काठमाडौँ: शेयर बजारमा मंगलबार उच्च अंकको गिरावट आएको छ । सूचक ४७.४९ अंकले घटेको यसदिनको बजारमा कारोबार रकम पनि एक अर्बले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार र सोमबार बढेको बजार मंगलबार १.६५ प्रतिशत अर्थात ४७.४९ अंकले घटेर २८२८ बिन्दुमा आइपुगेको छ । यस्तै सेन्सेटिभ इन्डेक्स ९.८७ अंकले घटेर ५३३.५७ बिन्दुमा झरेको छ ।
यसदिन कूल २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर ७५ हजार ८८० पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रूपैयाँमा समेटिएको हो । सोमबार ७ अर्ब ७२ करोडको शेयर कारोबारमा आएकोमा कारोबार रकम १ अर्बले घटेको हो ।
आज कारोबारमा आएका कूल १३ वटा उपसमूहमध्ये लघुवित्त बाहेक १२ वटै इन्डेक्स् घटेको छ ।
मंगलबार राधी विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४९ करोड ८३ लाख २५ हजार रूपैयाँ बराबरको शेयर खरीद बिक्री भएको हो ।
नेशनल हाइड्रोपावर ३६ करोड, एचआईडिसीएल २९ करोड, नेपाल इन्स्योरेन्स २४ करोड, पुनर्बीमा कम्पनीको १६ करोड, अपर तामाकोशी १५ करोड, लुम्बिनी विकास बैंक १३ करोड, एनआईसी एशिया बैंक र निफ्राको साढे १२ करोड तथा नेपाल बैंकको ११ करोड बढीको शेयर कारोबार भएको छ ।