Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
- रसुवागढी आयोजनाको सुरुङभित्र कोही फेला परेनन्, खोजी सकेर सेनाको टोली फर्कियो
- बाढीबारे सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री शाह
- रसुवा बाढीमा निधन भएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”
- प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
- रसुवामा ६ वर्षीया बालिकाको ६० घण्टापछि जीवितै उद्धार
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ । प्रतिकूल मौसमका कारण तिब्बततर्फ सगरमाथा क्षेत्रमा फसेका ३०० भन्दा बढी पर्वतारोहीको उद्धार गरिएको छ । तिब्बततर्फको मोहडाबाट सगरमाथा क्षेत्रमा पुगेका पर्वतारोही भारी हिमपात तथा प्रतिकूल मौसमका कारण शिविरमै फसेका हुन् । शुक्रबार रातिदेखि शनिबारसम्म भएको हिमपातका कारण करिब एक हजार पर्वतारोही फसेको समाचार प्रकाशमा आएको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यमले ३५० जनाभन्दा बढी पर्वतारोहीलाई उद्धार गरेको र अन्य दुई सयभन्दा बढी पर्वतारोहीसँग सम्पर्क स्थापित गरेको जनाएका छन् । चीनमा राष्ट्रिय दिवसका अवसरमा साताव्यापी बिदा चलिरहेको छ । सोही कारण ठुलो संख्यामा मानिस घुम्न निस्किने गरेका हुन् । बिदा मनाउने क्रममा सगरमाथा क्षेत्रमा पुगेका पर्यटक प्रतिकूल मौसमका कारण फसेको…
काठमाडौँ । इलामको पहिरोमा परी घाइते भएका एक बालिकासहित चार जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत झापा लगिएको छ । पछिल्लो अविरल वर्षाका कारण इलामको सन्दकपुर नगरपालिका–४ माबु इलाकामा पहिरोमा परी घाइते भएकालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि हेलिकप्टरद्वारा झापा अस्पताल पुर्याइएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते हुनेमा एक बालिकासहित तीन महिला र एक पुरुष छन् । झापा मिलनबस्ती इलाकामा सेनासहितका सुरक्षा फौजकै सहयोगमा गएराति मोटर बोटबाट ४८, डुङ्गाबाट ३१ र पैदलबाट १२ जना गरी ९१ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।
विपद् प्रतिकार्यका लागि २० हजार प्रहरी परिचालन काठमाडौँ । नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि देशभर २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरेको छ । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले विपद् व्यवस्थापन कार्यालयहरू, मातहतको गुल्महरू र प्रहरी कार्यालयहरूबाट यो सङ्ख्यामा जनशक्ति परिचालित रहेको बताए । कोशी प्रदेशमा हाल पनि जोखिम रहेको अवस्थालाई मध्यनजर गरी संयुक्त रूपमा सुरक्षाकर्मी परिचालित भइरहेको उनले बताए । काठमाडौँमा मात्रै शनिवार १ सय ३० जना प्रहरी परिचालन भएको र १५—१५ जनाको टोलीले र्याफ्टिङ बोटहरुसहित काठमाडौँको लागि मात्रै केन्द्रित गरेर काम गरेको भट्टराईले बताए । विपद् व्यवस्थापन कार्यालय मातहतकै विभिन्न सात प्रदेशमा रहेको प्रदेश…
काठमाडौँ: बाढी-पहिरोले बीपी राजमार्गमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र सिन्धुलीका अनुसार राजमागर्मा कम्तीमा १२ ठाउँमा पहिरो गएका छन्। भकुण्डेबेसीदेखि सिन्धुलीको सीमानासम्म ९ ठाउँमा अवरोध रहेको काभ्रेपलाञ्चोकका प्रहरी प्रवक्ता डीएसपी रविन विष्टले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार राजमार्गका ठाउँठाउँमा पहिरो गएको, सडक भासिएको र बाढिले बगाएको छ। यी स्थानमा तत्काल सडक सञ्चालनको सम्भावना कम रहेको पनि प्रहरीले जनाएको छ। अरनीको राजमार्ग भने सञ्चालनमा छ। डीएसपी विष्टका अनुसार खाबामा एकतर्फी भए पनि अन्य स्थानमा सडक अवरोध छैन। बीपी राजमार्गको सिन्धुलीतर्फको भागमा पनि बाढी पहिरोले क्षति पुर्याएको छ। नेपालथोकदेखि दुम्जासम्म तीन ठाउँमा बाढीले सडक बगाएको छ। एक ठाउँमा तीन…
विराटनगर । सप्तकोशीमा पानीको बहाव उच्च भएको छ । कोशी ब्यारेजमा अहिले पानीको बहाव ४ लाख ८६ हजार ७६० क्यूसेक रहेको जनाइएको छ । पानीको बहाव बढेसँगै उच्च रेड अलर्ट जारी गरिएको छ भने ब्यारेजका ५६ वटै ढोका खुलेको छ । ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा पूर्वरूपले प्रतिबन्ध लगाइएको छ । गत वर्षको असोजमा पानीको बहाव प्रतिसेकेन्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको थियो । यो सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाव मापन गरिएको हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्यूसेक मापन गरिएको थियो । कोशी ब्यारेजमा ढाँट लगाएर सप्तरी र…
काभ्रेपलाञ्चोक । बीपी राजमार्गको काभ्रेभन्ज्याङ–पात्लेखेत खण्डमा सडक भासिएको छ । धुलिखेल ११ पात्लेखेतमा बीपी राजमार्ग भासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए । सडक भासिएपछि भकुन्डे–धुलिखेल सडक सन्जालबाट टुटेको छ ।
काठमाडौं । इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ । इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर पहिरोले पुरिँदा घर भित्र रहेका ६ जनाको मृत्यु भएको छ । सो स्थानमा सशस्त्र प्रहरीको श्रीअन्तु गणबाट उद्धार टोली खटिएको थियो । यसैगरी सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङ्गस्थित राजु क्षेत्रीको घर पहिरोले पुर्दा ५ जनाको मृत्यु भएको छ । घर भत्किएको ठाउँबाट ४ जनाको शव निकालिएको थियो भने घाइते १ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । सो स्थानमा मानेभन्ज्याङबाट सशस्त्र प्रहरी नायव निरीक्ष सुरेन्द्र…
काठमाडौँ। हाल देशका सबै प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहे पनि बाढीको जोखिम बढ्दै गएको जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। शनिबार दिउँसो १:५० बजेसम्मको अद्यावधिक अनुसार, पछिल्ला घण्टाहरूमा मधेश र बागमती प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा हल्का वर्षा मापन भएको हो। महाशाखाले दिएको जानकारी अनुसार, काठमाडौं उपत्यकाको बागमती जलाधार र कमला जलाधार क्षेत्रका जलमापन केन्द्रहरूमा पानीको सतह बढ्दो क्रममा रहेको छ। राति ती क्षेत्रमा सतर्कता तह पार गर्ने सम्भावना रहेकोले स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ। आज दिउँसोदेखि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश हुँदै बग्ने…
काठमाडौँ: सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि कान्ति लोकपथमा अर्को सूचना नआएसम्मका लागि सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको पूर्वानुमानअनुसार हाल बागमती प्रदेशलगायतका क्षेत्रमा मनसुनी गतिविधि तीव्र बनेको र उच्च मात्रामा वर्षा भइरहेको हुँदा जिल्ला प्रशासन कार्यालयले कान्ति लोकपथ बन्द गरिएको जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयको स्थानीय प्रशासन शाखाद्वारा आज जारी गरिएको सूचनामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा क्षति न्यूनीकरणका लागि सो निर्णय गरिएको उल्लेख छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले जारी गरेको उक्त सूचनामा यात्रु…
काठमाडौं । अविरल वर्षाका कारण शनिबार बिहानदेखि देशका प्रमुख राजमार्गहरूमा सवारी साधन होल्ड गरिएको छ । काठमाडौं–नागढुङ्गा खण्डमा बिहान ७:०० बजेदेखि दुबै तर्फका सवारी साधन रोकिएका छन् । चन्द्रागिरिबाट नागढुङ्गा, गोदाम र टखेल हुँदै धादिङ र मकवानपुरतर्फ बाहिरिने सवारी साधनलाई अर्को आदेश नभएसम्म आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ । त्यस्तै, बिहान ८:३० बजेदेखि काभ्रेको धुलिखेलदेखि सिन्धुपाल्चोक सिमानासम्मको बीपी र अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । दोलालघाटसम्म पर्ने सो खण्डमा अविरल वर्षाका कारण पहिरो र जोखिम बढेपछि दुवैतर्फी सवारी साधन अनिश्चित समयसम्मका लागि होल्ड गरिएको हो । सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् भने सम्बन्धित निकायहरूले सतर्कता अपनाउन…