Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

तनहुँ: मङ्गलबार रातिदेखि परेको वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्देस्थित थर्पुमा राजमार्ग अवरुद्ध भएको छ । पहिरोका कारण लेदो माटो झर्दा म्याग्दे–४ मा आज बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो । लेदो माटोका कारण १२ चक्के ठूलो गाडी फसेपछि राजमार्ग अवरुद्ध भएको थर्पुका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए । “पहिरो झरे पनि साना सवारी सञ्चालन भइरहेका थिए, १२ चक्के गाडीले जबरजस्ती हालिदिएपछि लेदो माटोका कारण सवारी फस्यो,” उनले भने, “त्यसलाई हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको छ ।” उक्त सवारी हटाउन जेसीभीका लागि सडक कार्यालयसँग समन्वय गर्न खोजे पनि सम्पर्क हुन नसकेपछि स्थानीय व्यक्तिको जेसीभी ल्याएर काम…

Read More

काठमाडौँ: विश्वमा कोरोना संक्रमितको संख्या १८ करोड नाघेको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा संक्रमितको संख्या १८ करोड २५ लाख ६५ हजार १२४ पुगेको छ । बितेको २४ घण्टामा ३ लाख ७२ हजार ७७२ संक्रमित थपिएका छन् । सोही अवधिमा ७ हजार ६०४ जनाको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३९ लाख ५३ हजार ४६८ पुगेको छ । १६ करोड ७१ लाख ६६ हजार ३२५ जनाले कोरोनालाई जितेका छन् । बितेको २४ घण्टाको अवधिमामात्र ४ लाख ९ हजार ६४१ जना कोरोनामुक्त भएका छन् । अहिले विश्वमा १ करोड १४ लाख ४५ हजार…

Read More

काठमाडौँ: १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत हिजो भएको खेलमा जर्मनीलाई हराउँदै इंग्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको छ । लण्डनस्थित वेम्बली स्टेडियममा भएको खेलमा इंग्याण्डले जर्मनीलाई २-० गोल अन्तरले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङ र ह्यारी केनले एक-एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७५ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाए । खेलको ८६ औं मिनेटमा कप्तान केनले गोल गर्दै इंग्ल्यान्डलाई २-० गोल अन्तरको जित सुनिश्चित गरे । यससँगै इंग्ल्यान्ड क्वार्टरफाइनलमा पुग्ने सातौं टिम बनेको छ । जर्मनी भने प्रतियोगिताबाट बाहिरिएको छ । इग्न्ल्यांडले समूह चरणमा ‘डी’ को…

Read More

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा अर्थ मन्त्रालयका सह सचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि रिक्त रहेको उक्त पदमा सोमबार मैनाली नियुक्त भएका हुन् । अर्थ मन्त्रालयको असार १४ गतेको निर्णय अनुसार मैनाली नेप्सेको अध्यक्ष तथा सञ्चालक पदमा मनोनयन भएका हुन् । नेप्सेमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पद नेपाल सरकार अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले गर्ने व्यवस्था रहेको छ । नवनियुक्त अध्यक्ष मैनालीले सोमबार नै पद बहाली गरेका छन् । अध्यक्ष मैनालीलाई नेप्सेका प्रमुख कार्यकरी अधिकृत चन्द्र सिंह साउद, अन्य सञ्चालकहरु, तथा कर्मचारीहरुले स्वागत गरेका थिए । तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको ४…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा थप २६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २० जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा ११ हजार ७४८ जनाको परीक्षण भएकोमा पीसीआर विधिबाट ७ हजार २५९ र एन्टिजेन विधिबाट ४ हजार ४८९ जनाको परीक्षण भएको थियो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ३६ हजार ९१६(पीसीआर) र ३३ हजार ९४१ (एन्टिजेन) जना पुगेको छ भने निको हुनेको संख्या ५ लाख ९२ हजार ५३५ पुगेको छ । यस्तै मृतकको कुल संख्या…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले असार १६ गते बुधबारदेखि साताको सबै कारोबार दिनमा रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटिजीएस) सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले नेपाल सरकारको विद्युतीय कोष हस्तान्तरण कारोबार फट्र्यौटका लागि असार १६ गतेदेखि आरटिजीएस सिस्टम रुल्स २०१९ को अनुसूची ६ बमोजिमको ‘बिजनेस डे’ सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

Read More

काठमाडौँ: शेयर बजारमा मंगलबार उच्च अंकको गिरावट आएको छ । सूचक ४७.४९ अंकले घटेको यसदिनको बजारमा कारोबार रकम पनि एक अर्बले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार र सोमबार बढेको बजार मंगलबार १.६५ प्रतिशत अर्थात ४७.४९ अंकले घटेर २८२८ बिन्दुमा आइपुगेको छ । यस्तै सेन्सेटिभ इन्डेक्स ९.८७ अंकले घटेर ५३३.५७ बिन्दुमा झरेको छ । यसदिन कूल २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर ७५ हजार ८८० पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रूपैयाँमा समेटिएको हो । सोमबार ७ अर्ब ७२ करोडको शेयर कारोबारमा आएकोमा कारोबार…

Read More

काठमाडौँ: नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा यसअघि कारबाहीमा परेका नेताहरुबाहेक सबैलाई आमन्त्रण गरिएको छ । आयोजक कमिटीको बैठकमा माधव नेपाल, झलनाथ खनाल बाहेकका सबै नेतालाई बोलावट भएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । ‘पार्टी बैठकमा यसअघि कारबाहीमा परेका बाहेक सबैलाई बोलाइएको छ’, उनले भने, ‘बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ ।’ बैठकले राष्ट्रिय प्रतिनिधि परिषद विस्तार गर्ने बताइएको छ । हाल ११९९ सदस्य रहेको परिषदमा पूर्वमाओवादीको बादल समूहले आफ्नो तर्फबाट ५६० जनाको नाम पठाएको छ । शनिबार बादलको नेतृत्वमा बसेको पूर्वमाओवादी समूहका नेताहरुको बैठकले राष्ट्रिय…

Read More

काठमाडौँ:  नायव महान्यायाधिवक्ता विश्वराज कोइरालाले दलको म्यान्डेट विपरीत अर्को दललाई समर्थन गर्ने छुट सांसदहरुलाई दिँदा मुलुक अस्थिरतामा जाने जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमाथि मंगलबार संवैधानिक इजलासमा बहस गर्दै उनले सांसदहरु दलको म्यान्डेटअनुसार नै रहनुपर्ने बताए । उनले भने, ‘प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग लिएर आफ्नो दलको म्यान्डेट विपरित अर्को दलको नेतालाई जसरी समर्थन गरिएको छ, त्यो छुट सांसदहरुलाई दिने हो भने हामी स्थिरतातर्फ जाँदैनौं ।’ शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि सिफारिस गर्दै नेकपा एमाले र राजपाका सांसदहरुले समेत हस्ताक्षर गरेको भन्दै उनले उनीहरुलाई दलको म्यान्डेट विपरीत सो अधिकार दिएमा मुलुक अस्थिरतातर्फ जाने तर्क गरे । …

Read More

काठमाडौँ: प्रतिनिधिसभा विघटन मुद्दामा सरकारको पक्षबाट बहस गर्न आएका सरकारी वकिललाई न्यायाधीशले ‘अस्थिरताको कारण अदालतको फैसला हो र ?’ भनेर प्रश्न गरेका छन् । नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मंगलबार यस्तो प्रश्न गरेका हुन् । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस गरिरहेका पाण्डेयलाई उनले प्रश्न गरे, ‘एकमात्र अस्थिरता भएको कारण अदालतको फैसला भन्ने ढंगको तपाईंहरुको ब्याख्या आयो, लिखित जवाफमा पनि त्यही पाइयो । के यो सबै कारण अदालतको फैसला हो कि यसबाहेक अरु कारण पनि छन् ?’ महान्यायाधिवक्ता रमेश बडालले सोमबार बहस गर्दा राजनीतिक मुद्दामा अदालतले हात हाल्दा अस्थिरतालाई निम्त्याउने बताएका थिए । मंगलबार पाण्डेले पनि सोही…

Read More