काठमाडौँ:
प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक भ्रणमा जाने भएका छन्।
बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण तथा पीडित परिवारलाई राहत प्याकेज घोषणा गर्न प्रधानमन्त्री ओली बिहान १० बजे सिन्धुपाल्चोक प्रमणमा जान लागेका हुन्।
नेपाली सेनाको हेलिकप्टरमार्फत् ओली सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बुसहित बाढी-पहिरो प्रभावित क्षेत्रको भ्रमणमा जान लागेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्बाङ, सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङ लगायत पनि सिन्धुपाल्चोक भ्रमणमा जाँदैछन्।
‘प्रधानमन्त्री ज्यूले बाढी-पहिरो प्रभावित मेलम्ची र हेलम्बुका नागरिकसँग अन्तक्रिया गर्नुहुनेछ,’ सांसद तामाङले नेपालखबरसँग भने, ‘त्यही कार्यक्रममार्फत् पीडितलाई राहत प्याकेजको पनि घोषणा हुनेछ।’ प्रधानमन्त्रीले पीडित परिवारलाई अस्थायी बसोबाससहितको राहत प्याकेज घोषणा गर्ने तामाङले जानकारी दिए।
गएको ३१ जेठमा इन्द्रावती नदीमा आएको बाढीपहिरोले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा ठूलो जनधनको क्षति गरेको थियो। बाढीमा बेपत्ता २० जनाको अझै अत्तोपत्तो छैन।