Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: माधवकुमार नेपालको अध्यक्षतामा गठन गरिएको नेकपा (एकीकृत समाजवादी) पार्टीका चार सांसदको सनाखत लिन निर्वाचन आयोगले अस्वीकार गरेको छ। यससँगै बुधबार अपरान्हसम्म ५५ जना केन्द्रीय सदस्य र २९ जना संघीय सांसदको सनाखत भएको छ। तर मंगलबार निर्वाचन आयोगमा नाम दर्ता गराएका सांसदहरु सोमप्रसाद पाण्डेसहितका चार सांसदको सनाखत हुन नसकेको हो। यससँगै नयाँ पार्टी दर्ताका लागि पेश गरिएको नामावलीको सनाखत करिब सकिएको छ। सनाखतका लागि आएका ४ जना सांसदलाई मान्यता दिनुपर्ने भन्दै माधवकुमार नेपालसहितका नेताहरूले निर्वाचन आयुक्तहरुसँग छलफल गरेका थिए। उनीहरुले मंगलबार निवेदन दिएकालाई तोकेको समयमै सशरीर उपस्थित भएपछि मान्यता दिएर सनाखत गराउन आयोगसँग माग गरेका थिए। आयोगले बुधबार बिहान…

Read More

काठमाडौँ: प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित उनी पक्षमा रहेका केन्द्रीय सदस्यहरू र सांसदहरू आज निर्वाचन आयोगमा सनाखतका लागि जाने भएका छन्। चन्द्रागिरिमा गत सोमबारदेखि केन्द्रीय कमिटी बैठक राखेका अध्यक्ष नेपालले आज उक्त बैठक सकेर त्यहीँबाट निर्वाचन आयोगमा जाने तयारी गरेका छन्। निर्वाचन आयोगले बुधबार बिहान ११:३० देखि दिउँसो २ बजेभित्र सनाखतका लागि भौतिक रूपमा उपस्थित हुन समय दिएको छ। वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारत रहेकोले नेपाल पक्षले २० प्रतिशत सांसद पुर्‍याउन नसक्ने देखिएको छ। तर उनले २० प्रतिशत केन्द्रीय सदस्य भने पुर्‍याउने देखिन्छ। एमालेका केन्द्रीय सदस्य र सांसदहरूले नेपाललाई पार्टी खोल्न साथ दिएका छन्।…

Read More

काठमाडौँ: तेह्रथुम पावर कम्पनी लिमिटेडले भदौ ९ गतेदेखि सर्वसाधारणका लागि ८ करोड मूल्य बराबरको प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता आईपीओ निष्कासन गरेको हो। कुल निष्काशनमा आएको ८ लाख कित्तामध्ये १६ हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ४० हजार कित्ता शेयर म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन मागिएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिनसक्नेछन् । उक्त आइपीओमा सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा…

Read More

काठमाडौँ: नेकपा माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी नेता कृष्णबहादुर महरालाई दिइएको छ। सभामुख हुँदा यौन दुर्व्यवहारकाे आरोप लागेपछि पदबाट हटाइएका महराले लामो समयपछि पार्टीमा प्रभावकारी भूमिका पाएका हुन्। यस अभियोगमा उनले अदालतबाट सफाइ पाइसकेका छन्। सोमबार र मंगलबार काठमाडौंमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकले यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठको स्थानमा महरालाई जिम्मेवारी तोकेको हो। नेता श्रेष्ठलाई भने माओवादी केन्द्रको प्रवास समितिको इन्चार्ज बनाइएको छ।

Read More

काठमाडौँ: आजदेखि केही दिनसम्म वर्षाको मात्रा ह्वात्तै बढ्ने र कतिपय स्थानमा धेरै भारी वर्षासमेत हुने सम्भावना रहेकाले सजग रहन मौसमविद्ले आम नागरिकलाई आग्रह गरेका छन्। महाशाखाले जारी गरेको विशेष मनसुन बुलेटिनअनुसार नेपालको पूर्वी तराई क्षेत्रनजिक मनसुनको न्यून चापीय रेखा रहेका कारण एक–दुई दिन अगाडीबाटै नेपालमा मनसुन केही सक्रिय छ। आज (बुधबार) रातिबाट त्यो रेखा अझ नजिक आउने र केही दिनसम्म रहने सम्भावना छ। ‘सो प्रणालीका कारण देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा÷झरीको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी/धेरै भारी वर्षाको सम्भावना रहेको…

Read More

काठमाडौँ: राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट थप ३ खेलाडी बिदा भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पोखराको बन्द प्रशिक्षणमा रहेका मध्येबाट ३ खेलाडी बाहिरिएको जनाएको हो । टिमबाट बाहिरिने अभिषेक रिजाल, अर्पण कार्की र शिशिर लेखी रहेका छन् । साफ च्याम्पियनसिपका लागि नेपाली टिमले पोखरामा तयारी गरिरहेको छ । अब बन्द प्रशिक्षणमा २५ खेलाडी मात्र छनोटमा रहेको एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा…

Read More

काठमाडौँ: नेकपा (एमाले) स्थायी कमिटीको बैठकले १० बुँदे प्रस्ताव कार्यान्वयनसँग सम्बन्धित विभिन्न निर्णय गरेको छ। १० बुँदे प्रस्ताव कार्यान्वय सम्बन्धमा विभिन्न ८ निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। मंगलबार तुल्सीलाल अमात्य प्रतिष्ठान ललितपुरमा बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो। यस्ता छन् निर्णय: १.पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वयन कमिटी जिल्ला कमिटी लगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरूलाई २०७५ साल जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने। १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटी तथा पार्टी सदस्य समक्ष प्रेसित गर्ने। २. १० बुँदे…

Read More

काठमाडौँ: नेकपा एमाले नयाँ पार्टी दर्ता प्रक्रियामा अघि बढेका माधवकुमार नेपाल र झलनाथ खनालसहितका नेताहरुलाई नयाँ बाटो छाडेर आफ्नै घरमा फर्किन अपिल गरेको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा मंगलबार बसेको स्थायी कमिटी बैठकले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्तामा अघि बढेकाहरुलाई फर्किएर आए सम्मानजक भूमिकासहित पुन:स्थापित गरिने निर्णय लिएको हो। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बैठकपछि पार्टीमा समस्या हुँदा भित्रै बसेर समाधान गरिनु राम्रो हुने पनि बताएका छन्। ‘पार्टी निर्माण र विस्तारका क्रममा एमालेले कयौँ शक्तिसँग एकता गरेको हो’, ज्ञवालीले भने, ‘एमालेको मूलभूत विशेषता नै एकीकृत भएर अघि बढ्ने हो। पार्टीमा समस्या हुँदा भित्रै बसेर समाधान खोज्ने काम हुने गरेको छ।…

Read More

काठमाडौँ: पूर्व प्रधानमन्त्री तथा उपेन्द्र यादव पक्षीय संघीय परिषध अध्यक्ष डा बाबुराम भट्टराईले मंगलबार एमालेका दोश्रो पुस्ता भनिएका नेताहरु समक्ष कडा व्यंग्य गरेका छन् । उनले आज आफ्नै सामाजिक संजाल टूइट गर्दै लेखेका छन्, ” हामी सत्तरी आसपासका बुढाहरूको जत्तिपनि सत्य र न्यायको परख र दूरदृष्टि तथा विद्रोही चेत/आँट नभएका दोश्रो पुस्ताका नेताहरूलाई के भन्ने होला खै!बाघ बुढो र स्याल तन्नेरी भन्दा चित्त दुख्ला!ओली सुध्रन्छन् र गोरू ब्याउॅछ भनेर आश गर्नु उस्तै उस्तै हैन र?चुनावचिन्ह नै पार्टी हो र? खै चेत?”

Read More

काठमाडौँ: नेपालमा गएको २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। १४ हजार ८१० जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित देखिएका हुन्। यो अवधिमा २ हजार ८६ जना डिस्चार्ज भएका छन्। आज ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित मृत्यु हुनेको संख्या १० हजार ५६८ जना पुगेको छ। देशभर ३८ हजार २५० जना सक्रिय संक्रमित देखिएका छन्। आज काठमाडौं उपत्यकामा ६८९ जना संक्रमित थपिएका छन्। जसमा काठमाडौंमा ५१८, ललितपुरमा ११९ र भक्तपुरमा ५२ जनामा संक्रमण पुष्टि भएको छ।

Read More