Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ:  प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी प्रभावित मेलम्ची बजारको बस्तीलाई  सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताएका छन् । प्रधानमन्त्री ओलीले आज बाढी प्रभावित मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकालगायत क्षेत्रको स्थलगत अवलोकन गर्दै मेलम्ची बजारले भोगिरहेको प्राकृतिक क्षतिको दीर्घकालीन समाधान खोज्दै बजारलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गरी त्यस ठाउँमा तरकारी तथा फलफूल खेती गरिने योजनाबारे जानकारी दिए । उनले राजनीतिक आस्थाभन्दा माथि उठेर मानवीय रुपमा बाढी प्रभावितलाई सहयोग गर्न सबै राजनीतिक दल र सङ्घसंस्थालाई आह्वान पनि गरे । प्रधानमन्त्री ओलीले भने, “विपतका समयमा राजनीति गर्नु उचित होइन, यस समयमा सबै मिलेर सहयोग गर्नुपर्छ, सक्रियताका साथ एकताबद्ध भएर समस्याको समाधान खोज्नुपर्छ ।” उनले…

Read More

काठमाडौँ: माधव नेपाल पक्षका नेताहरु कोटेश्वरबाट फर्किएसँगै एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ । बैठक अघि माधव नेपाल पक्षीय कार्यदलका सदस्यहरुले नेपालको निवास कोटेश्वरमा छलफलका लागि पुगेका थिए । सो छलफलबाट उनीहरु फर्किएसँगै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक सुरु भएको हो । दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ढिलागरी पौने ५ बजेदेखि सुरु भएको हो । यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आज औपचारिक घोषणा हुने नेताहरुले दावी गरेका थिए । शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको थियो । कार्यदलका सदस्य एवम् एमाले प्रवक्ता प्रदीप…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा थप २१६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२ जनाले सोही अवधिमा ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार ४१७ जनामा कोरोना परीक्षण भएकामा २१६९ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै बितेको २४ घण्टामा १४३२ जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना निको हुनेको संख्या ६ लाख १६ हजार ३६१ पुगेको छ भने संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ (पीसीआर) र ४३ हजार ४५ (एन्टिजेन) पुगेको छ । यस्तै हालसम्म मृतकको संख्या ९ हजार ३६२ पुगेको छ ।

Read More

काठमाडौँ: नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु हुन ढिलाइ भएको छ । दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ४ बजिसक्दा पनि सुरु हुन नसकेको हो । कार्यदलमा रहेका नेताहरुको आउजाउ चलिरहेकै भएपनि बैठक भने सुरु हुन नसकेको हो । यसैबीच कार्यदलमा रहेका माधव नेपाल पक्षका नेताहरु सिंहदरबारबाट बाहिरिएका छन् । नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलसहितका नेताहरु सिंहदरबारबाट बाहिरिएका हुन् । यसअघि शुक्रबार बसेको कार्यदलको बैठकमा सहमति जुटेको र आज औपचारिक घोषणा हुने नेताहरुले दावी गरेका थिए । शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको थियो । कार्यदलका…

Read More

काठमाडौँ: माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच शनिबार भेटवार्ता भएको छ । एमालेको विवाद मिलाउने सहमति भएको भनिएकै बेला प्रचण्ड र नेपालबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । शनिबार बिहान प्रचण्ड र नेपालबीच नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको थियो । विपक्षी गठबन्धनमा रहेका नेपालले सो क्रममा सर्वोच्चमा परेको मुद्दा प्रभावित हुनेगरी कुनै सहमति नहुने स्पष्ट पारेको बताइएको छ । आजै प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच पनि भेटवार्ता भएको छ । आजै एमाले विवाद समाधानका लागि कार्यदलको बैठक बोलाइएको छ । तर कार्यदलको बैठक सुरु हुन ढिलाइ भएको छ ।

Read More

काठमाडौँ: भारतबाहेक दक्षिण एसियाली राष्ट्र र चीन सहभागी नयाँ संगठन औपचारिक रूपमा स्थापना गरिएको छ। बिहीबार चीनको चोङचिङ सहरमा चीन–दक्षिण एसियाली राष्ट्र गरिबी निवारण तथा सहकार्य विकास केन्द्र औपचारिक रूपमा स्थापना भएको हो। स्थापनाको औपचारिक समारोहमा चीनका सहायक विदेशमन्त्री वु जिआङहाओ र चीनका लागि नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगलादेश राजदूतले सम्बोधन गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ। गत अप्रिलमा कोभिड १९ को विषयमा दक्षिण एसिायली विभिन्न देशका विदेशमन्त्रीसँग छलफलमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सो सेन्टरको स्थापनाको प्रस्ताव गरेका थिए। जसमा अन्य देशले समर्थन जनाएका थिए। अन्तरक्रियामा आमन्त्रण गरिएको भए पनि भारत सहभागी नभएको चीनले जनाएको थियो।…

Read More

काठमाडौँ: काठमाडौं उपत्यकामा पुनः मेलम्चीको पानी ल्याउन कम्तीमा तीन महिना लाग्ने देखिएको छ। मेलम्ची खानेपानी विकास समितिले स्थानीय तह र संघका सम्बन्धित निकायसँगको समन्वयमा असोजको अन्तिमसम्ममा पानी पुनःसुन्दरीजल ल्याउने लक्ष्य लिएर मर्मत अघि बढाइने भएको छ। सो आयोजनास्थलसम्म पुग्न सडक, पुललगायतका संरचनामा क्षति पुगेको छ भने निर्माणस्थलका कतिपय संरचनामा समेत क्षति पुगेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। अहिले सडक खुलाएर र बेलिब्रिज राखेर आयोजनास्थलसम्म पुग्न सकेमा अस्थायी बाँधबाट भए पनि पानी ल्याउने लक्ष्य लिइएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। उनका अनुसार वर्षाभरमा नै प्रवेशमार्ग र पुल बनाउन सकियो भने अबका तीन महीनामा पानी सुन्दरीजल झार्न सकिनेछ। अझै पनि…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक भ्रणमा जाने भएका छन्। बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण तथा पीडित परिवारलाई राहत प्याकेज घोषणा गर्न प्रधानमन्त्री ओली बिहान १० बजे सिन्धुपाल्चोक प्रमणमा जान लागेका हुन्। नेपाली सेनाको हेलिकप्टरमार्फत् ओली सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बुसहित बाढी-पहिरो प्रभावित क्षेत्रको भ्रमणमा जान लागेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्बाङ, सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङ लगायत पनि सिन्धुपाल्चोक भ्रमणमा जाँदैछन्। ‘प्रधानमन्त्री ज्यूले बाढी-पहिरो प्रभावित मेलम्ची र हेलम्बुका नागरिकसँग अन्तक्रिया गर्नुहुनेछ,’ सांसद तामाङले नेपालखबरसँग भने, ‘त्यही कार्यक्रममार्फत् पीडितलाई राहत प्याकेजको पनि घोषणा हुनेछ।’ प्रधानमन्त्रीले पीडित परिवारलाई अस्थायी बसोबाससहितको राहत प्याकेज घोषणा गर्ने तामाङले जानकारी दिए। गएको…

Read More

काठमाडौँ: नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ । कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर शनिबार सार्वजनिक गरिने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । कार्यदलका सदस्य ज्ञवालीले हिजोको छलफल निकै सौहार्द र सघनरुपमा भएको बताए पनि उक्त खाकाका विषयवस्तुबारे थप खुलाएनन् । उनले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए । उनले भने, ‘सौहार्द र सघन वार्ता भएको छ । पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौँ ।’ त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै विषयमा सहमति जुटेको बताए । उनले केही विषयमा शनिबार…

Read More

काठमाडौँ: शेयर बजार सूचक मापक नेप्से यस साता १७.९० अंकले घटेको छ । नेप्से घटेसँगै यस साता कारोबार रकम पनि १० अर्ब ९० करोड रुपैयाँले घटेको छ । यो साता बजारमा २३ अर्ब २६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । साताको पहिलो दिन आइतबार २८४३ अंकमा खुलेको शेयर बजार साताको अन्तिम कारोबार दिन बिहीबार २८२५.१० अंकमा बन्द भएको छ । अघिल्लो साताको तुलनामा यस साता शेयर कारोबार रकम घटेको छ । गत साता ३४ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर करोबार भएकोमा यस साता १० अर्ब बढीले खुम्चिएर २३ अर्ब २६ करोडमा सीमित भएको हो । यस साताको पहिलो…

Read More