काठमाडौँ: मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पनि देशका विभिन्न भू-भागमा वर्षाको सम्भावना रहेको छ ।
देशका अधिकांश भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका धेरै स्थानहरूमा तुँवालो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज पहाडी भू-भागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज सोमवारबार दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ । देशका पहाडी भू-भागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । देशका केही भू-भागमा तुँवालोको असर रहने छ।
आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।