Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

नयाँदिल्ली: कोरोना भाइरसको महामारीबाट जुधिरहेको भारतमा विभिन्न पाँच राज्यमा बर्ड फ्लुको संक्रमण देखिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार हालसम्म हिमाचल, हरियाणा, राजस्थान, केरल र मध्यप्रदेशमा एचफाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरस अर्थात् बर्ड फ्लु संक्रमण पुष्टि भएको छ बर्ड फ्लु एचफाइभ एन वान जातिको जीवाणुको कारण पंक्षीहरुमा लाग्ने रुघाखोकी जस्तो एक प्रकारको रोग हो । यो रोगबाट जंगली र घरपालुवा दुवैथरीका पंक्षीहरु संक्रमित हुने भए पनि विशेषगरी घरपालुवा पंक्षीहरुका लागि बढी घातक मानिन्छ । र, मानव स्वास्थ्यका लागि पनि यो भाइरस जोखिमयुक्त मानिन्छ । सोमबार मात्र हिमाचलको काँगडा जिल्लाअन्तर्गतको पोङ ड्याम ताल आरक्ष क्षेत्रमा मरेका अठार सयभन्दा बढी आप्रवासी हाँसमा…

Read More

डोटी: सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो । सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि उक्त व्यवस्था गरिएको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिनुभयो । यहाँका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थलका रूपमा समेत रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानीका रूपमा चिनिँदै आएको र उक्त क्षेत्रमा पर्यटक ल्याई सहजरूपमा भित्र्याउन हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको सञ्चालक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोनाका कारण हामीले पर्यटक भित्र्याउन सकेनौँ, अहिले…

Read More

काठमाडौँ: स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा रु एक हजार १०० ले वृद्धि भएको छ । छापावाला सुन आज प्रतितोला रु ९६ हजार ४०० मा कारोवार हुने गरी मूल्य निर्धारण गरिएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार ३०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन आज प्रतितोला रु ९५ हजार ९०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो सुन प्रतितोला रु ९४ हजार ८०० मा सोमबार कारोवार भएको थियो । यस्तै चाँदी प्रतितोला रु १० ले वृद्धि भई प्रतितोला रु एक हजार ३३५ मा कारोवार भएको छ ।…

Read More

काठमाडौँ: नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणका लागि माघ २ गतेदेखि साधारण शेयर निष्काशन गर्ने भएको छ । धितोपत्र बोर्डले पुस १० गते बैंकलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति दिएको थियो । बैंकको शेयर छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गते निष्काशन बन्द हुनेछ । साधारण शेयर निष्काशनका लागि बैंकले पुस २१ गते मंगलबार आह्वानपत्र सार्वजनिक गर्दैछ । जारी पूँजी २० अर्ब रुपैंया रहेको बैंकले ४० प्रतिशशतले कायम हुने ८ अर्ब रुपैंयाको शेयर निष्काशन गर्न लागेको हो । अहिलेसम्मकै सबैभन्दा ठुलो प्राथमिक निष्काशन गर्न लागेको बैंकले कर्मचारीका लागि…

Read More

काठमाडौँ: शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकको जिल्लान्तर सरूवा रोक्ने निर्णय गरेको छ। केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाका अनुसार शिक्षक दरबन्दी मिलानको कार्य भइरहेकोलेले अहिलेका लागि जिल्लान्तर सरूवा रोकिएको छ। ‘विभिन्न जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइहरूबाट जिल्लान्तर सरूवा सम्बन्धमा निर्देशन माग भई आएको सन्दर्भमा हाल शिक्षक दरबन्दी मिलानको कार्य भइरहेको र यो कार्य सम्पन्न गर्न अझै केही समय लाग्ने देखिएको हुँदा जिल्लान्तर सरूवा रोक्का राख्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्देशानुसार अनुरोध छ,’ कोइरालाले शिक्षा विकास तथा समन्वय इकाइहरूलाई आइतबार पठाएको परिपत्रमा उल्लेख छ। केन्द्रको पूर्वअनुमति लिएकाहरूले भने जिलान्तर सरूवा हुन पाउनेछन्। ‘शिक्षक सेवा आयोगबाट स्थायी…

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ जसले देशभर सामान्य बदली रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुनुका साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू–भागहरुका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले यात्रा गर्दा सावधानी अपनाउनु हुन तथा देशभर बदली भै हल्का वर्षा र हिमपातका कारण अधिकतम र न्युनतम तापक्रममा हल्का गिरावट आई देशैभरी चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ । मंगलबार देशभर सामान्य…

Read More

काठमाडौँ: देशभर संचालनमा रहेका झण्डै ३० हजार सहकारी संस्थाहरुले पौने ५ खर्ब रुपैयाँ बचत संकलन गरेर सवा ४ खर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । सहकारी विभागका अनुसार हाल २९ हजार ८ सय ८६ वटा सहकारी संचालनमा रहेका छन् । यी संस्थाहरुले ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४७३ रुपैयाँ बचत संकलन गरेर र कूल ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३ सय ८१ रुपैयाँ ऋण लगानी गरेको पाइएको हो । सहकारी विभागले २०७७ श्रावणदेखी कात्र्तिकसम्म सातै प्रदेश तथा स्थानीय तहहरुसंगको सहकार्यमा गरेको अध्ययन अनुसार मुलुकभरी रहेका सहकारीमा कूल शेयर पूँजी…

Read More

काठमाडौँ: कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानलाई खुसी बनाउनका निम्ति बजारलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्ने बताएकी छन्। मन्त्रालय अन्तर्गत रहेका संस्थान, समितिहरूको छलफलका क्रममा आयोजित कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन्। किसानले बजारमा ल्याएको तरकारीको डोको फर्काएर लैजानुपर्ने अवस्थाको अन्त्यका निम्ति नयाँ ढंगले बजारको व्यवस्थापन आवश्यक रहेको बताइन्। ‘बजारलाई नयाँ ढंगले व्यवस्थित नगरिकन किसानहरूलाई खुसी बनाउन सकिँदैन। कृषि मन्त्रालयले ‘उत्पादन गर बजारको व्यवस्था हामी गर्छौं’ भन्ने’, मन्त्री अर्यालले भनिन्, ‘तर किसानहरूले बजारमा ल्याएको वस्तु फर्काएर लैजाने स्थिति राम्रो होइन। दूध उत्पादन गर्‍यो सडकमा पोख्नुपर्ने यो धेरै गम्भीर कुरा हो। मान्छेलाई निराश बनाउने ऋण थपाउने…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा हठात प्रतिनिधि सभा विघटनको सिफारिस गरे । प्रधानमन्त्रीले गरेको सिफारिसको मसी सुक्न नपाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई सदर गरिदिइन् । राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको सदरमा संविधानको धारा ७६ (१) र (७) अनि धारा ८५ अन्र्तगत उल्लेख छ । प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध त्यसकै भोलिपल्ट सर्वोच्च अदालतमा रिट दायर भयो । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले उक्त सबै रिटलाई ८ पुसमा आफ्नै एकल इजलासमा हेरे । अनि १० पुसमा संवैधानिक इजलासमा सारे । प्रतिनिधि सभा विघटनविरुद्ध परेका ११ वटा रिट मध्ये एउटामात्र संवैधानिक इजलासमा परेको थियो । १० वटा रिट अडिनरी…

Read More

एजेन्सी: बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै देशव्यापी रुपमा लकडाउनको घोषणा गरेका छन् । बोरिस जोनसनले यो घोषणा सँगै सबैलाई घरमा नै बस्न अपिल गरेका छन् । मंगलबारदेखि स्कूल, कलेज र युनिभर्सिटी अब रिमोट स्टडी माध्यमबाट चल्नेछन् । बीबीसी संवाददाता गगन सभरवालले लकडाउनको घोषणा सँगै अब मानिसहरु घरबाट बाहिर निस्कन लगभग बन्द हुने र अत्वाश्वयक कामका लागि मात्रै मानिसहरु बाहिर निस्कन सक्ने बताएका छन् । यो प्रतिबन्ध फेब्रुअरीको मध्यसम्म लागू हुने अनुमान गरिएको छ । प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै भने, ‘जसरी संक्रमितको संख्या बढिरहेको छ, यसले यो स्पष्ट पारेको छ कि हामीले थप मिहिनेत गर्न आवश्यक…

Read More