Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: एकताको साढे दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी फुटको मुखमा पुगेको छ । प्रधानमन्त्री बनेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारवाही गर्दै अनौपचारिक विभाजनको सुरुवात गदैछन् । ओलीले मंगलबार बिहान नौ बजे सरकारी निवास बालुवाटारमा केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । दाहाल–नेपाल समूहले पनि मंगलबार नै ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई संसदीय दलको नेता बनाउने जनाएको छ ।
काठमाडौं: राष्ट्रिय जनमोर्चाले केपी ओली नेतृत्वको सरकारको संसद विघटनको कदम असंवैधानिक, अप्रजातान्त्रिक र अधिनायकवादी कदम भएको जनाएको छ । सोमबार सो पार्टीको केन्द्रीय कार्यालय बैठकले उक्त निश्कर्ष निकालेको हो । बेठकपछि अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी सरकारको उक्त कदमको तिव्र विरोध र भर्त्सर्ना गरेका छन् । साथै ओली नेतृत्वको सकारलाई दिएको समर्थन समेत उक्त पार्टीले फिर्ता लिएको छ । जारी विज्ञप्तिमा भनिएको छः ‘ हामीले ओली नेतृत्वको सरकारलाई विगतमा त्यसले गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताका विषयमा लिएको अडानका कारणले समर्थन गरेका थियौँ । तर त्यसको प्रतिनिधिसभा विघटन गर्ने गलत काम र त्यसले स्वयं गणतन्त्र, राष्ट्रियता तथा धर्म…
काठमाडौँ: नेपाल सरकार र विश्व बैंकबीच ‘ग्रामीण उद्यम र आर्थिक विकास’ आयोजनाका लागि वित्तीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार विश्व बैंकले महामारीपछिको उद्यमशीलता र कृषिको विकासका लागि नेपाललाई करिब ९ अर्ब ५० करोड रूपैयाँ (८ करोड अमेरिकी डलर) बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ । ऋण सम्झौतामा अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका नेपाल, श्रीलंका र बंगलादेशका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले हस्ताक्षर गरेका छन्। आयोजनाअन्तर्गतको रकम बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा उद्यमी र बजारको सम्बन्ध स्थापित गर्ने गरी क्षमता विकासमा परिचालन गरिनेछ। सम्झौता पछि ग्रामिण कृषि उत्पादनको बजार पहुँच र ग्रामीण उद्यमशिलताको प्रवद्र्धन…
काठमाडौं: श्रीराम सुगर मिल्सले उखु किसानको तिर्न बाँकी रकममध्ये पुस ३ र ५ मा गरी कुल २५ करोड ३० लाख रुपैयाभन्दा बढी बैंक खातामा जम्मा गरिदिएको जनाएको छ । रौतहटको गरुडास्थित २६ वर्ष पुरानो यो चिनी उद्योग गोल्छा समूह र विशाल ग्रुपको लगानीमा संचालित थियो । दुवै व्यापारिक घरानाले सधैंका लागि उद्योग बन्द गर्ने औपचारिक निर्णय २०७७ साउन ९ मा गरेका थिए । उद्योग बन्द हुँदा यसले किसानलाई २०७१ सालदेखिको कुल ३५ करोड रुपैयाँ तिर्न बाँकी रहेको रौतहट उखु उत्पादक संघको भनाइ छ । किसानहरुबाट खरिद गरेको उखुको बाँकी रहेको बक्यौता रकम भुक्तानीका लागि सम्पूर्ण रकम उद्योगको बैंक खातामा…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी गौरवशाली पार्टी हो । यो पार्टीले विगत ७१ वर्षमा जुन ढङ्गले काम गर्दै आएको छ, हामीले एउटा सिंगो क्रान्तिलाई सम्पन्न गरेका छौं । ५८ वर्ष लगाएर हामीले जनवादी क्रान्ति सम्पन्न गर्यौं । त्यो क्रान्ति कालमा अनेकन प्रकारका मोडहरु आए । विभिन्न प्रकारले उग्र वामपन्थविरुद्ध लड्नुपर्यो, कहिले दक्षिणपन्थविरुद्ध लड्नुपर्ये । पार्टी, आन्दोलन, लोकतान्त्रिक आन्दोलनविरुद्ध विभिन्न ढंगल विश्वासघात गर्ने नेताहरुविरुद्ध लड्नुपर्यो । त्यसरी अनेक घुम्तीहरु पार गरेर हामी यो ठाउँमा आइपुगेका छौं । जब पार्टी एकीकरणको काम सम्पन्न गर्यौं, एउटा क्रान्ति सम्पन्न गरेर समाजवादतर्फ अगाडि बढ्नुपर्ने ठाउँमा आइपुगेका थियौं । नयाँ संविधान निर्माण गर्यौं, आम निर्वाचन गर्यौं र…
काठमाडौं: संसद विघटन गर्ने सरकारको कदमबारे छलफल गर्न बसेको प्रमुख तीन दलको बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको छ । नेपाली कांग्रेसको आह्वानमा उसैको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको हो । ३ दलको बैठकले यसविरुद्ध प्रतिवाद गर्ने भन्ने निश्कर्ष पनि निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । तर कसरी प्रतिवाद गर्ने भन्नेबारे भने मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीको बैठक रहेकाले उक्त बैठकमा छलफल गरेपछि पुनः बैठक बस्ने सहमति भएको श्रेष्ठले बताए ।
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा केन्द्रित हुन देशवासीलाई आह्वान गरेका छन् । प्रतिनिधिसभाको विघटनको भोलिपल्ट आज सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले काम गर्न नपाएपछि ताजा जनादेशमा जाने निर्णय गरिएको र त्यसमा होमिन देशवासीलाई आह्वान गरेका हुन् । सतहमा हेर्दा प्रतिनिधिसभाको विघटन अप्रत्याशित र आकस्मिक जस्तो देखिए पनि यो लामो समयदेखि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका केही नेताहरुको सत्तास्वार्थका कारण उत्पन्न घटना भएको उनको दाबी छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का अध्यक्ष ओलीले निर्वाचनपछि नै राष्ट्रिय राजनीतिलाई विसङ्गत र अस्थिर बनाउने काम भएको र जनअपेक्षानुरुप सरकारले काम गर्न थाले पनि केही नेताहरुले निरन्तर…
काठमाडौं : सत्तारूढ नेकपाका ओली र प्रचण्ड-नेपालका दुई समूहले मंगलबार छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् । प्रचण्ड-नेपाल समूहले भोली मंगलबार अपराह्न १ बजे केन्द्रीय कमिटी बैठक डाकेका बेला ओली त्यसअघि नै बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा केन्द्रीय कमिटी बैठक बोलाएको स्रोतले जनाएको छ । नेकपाका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई स्थायी कमिटी बैठकबाट साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारबाही गर्न गरिएको प्रस्तावलाई मंगलबारको केन्द्रीय कमिटीबाट अनुमोदन गर्न दाहाल(नेपाल समूह लागेपछि ओलीले त्यसअघि नै महत्वपूर्ण निर्णय गर्न लागेको स्रोतले जनाएको छ । अर्को समूहले कारबाहीको निर्णय गर्नअघि ओलीले पार्टी विभाजनको औपचारिक निर्णय वा आफू संस्थापन रहेको कानूनी…
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएको छ। आज सोमबार स्थायी समिति सदस्य लीलामणि पोखरेलले अध्यक्ष ओलीलाई कारबाही गरिएको पत्र आयोगमा बुझाएका हुन्। संसद विघटन गर्ने निर्णयपछि आइतबार दिउँसो बालुवाटारमा बसेको नेकपा स्थायी समिति बैठकले ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गर्दै अनुशासनको कारबाही गरेको थियो। सो निर्णयलाई निर्वाचन आयोग पुगेर जानकारी गराइएको पाखरेलले जानकारी दिए। ‘अध्यक्ष केपी ओलीलाई कारबाही गर्न स्थायी कमिटीले निर्णय गरिसकेको र त्यसलाई अनुमोदन केन्द्रीय समित बैठकले गर्ने जानकारी निर्वाचन आयोगलाई गराउनुपर्छ। किनभने, आयोगले स्थायी कमिटी चिन्दैन। केन्द्रीय कमिटीमात्रै चिन्ने भएकोले सो बारेको जानकारी गराएर आएका…
काठमाडौँ: नेकपा कार्यकारी अध्यक्ष प्रचण्डले पार्टी एकता नभत्कने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी विरोधी गतिविधिले पार्टी एकता भत्काउन नसक्ने बताएका हुन् । प्रचण्डले एक विज्ञप्ति जारी गर्दै एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वविरुद्ध एकतावद्ध भएर उभिन नेता कार्यकर्तालाई अनुरोध पनि गरेका छन् । प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, पार्टी पङ्क्ति र आम–जनसमुदायलाई के तथ्य स्पष्ट पार्न चाहन्छु भने हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्ने छैन ।’ उनले भनेका छन्, ‘नेपाली जनताले ठूलो…
