Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: देशभर कोरोनाभाइरसको संक्रमणको दोस्रो बढ्दै गएको सन्दर्भमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कम्तीमा ३ साता विद्यालय बन्द गर्न सिफारिस गरेपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरी र महासचिव कुमार घिमिरेले आइतबार जारी गरेको विज्ञप्तिमा २०७६ चैत्र ११ गतेबाट गरिएको बन्दाबन्दीले विश्वका कतिपय मुलुक सँगसँगै नेपालको स्वास्थ्य क्षेत्र, शिक्षा क्षेत्र, आर्थिक क्षेत्र र रोजगारीको क्षेत्र लगायत जनजीविकाको विभिन्न पक्षमा पारेको प्रभावहरु आम नेपाली जनताले अनुभूत गरिसकेका भन्दै बन्दाबन्दी मात्र रोकथामको उपाय नभएको प्रमाणित भइसकेको उल्लेख गरिएको छ । विज्ञप्तिमा विद्यालय बन्द नगरी बरु संक्रमणबाट बच्न स्वास्थ्य सावधानी अपनाएर…

Read More

काठमाडौँ: मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको छ । देशका अधिकांश भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका धेरै स्थानहरूमा तुँवालो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज सोमवारबार दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू-भागमा तुँवालोको असर रहने छ। आज राति देशका पहाडी…

Read More

काठमाडौँ: भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्लो २४ घण्टामा थप ‍१ लाख ६९ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि गत (आइतबार) चैत्र २९ मा भारतमा दोस्रो धेरै १ लाख ५२ हजार ६८२ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३५ लाख २५ हजार ३६४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड २१ लाख ५३ हजार ६९९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १२…

Read More

काठमाडौँ:चितवनमा आइतबार राति ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । ना १ त ६२८२ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी सूर्यबहादुर थापाका अनुसार चितवनको राप्ती नगरपालिका आमपानीको चिउडेखोलामा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टरमा सवार पाँच जनाको मृत्यु भएको उनले जानकारी दिए । ट्याक्टरमा २२ जनाभन्दा बढी सवार रहेको उनले बताए । दुर्घटनामा केही घाइते भएको र उनीहरुको पुरानो मेडिकल कलेज भरतपुर र चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले जाकारी दिए । दुर्घटनमा ज्यान गुमाएकाहरुमध्ये चार जनाको पहिचान भएको छ ।…

Read More

काठमाडौं: प्रधानमन्त्रीविरुद्ध उभिन दबाब बढे पछि जनता समाजवादी पार्टीले आन्तरिक छलफल थालेको छ । आइतबार काठमाडौँमा उपलब्ध जसपा पदाधिकारीले बिहिबार भएको ३ दलबीचको वार्ताबारे छलफल गरेका हुन् । प्रधानमन्त्री केपी ओलीविरुद्ध उभिन नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले दबाब बढाएपछि जनता समाजवादी पार्टीले छलफल थालेको छ । वर्तमान सरकारलाई हेर्ने दृष्टिकोणमा जसपाभित्र स्पष्ट दुई मत रहेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारविरुद्ध उभिनुको विकल्प नरहेको भन्दै छलफल ३÷४ दिन अझै चल्ने बताए । जसपाभित्र अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेता प्रधानमन्त्रीसँग सत्ता साझेदारीको विषयमा सघन वार्तामा छन् भने उपेन्द्र यादव बाबुराम भट्टराई लगायतका…

Read More

काठमाडौँ: नेकपा एमालेको खनाल–नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीका दुई नेतालाई कारबाहीको घोषणा गरेको छ । कारबाहीमा पर्नेमा ओली समूहका सुदुरपश्चिम अध्यक्ष कर्णबहादुर थापा र कञ्चनपुर जिल्ला कमिटी सदस्य राजेन्द्र सिंह रावल रहेका छन् । खनाल नेपाल समूहको चैत्र २३ र २४ गते बसेको सुदूरपश्चिम प्रदेश कमिटीको आठौं विस्तारित बैठकबाट उनीहरुलाई कारबाही गर्ने निर्णय गरिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । निर्णयानुसार थापालाई विभाजन गर्ने कार्यमा संलग्न भएको भन्दै कारबाही गरिएको हो । उनलाई नवौं महाधिवेशनबाट पारित विधानको धारा ४९ को क को १ देखि ७ र १४ तथा धारा ५० बमोजिम अनुशासनको कारबाही गरी पार्टीका सबैै जिम्मेवारीबाट हटाउनुका…

Read More

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीलाई केही दिनमै हटाउने बताएका छन् । गृहजिल्ला चितवनमा आइतबार पत्रकारसँग कुरा गर्दै प्रचण्डले केही दिनमै ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बताएका हुन् । प्रचण्डले प्रधानमन्त्री ओलीलाई चौथो पटक हटाउने कोसिस भइरहेको भन्दै अब छिट्टै हटाउने जिकिर गरे । केपी ओलीलाई हामीले तीनपटक प्रधानमन्त्रीबाट हटायौँ। चौथो पटकको कोसिस के हुन्छ भन्‍ने बारेमा केही दिनमै थाहा हुन्छ । प्रतिनिधिसभा पुनःस्थापनापछि तुरुन्त प्रधानमन्त्रीबाट हट्नुपर्नेमा लाज पचाएर ओली पदमा बसिरहेको प्रचण्डको भनाइ छ । संसद विघटन जस्तो असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकाले ओलीलाई पदमा बस्ने नैतिक हैसियत नभएको प्रचण्डले बताए। प्रचण्डले सहमति भयो भने…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत मसान्तसम्ममा पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले १७ अर्ब ८४ करोड ८८ लाख ७१ हजार १०० रुपैयाँ बराबरको सार्वजनिक निष्काशनको लागि अनुमति दिएको छ । विभिन्न २६ कम्पनीले सो बराबरको अनुमति पाएका हुन् । जसमध्ये १२ कम्पनीले साधारण शेयर (आईपीओ) दश कम्पनीले ऋणपत्र र चार कम्पनीलाई सामुहिक लगानी कोषको इकाई बिक्रीका लागि अनुमति प्रदान गरिएको धितोपत्र बोर्डले जनाएको छ । यस अवधिमा ११ अर्ब ५८ करोड ८८ लाख ७१ हजार १०० रुपैयाँ बराबरको ११ करोड ५८ लाख ८८ हजार ७२१ कित्ता साधारण शेयर आईपीओ, २ अर्ब ९६ करोड रुपैयाँ बराबरको २ करोड…

Read More

काठमाडौँ: व्यवसायीहरुले नीतिगत व्यवस्था र सरकारले हेर्ने नजरमा परिवर्तन नआएसम्म विकास निर्माणका कामहरु प्रभावकारी हुन नसक्ने बताएका छन् । उनीहरुले भुक्तानी अभावका कारण प्रधानमन्त्रीले शिलन्यास गरेका आयोजना समेत अलपत्र पर्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण समेत गराएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको २२औँ साधारणसभाको उद्घाटन शत्रमा व्यवसायीहरुले आफुहरुलाई हेर्ने दृटिकोणमा पविर्तन हुनु पर्नेमा जोड दिएका हुन् । आइतबारदेखि काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सुरु भएको साधारण सभामा बोल्ने व्यवसायीहरुले विद्यमान नीतिगत व्यवस्थामा संशोधन नगर्दा प्रधानमन्त्री केपी ओलीले शिलन्यास गरेका धेरै आयोजना अलपत्र पर्न सक्ने संकेत समेत गरेका छन् । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले हजारौंको संख्यामा निर्माण व्यवसायमा आबद्ध…

Read More

काठमाडौँ: नेपालमा कोरोनाभाइरस संक्रमणदर उकालो लाग्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा थप ३६७ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार १२५ जनामा पीसीआर परीक्षण र ६९० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३०३ र ६४ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा थपिएका अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँमा १२८, ललितपुरमा १५ र भक्तपुरमा ११ जना संक्रमित फेला परेका छन् । बिहीबारदेखि १४ हजार ७३४ पीसीआर परीक्षण गर्दा १ हजार २६० संक्रमण पुष्टि भएको छ । यसअवधिमा ४९८ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ हजार ९६१ सक्रिय संक्रमित रहेका छन् ।

Read More