Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ । काठमाडौँको भीमसेनस्थानमा सोमबार बिहानै आगलागी भएको छ। काष्ठमण्डप नजिकै रहेको उक्त घरमा बिहान ३ बजेदेखि एउटा घरमा आगो लाग्न सुरु भएको थियो। दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको भए पनि आगलागी नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। आगो निभाउनका लागि दमकलसहित नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायतका टोलीहरू खटिएका छन्। आगलागीको कारण भने हालसम्म खुलिसकेको छैन।

Read More

काठमाडौँ: आज (सोमबार) दिउँसो र राति पनि देशका विभिन्न स्थानमा मौसम बदली र वर्षाको क्रम जारी रहने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार गएराति पनि देशका विभिन्न स्थानमा पानी परेको छ। ‘खासगरी बागमती र गण्डकी प्रदेशका भूभागमा वर्षा भएको छ’, उनले सोमबार बिहान नेपालखबरसँग भने, ‘एक/दुई ठाउँमा भारी वर्षा पनि भएको छ।’ मौसमविद् अधिकारीका अनुसार आज बिहानीपख काठमाडौँ उपत्यकामा पनि वर्षा भएको छ। तर अहिले बिस्तारै रोकिने क्रममा रहेको उनले बताए। ‘बिहान साढे ४ बजेदेखि काठमाडौँ उपत्यकामा पानी परेको हो’, उनले भने, ‘अहिलेचाहिँ लगभग रोकिएको अवस्था छ।’ उनका अनुसार अब केही घण्टा पानी पर्ने…

Read More

काठमाडौँ:एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र उनकै मन्त्रिपरिषद्का गृहमन्त्री रमेश लेखकसहित ५ जना विदेश जान नपाउने भएका छन्। विदेश जान रोक लगाइएकामा पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाल छन्। जेनजी आन्दोलनमा अस्वाभाविक बल प्रयोग गरेका कारण अनुसन्धानको दायरामा रहेको भन्दै न्यायिक जाँचबुझ आयोगले उनीहरूको यात्रा सीमित गरिदिएको हो। अब उनीहरूले उपत्यकाबाहिर जान पनि आयोगको अनुमति लिनुपर्नेछ। ‘भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन तथा जाँचबुझको सिलसिलामा तपसिल बमोजिमका व्यक्तिहरू अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित…

Read More

काठमाडौँ: नेकपा एमालेलाई पुनर्गठन गरेर जानुपर्ने पक्षमा बहुमत सचिवालय सदस्य एकै ठाउँ उभिएका छन्। उनीहरूले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर महाधिवेशनमा जानुपर्ने धारणा राखे। जेन–जी आन्दोलनकै कारण सत्ता छोड्न बाध्य भएका अध्यक्ष ओलीले आइतबार भक्तपुरको गुन्डुमा पहिलो सचिवालय बैठक राखेका थिए। बैठकमा अधिका‌ंश सचिवालय सदस्यले पार्टी पुनर्गठन गरी तत्काल महाधिवेशनमा जानुपर्ने माग गरे। जेन–जी आन्दोलनले एमालेलाई क्षति पुगेको भन्दै ओलीले मार्ग प्रशस्त गर्नुपर्ने उनीहरूको माग छ। तर, त्यसमा ओली र उनी पक्षका नेता सहमत भएनन्। ‘पार्टी नयाँ ढंगले जानुपर्छ। हिजोको तरिकाले हुन्न भनेर साथीहरूले कुरा उठाउनुभयो,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘पार्टीको समग्र पुनर्गठनको कुरा भएको छ। अध्यक्ष केपी शर्माले…

Read More

काठमाडौँ । जेनजी प्रदर्शनमा आगजनीमा परेकी थप एक जनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज स्थित पूर्व सांसद अनिल रुङ्गाटाको घरमा आगजनी हुँदा त्यहाँ काम गर्ने कौशिला देवी दुसाद्नीको उपचारको क्रममा मृत्यु भएको हो । ४५ वर्षीया कौशिलादेवीको कीर्तिपुर स्थित बर्न अस्पतालमा बिहीबार मृत्यु भएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए । प्रदर्शनकारीले भदौ २४ मा रुङ्गाटाको घरमा आगजनी गरेका थिए । जेनजी प्रदर्शनको क्रममा मृत्यु हुनेको स‌ंख्या ७५ पुगेको छ । भदौ २३ र २४ मा भएको प्रदर्शनमा मृत्यु हुनेका सङ्ख्या ७३ पुगेको डीआईजी घिमिरेले बताए । प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा असई मिलन राय,…

Read More

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैधानिक प्रक्रियाबाट नै संविधान संशोधन गर्न सकिने बताएकी छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले संविधान संशोधन वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय रहेको बताइन् । उनले जेनजी आन्दोलनको माग अनुसार संविधान संशोधन आगामी निर्वाचनबाट आउने संसद्ले गर्ने बताइन् । त्यसका लागि निर्वाचनमा सहभागी हुन जेनजी पुस्तालगायत सबै सरोकारवालमा उनले आग्रह गरिन् ।

Read More

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै देशमा भएको शासकीय परिवर्तन, युवा पुस्ताको आन्दोलनबाट उठेका मुद्दा, आसन्न निर्वाचन र सुशासनका प्रतिबद्धता व्यक्त गरेकी छिन् । प्रधानमन्त्री कार्कीले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरिसकेको जानकारी दिँदै विशेषगरी जेनजी पुस्तालाई भोट हाल्ने वातावरण बनाइने बताएकी हुन् । उनले विदेशमा रहेका नेपालीहरूलाई समेत मतदानको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरिन् । योग्य र सक्षम जनप्रतिनिधि छनोट गर्न सबै नागरिकलाई आग्रह गर्दै उनले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूलाई एकताबद्ध हुन आह्वान गरिन् । हालै भएको युवा पुस्ताको आन्दोलनलाई ‘अभूतपूर्व’ प्रदर्शनको संज्ञा दिँदै प्रधानमन्त्री…

Read More

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दोषी सम्बद्ध पक्षलाई सख्त कारबाही गर्ने बताएका छिन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्कीले आन्दोलनमा दोषी देखिएकालाई कारबाही गर्ने सरकारको प्रतिबद्धता सुनाएकी हुन् ।

Read More

काठमाडौँ: निर्वाचन आयोगले नयाँ मतदातालाई सूचिकृत हुनका लागि समय तोक्ने तयारी गरेको छ। मतदाता नामावलीमा नाम दर्ता गराउन आयोगल‍े असोज मसान्तसम्मको समय दिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन ०७३ लाई संशोधन गर्न बनेको अध्यादेश आज जारी गरेसँगै नाम दर्ताका लागि असोज मसान्तसम्मको मिति तय गर्न लागिएको हो। आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने समय थप्नका लागि अध्यादेश जारी भएको हो। ‘अब एक-दुई दिनमै मतदाता नामावली दर्ता खुल्छ। यो महिनाभर खुल्छ’ निर्वाचन आयोगका निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने।

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही नगरेको भन्दै असन्तोष प्रकट गरेका छन्। बालेनले प्रधानमन्त्री कार्कीसँग भेटका लागि समय लिएर बुधबार बिहान बालुवाटार पुगेका थिए। भेटका क्रममा प्रधानमन्त्री कार्कीले बालेनलाई ‘बाहिरको माहोल के छ?’ भनेर जिज्ञासा राखेकी थिइन्। त्यसपछि बालेनले विकसित घटनाक्रमबारे आफ्नो धारणा राखेका थिए। त्यही बीचमा उनले जेनजीका मागहरूको सम्बोधनका विषयमा प्रश्न राखेका थिए। बालेनको विशेष जोड भने भदौ २३ गते भएको जेनजी प्रदर्शनमाथि गोली चलाउने र त्यसका लागि आदेश दिनेहरूमाथि कारबाही नभएकामा थियो। ‘सरकार गठन भएको यतिका दिन भइसक्यो। गोली चलाउनेहरू र आदेश दिनेहरू कहाँ छन्? अहिलेसम्म उनीहरूलाई किन…

Read More