Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको मुख्य प्राथमिकता तीन वटा रहेको र त्यो खोप, खोप र खोप रहेको बताएका छन् । उनले अहिले विशेष परिस्थिति रहेको भन्दै राष्ट्रिय सरकार बनाउन पनि आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उक्त कुरा बताएका हुन् । उनले राष्ट्रपतिले गरेको आह्वान अनुसार प्रधानमन्त्री पदमा दाबी गरेकोमा राष्ट्रपतिले नै अस्वीकार गरेपछि आफूहरू सर्वोच्च अदालत गएको बताए । उनले संविधानको व्याख्या गर्ने जिम्मेवारी सर्वोच्च अदालतकै भएकोले आफूहरू त्यहाँ गएको पनि प्रष्ट पारे । प्रधानमन्त्री देउवाले राष्ट्रिय महत्वका विषयमा नेपाली नेताहरू एक हुने परम्परा रहेको पनि…

Read More

काठमाडौं: पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६२८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १ हजार ८०१ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यस्तै १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । तीमध्ये ९ हजार ५५० जनाको मृत्यु भएको छ भने ६ लाख ३२ हजार ७४ जना…

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गोहीको आँशु चुहाएर अब कसैले पत्याउँछ भनेर नेकपा एमालेका नेताहरूलाई प्रश्न गरेका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम शेरबहादुर देउवा प्रधानमन्त्री भएकोमा एमालेलाई टाउको दुख्नुपर्ने कारण नरहेको प्रस्ट पारे । एमालेका नेताहरूले संविधानको धारा ७६ को उपधारा ५ ले निर्दलीयता निम्त्याउने, लोकतन्त्र सङ्कटमा पर्ने भनेर दिँदै आएको अभिव्यक्तिलाई लक्षित गर्दै प्रचण्डले गोहीको आँशु नबगाउन सुझाव दिए । उनले प्रश्न गरे, ‘संविधानको अन्तिम व्याख्या गर्ने सर्वोच्च अदालत भनेर लेख्ने हामी नै होइन ?’ अदालतले अन्ततः संविधानको…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ देखि उपभोक्ताको मूल्य अपेक्षासम्वन्धी त्रैमासिक प्रतिवेदन प्रकाशन गर्न आवश्यक तयारी पूरा गरेको छ । राष्ट्र बैंकले सर्वेक्षणमा आधारित विधि प्रयोग गरी पहिलो सर्वेक्षण २०७७ माघ (जनवरी देखि फेबु्रअरी, २०२१) महिनामा सम्पन्न गरी यससम्बन्धी प्रतिवेदन प्रकाशन गरेको छ। सर्वेक्षणमा सातै प्रदेशका प्रमुख सहरमा बसोबास गर्ने ४८२ व्यक्तिसँग प्रत्यक्ष अन्तर्वार्ताका माध्यमबाट उनीहरुको मुद्रास्फीतिसम्बन्धी अपेक्षा सङ्कलन गरिएको केन्द्रीय बैंकले जनाएको छ । सर्वेक्षणमा सहभागी उत्तरदाताको अनुमानका आधारमा गणना गर्दा चालु महिना (माघ, २०७७) कोऔसत मुद्रास्फीति आठ प्रतिशत, तीन महिनापछि (वैशाख, २०७८) को औसत मुद्रास्फीति ८.७ प्रतिशत तथा एक वर्षपछि (माघ, २०७८) को औसत मुद्रास्फीति १०…

Read More

काठमाडौँ: जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ । यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत सुनिश्चित थियो । अब महन्थ पक्षको १२ थपिएसँगै देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ । विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्छ । माधव नेपाल समूहका सांसदहरुले पनि देउवालाई मत दिने तयारी गरिसकेका छन् ।

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मतको प्रस्तावमाथि समर्थन जनाएका छन् । प्रतिनिधिसभामा आइतबार विश्वासको मतसम्बन्धी प्रधानमन्त्री देउवाले राखेको प्रस्तावमाथि प्रचण्डले समर्थन जनाएका छन् ।

Read More

काठमाडौँ: नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब १०० अंक बढेको छ भने कारोबार रकम पनि साढे ११ अर्ब नाघेको छ। यस दिन नेप्से परिसूचक ९७.२१ अंक बढेर २९८०.६१ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १९.५५ अंक बढेर ५६०.९६ विन्दुमा पुगेको छ। यता, फ्लोट इण्डेक्स ७.६६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.७८ अंक बढेको छ। नेप्से सूचकसँगै यस दिन कारोबार रकममा पनि सुधार भएको छ। यस दिन २२१ कम्पनीको १ लाख १६ हजार २९४ पटकको कारोबारमा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार रुपैयाँ बरबारको २ करोड ८८ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री…

Read More

काठमाडौं: नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त भएको टिप्पणी गरेका छन् । विश्वासको मत लिने प्रधानमन्त्री देउवाको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै ज्ञवालीले ०६१ मा श्री ५ बाट प्रधानमन्त्री भएका देउवा अहिले सर्वोच्च अदालतका ५ न्यायाधीशबाट प्रधानमन्त्री बनेको बताएका हुन् । २०५९ असोजमा असक्षम भनेर बर्खास्त भएका देउवालाई तत्कालीन राजाले २०६१ प्रधानमन्त्री नियुक्त भएपछि मैले आज श्री ५ बाट न्याय पाएँ भनेको स्मरण गर्दै ज्ञवालीले भने, ‘श्री ५ ले दिनुभएको न्याय माघ १९ मा कहाँ गयो हामी सबैलाई थाहा छ । आज ५ जना श्रीमानहरुबाट माननीय शेरबहादुर देउवा प्रधानमन्त्री हुनु…

Read More

काठमाडौं: नेकपा एमालेको एकता जोगाउन कार्यदलमार्फत् जुटाएको दशबुँदे सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपाल असहमत भएपछि उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट राजीनामा दिएका छन् । कार्यदलमा रहेका नेताहरुले नेता नेपालको निवास कोटेश्वर पुगेर दश बुँदे सहमतिमा उभिएर एकता जोगाउन आग्रह गरेका थिए । तर माधव नेपाल सहमत भएनन् । ‘उहाँ (माधव नेपाल)ले कुनै प्रतिक्रिया दिनुभएन, तर हामीले एकता जोगाउन दश बुँदेकै जगमा अगाडि बढ्नुपर्छ भन्यौं’, एमाले सचिव गोकर्ण विष्टले भने । आफूहरुले गरेको सहमति स्वीकार गर्न माधव नेपाल तयार नभएपछि रावलले राजीनामा दिने बताएका थिए । रावलको राजीनामा रोक्न माधव समूहका नेताहरु लागिपरे । उपाध्यक्ष रावल संसद् सचिवालयमा राजीनामा…

Read More

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसलगत्तै बसेको बैठकले देउवालाई मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए । ‘उहाँले हाम्रो माग मुद्दा सम्बोधन गर्ने मौखिक वचन दिनुभएको छ’ अरगरियाले भने, ‘संसदमा बोल्दा पनि यसबारे भन्छु भन्नु भएकाले विश्वासको मत दिने निर्णय गरेका छौं ।’

Read More