Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: बालाजुको नेबिको बिस्कुट कारखानामा आगलागीबालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा लिन कठिन भएको छ । औद्योगिक क्षेत्रमा रहेको विष्कुट फ्याक्ट्रिमा शुक्रबार राति दुई बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा आउन नसकेको प्रहरी वृत्त बालाजुले बताएको छ । प्रहरीका अनुसार बिहान हेलिकप्टरबाट पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरे पनि नियन्त्रणमा आएको छैन । सिम्रिक एयरको हेलिकप्टरबाट आगलागी भएको ठाउँमा पानी हालिएको तर घरभित्रको आगलागी भएकोले नियन्त्रण लिन सम्भव नभएको प्रहरीको भनाइ छ । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्र रातिदेखि नै आगो निभाउन खटाइएको थियो । सम्भव नभएपछि बिहान हेलिकप्टरको प्रयोग गरिएको हो । आगो नियन्त्रणमा नआएपछि हेलिकप्टर पनि फर्किएको…
काठमाडौँ: मनसुन सक्रिय भएसँगै आज पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । आज दिउँसो प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान श्रावण २३ गते शनिबार दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । राति : देशभर सामान्यदेखि पूर्णबदली रही…
काठमाडौँ: चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका सम्बन्धमा संसदीय अर्थ समितिले नेपाल राष्ट्र बैङ्कलाई १७ बुँदे निर्देशन दिएको छ । आर्थिक उत्थानका लागि हदैसम्मको रणनीति अपनाउन आग्रह गर्दै समितिले राष्ट्र बैंकलाई १७ बुँदे निर्देशन दिएको हो । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले कोरोना संक्रमणका कारण मुलुकको अर्थतन्त्र पारेको प्रभावलाई उत्थान हुने गरी आवश्यक नीति तथा रणनीति अपनाउन राष्ट्र बैंकलाई आग्रह गरेको हो । मुलुकको अर्थतन्त्र उत्थानका लागि आवश्यक नीति क्षेत्रको सुधार, कर्जा, पुनर्कर्जा तथा सहुलियत ऋणको कार्यक्रमलाई निरन्तरता दिँदै अर्थ सुव्यवस्थाका लागि बैङ्क तथा वित्तीय क्षेत्रलाई समेत सहज नीति ल्याउन आग्रह गरेको छ । मौद्रिक नीतिबाट पूँजी बजारको…
काठमाडौँ: नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले अध्यक्ष केपी ओलीसँग लतारिएर एकता नगर्ने निष्कर्ष निकालेको छ । शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता रघुजी पन्तले जानकारी दिए ‘हामी लतारिँदैनौ, सम्मानजनक एकताको पक्षमा छौ, एकता दुवै पक्षको जित हो, विभाजनमा गयौँ भने सर्वनाश हो’, पन्तले बैठकको निष्कर्ष सुनाउँदै भने । त्यस्तै बैठकले अध्यक्ष ओली पक्षले एकपक्षीय रूपमा गरेको पार्टीका सङ्गठनात्मक गतिविधि तत्काल रोक्न माग पनि गरेको छ । दुई दिनसम्म चलेको सो समूहको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको नेता पन्तले जानकारी दिए । ‘पार्टी एकताका लागि वार्ता चलिरहेका बेला सदस्यता नवीकरण, अधिवेशन लगायतका सङ्गठनात्मक…
काठमाडौँ: सर्वोत्तम सिमेन्टको शेयरमा नियामक निकाय प्रमुखहरुको संलग्नताको विषयलाई लिएर अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्जसँग ओभर दी काउण्टर अर्थात ओटीसी मार्केटमा भएको कारोबार विबरण ३ दिन भित्र बुझाउन निर्देशन दिएको छ । मन्त्रालयले सर्वोत्तमले ओटीसी मार्केटमा आबद्ध हुन निवेदन दिएका दिनदेखिको विबरणहरु पेश गर्न नेप्सेलाई भनेको हो । सर्वोत्तमको शेयरमा धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना, सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेप्से प्रमुख चन्द्रसिंह साउद लगायतले गरेको लगानीको विषय सार्वजनिक भएपछि उनीहरु नैतिक संकटमा परेका छन् । यस सम्बन्धमा नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई अर्थ मन्त्रालयले यस अघि तथ्य सहित प्रष्टीकरण सोधेको थियो । मन्त्रालयले तथ्यपरक…
काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन्। शुक्रवार मन्त्रालयमा आयोजित राजश्व सचिव रामशरण पुडासैनीको विदाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन अधिकारको मर्म बमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए । “राजश्व भनेको जनताको पसिनाको थोपा थोपाको संग्रह हो । यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ ।” उनले भने । मन्त्री शर्माले राज्यका हरेक नीतिहरु निरन्तर सुधारको प्रक्रियामा रहेको भएतापनि आफूले निरन्तर सुधारभित्र ‘गुणात्मक सुधार’ चाहेको बताए । “निरन्तर सुधारले मात्र पुग्दैन भन्ने मेरो मान्यता छ । निरन्तर सुधारभित्र गुणात्मक सुधार भएन…
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । मन्त्रालयमा आज बसेको एक बैठकले कस्षा १२ को परीक्षा गर्दा कोभिडको झनै जोखिम बढ्ने बन्दै यस्तो सिफारिस गरेको स्रोतले पहिलोक्लिक्लाई बताए। यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठक समेत बोलाइएको छ । परीक्षा साउन २६ गतेदेखि हुँदै थियो ।
काठमाडौं : पछिल्लो २४ घण्टामा ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ८८५ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १० हजार ५०९ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ भने ६…
काठमाडौँ: नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा सुरेन्द्र पाण्डे सहभागी भएका छन् । पहिलो दिनको बैठकमा सहभागी नभएका उनी दोस्रो दिनको बैठकमा भने सहभागी भएका हुन् ।पीएसओलाई कोरोना देखिएको र आफू कन्ट्याक्ट ट्रेसिङमा परेकाले बिहीबारको बैठकमा सहभागी हुन नपाएको पाण्डेले जानकारी गराएका थिए । कतिपयले देउवाले विश्वासको मत लिँदा उनीलगायतका केही सांसदले बहिस्कार गरेकाले नेपाल कित्ता छाडेको रुपमा समेत हेरेका थिए । आजको बैठकमा उनको सहभागितासँगै नेपाल पक्षलाई राहत मिलेको छ । यसैबीच आजको बैठकमा पनि नेता योगेश भट्टराई भने सहभागी छैनन् ।
काठमाडौँ: नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा क्रियाशील सदस्यताको विवाद कायमै रहेपनि महाधिवेशनमा कुनै समस्या नपर्ने बताएका छन् । शुक्रबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै निधिले सो कुरा बताएका हुन् । यद्यपि, महाधिवेशन भदौमा हुने वा नहुने भन्ने कुरामा भने अन्योलता नै रहेको उनले बताए । उनले भने– ‘भदौमा महाधिवेशन हुन्छ, यदि भएन भने कहिले हुन्छ, त्यो पनि छिट्टै निर्क्यौल हुनेछ ।’ उनले आफुले सभापतिको उम्मेदवारी दिने कुरा पुनः दोहोर्याए । निधिले सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा सहयोग गर्ने दलहरूलाई समेट्न खोज्दा सरकार विस्तारमा ढिलाई भएको स्पष्ट पारे । एमालेका वरिष्ठ माधवकुमार नेपाल सहितका सबै दलहरूको सहभागितामा सरकार…
