झण्डा फहराउन आग्रह गर्ने निर्णय गरेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण…
काठमाडौँ: काठमाडौ जिल्ला दक्षिणकाली नगरपालिकाको वडा नं. ३ चोखेलमा बसोबास गर्ने स्थानीय किसानहरुलाई आवश्यक प्रक्रिया पूरा गरेर कृषिसम्बन्धी वेचविखनदेखि विउ/मलखाद/मौसम समेत जानकारी हुने व्यवस्था समेतको किसान कार्ड कार्ड कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका अनिल कुमार उपाध्यायले पहिलो चरणमा ८३ वटा कार्ड किसान तथा ग्राहकहरुलाई उपलव्ध गराउनुभयो । उक्त कार्यक्रमको अध्यक्षता दक्षिणकाली नगरपालिका वडा नं. ३ को वडाअध्याक्ष शिवभक्त बलामीले गर्नुभएको थियो भने कार्यक्रममा कृष्ण सहकारीका अध्यक्ष लक्ष्मी देवकोटा अतिथीको रुपमा उपस्तित हुनुभएको थियो । स्थानीयहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले किसान क्रेडिट कार्डको…
काठमाडौँ: अर्घाखाँची सिमेन्ट लिमिटेडद्धारा उत्पादन भइरहेको अर्घाखाँची ओपिसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणी करण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो । आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्धारा औपचारिक रुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री बितरणलाई सँधै प्राथमिकतामा राख्ने जनाएको छ । “हाल सम्म ३३ ग्रेड सो सहरको मान्यता पाइरहेको हाम्रो उत्पादनलाई ४३ ग्रेडको प्रमाणी करणले आम उपभोक्तालाई अर्घाखाँचीका उत्पादनहरुको प्रयोग गर्न थप निश्चिन्त बनाउने छ,” कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए । गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले…
काठमाडौँ: भारतीय सीमा सुरक्षा बल (एसएसबी) को उपस्थितिमा दार्चुलामा तुइन तर्ने क्रममा खसेर जयसिंह धामी बेपत्ता भएको छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कूटनीतिक पहल गर्न गृहमन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । उक्त घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन आज मन्त्रालयले आवश्यक कूटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको गृहप्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी) कै उपस्थितिमा दार्चुलाको व्यास गाउँपालिका–२ खाङ्दाङ्का जयसिंह धामी मालघाटबाट तुइन तर्ने क्रममा तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको प्रतिवेदन मङ्गलबार गृहमा बुझाएको थियो । उक्त घटना भारतीय सीमा सुरक्षा बल…
काठमाडौँ: नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो। खेलमा नेपालले पहिले अग्रता लिएर पनि जोगाउन सकेन। नेपालले खेलको ३६ मिनेटमा अग्रता लियो। नेपालका लागि अञ्जन विष्टले गोल गरे। भारतका चिङ्गलेसना सिंहले दिएको ब्याक पास भारतीय गोलकिपर गुरप्रित सिंह सान्धुले भेट्टाउन सकेनन्। त्यही अवसरमा अञ्जन विष्टले बललाई गोल पोस्टको दिशा दिए। खेलको ६० मिनेटमा भारतले बराबरी गोल फर्कायो। भारतका लागि अनिरुद्ध थापाले बराबरी गोल गर्न सफल भए। भारतीय कप्तान सुनील क्षेत्रीले डिबक्स बाहिरबाट शक्तिशाली प्रहार गरका थिए। जुन प्रहारलाई नेपालका गोलकिपर तथा कप्तान किरणकुमार लिम्बूले राम्रोसँग नियन्त्रणमा…
