Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 9
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » झलनाथ खनालले भने- प्रम ओलीलाई संसद विघटनको अधिकार छैन, जनतालाई बुझाउन जरुरी छ

    झलनाथ खनालले भने- प्रम ओलीलाई संसद विघटनको अधिकार छैन, जनतालाई बुझाउन जरुरी छ

    पहिलोक्लिकपहिलोक्लिकDecember 21, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी गौरवशाली पार्टी हो । यो पार्टीले विगत ७१ वर्षमा जुन ढङ्गले काम गर्दै आएको छ, हामीले एउटा सिंगो क्रान्तिलाई सम्पन्न गरेका छौं । ५८ वर्ष लगाएर हामीले जनवादी क्रान्ति सम्पन्न गर्‍यौं । त्यो क्रान्ति कालमा अनेकन प्रकारका मोडहरु आए । विभिन्न प्रकारले उग्र वामपन्थविरुद्ध लड्नुपर्‍यो, कहिले दक्षिणपन्थविरुद्ध लड्नुपर्‍ये । पार्टी, आन्दोलन, लोकतान्त्रिक आन्दोलनविरुद्ध विभिन्न ढंगल विश्वासघात गर्ने नेताहरुविरुद्ध लड्नुपर्‍यो । त्यसरी अनेक घुम्तीहरु पार गरेर हामी यो ठाउँमा आइपुगेका छौं ।

    जब पार्टी एकीकरणको काम सम्पन्न गर्‍यौं, एउटा क्रान्ति सम्पन्न गरेर समाजवादतर्फ अगाडि बढ्नुपर्ने ठाउँमा आइपुगेका थियौं । नयाँ संविधान निर्माण गर्‍यौं, आम निर्वाचन गर्‍यौं र हामीले अभूतपूर्व जनादेश प्राप्त गर्‍यौं । दुई पार्टीलाई एकीकृत गरेर नेकपा निर्माण पनि गर्‍यौं । अब समाजवादको बाटोमा जाने ऐतिहासिक अविभारा हामीले निर्वाह गर्नुपर्ने थियो । तर पार्टीले अगाडि सारेका कुनै पनि नीतिहरु केपी शर्मा ओलीको सरकारले पूरा गर्न सकेन । मन्त्रिपरिषद सदस्यहरु तय गर्दा पनि पार्टीको भावना अनुरुप भएन । योजनाहरु पनि पार्टीको भावना अनुरुप बन्न सकेन । तीन-तीनवटा आए निति र कार्यक्रम आए, त्यो पनि पार्टीका निति र सिद्धान्त अनुरुप छैन । त्यसमा उदारवादी पुँजीका लागि मात्रै ल्याइएका कुराहरु छन् । एउटा दक्षिणपन्थ भड्काउ भएको गुटको रुपमा केपी शर्मा ओलीको नेतृत्वमा गुट बन्यो । त्यही गुट फर्मेसनले निरन्तर पार्टीलाई दुःख दिइरहृयो । सत्तारुढ पार्टी भएको हुनाले कैयन कुराहरु चित्त नबुझ्दा पनि पनि मुखमा ताला लगाएर बस्यौं । आफ्नै सरकार हो भनेर बैठकहरुबाटै सच्याउने कोसिस गर्‍यौं, अनेकन ढंगले सुधारका प्रयास गर्‍यौं, तर हाम्रा प्रयासहरु सफल भएनन् ।

    पार्टीभित्र विभिन्न बेलामा बहसहरु हुन्छ, छलफलहरु हुन्छ, नीतिगत विषयमा अनेकन भिन्नताहरु आउँछन् । त्यो भिन्नताहरुबारे बहस छलफल गर्न सक्नुपर्छ, तथ्यहरु र विधिबाट अगाडि बढ्न सक्नुपर्छ । त्यो मात्रै सही तरिका हुनसक्छ । तर पार्टीकै अध्यक्ष बैठक नगर्ने, बैठकमा उपस्थित नहुने, बैठकमा प्रस्तुत भएका विषयहरु अस्विकार गर्छु भनेर गैरराजनीतिक र स्वार्थी कुराहरु गरेर अगाडि बढाउन थाल्नुभयो । त्यसले पार्टीमा संकटहरु आए । त्यसलाई निवारण गर्न जुन विधिबाट अगाडि बढ्नुपर्ने थियो, त्यसभन्दा अन्यथा गएर संविधान कुल्चिने, संविधानको मर्म र भावनालाई ध्वस्त पार्ने, लोकतन्त्रका खम्बाहरु ध्वस्त पार्ने गरी केपी शर्मा ओलीले चालेको कदम (संसद विघटन) असंवैधानिक छ, जनविरोधी छ । यसविरुद्ध हामी उत्रनुपर्ने छ ।

    यसलाई ध्यानमा राखेर नै आज संसदीय दलको बैठक राखेका छौं । यहाँ सबै साथीहरु उपस्थित हुन सक्नुभएको छैन । कमरेडहरु देशका विभिन्न ठाउँमा पुग्नुभएको छ, उहाँहरु आउँदै हुनुहुन्छ । कोही बाटोमा हुनुहुन्छ, कोही जिल्लाबाट आउन थाल्नुभएको छ । त्यसकारण हामी फेरि संसदीय दलको बैठक गर्छौं । तर आजको बैठकले हामीले केही प्रारम्भिक कामहरु गर्नुपर्ने भएको छ ।

    हामीले सोच्नुपर्दछ, अहिले हाम्रो देशमा जुन संविधान छ, यो संविधान धेरै दुःख, कष्ट, त्याग, तपस्या गरेर निर्माण गरिएको संविधान हो । यो नेपाली जनताले निर्माण गरेको संविधान हो । त्यो संविधान बनाउँदा हामीले दुनियाँभरका संसदीय व्यवस्था, हाम्रो आफ्नै अनुभव सबैलाई ध्यानमा राखेर घण्टौं छलफल गरेका छौं । खासगरी प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार कतिपय देशमा छ, हाम्रो पनि ०४७ सालको संविधानमा थियो । नयाँ संविधानमा राख्ने कि नराख्ने भनेर व्यापक छलफल गर्‍यौं । यो प्रावधान कुनै हालतमा राख्न हुँदैन, यहि प्रावधान राख्दा विगत दश वर्षमा देश अस्थिरताबाट गुजि्ररहृयो । अब फेरि अस्थिरतातर्फ जान दिन हुँदैन भनेर धारा ७६ राखेका छौं । यो धाराले चार-चार वटा कन्डिसन राखेको छ र त्यो बसै पूरा गर्दा पनि सरकार बन्न सकेन भने मात्र संसद आफैं विघटन हुने अवस्थामा पुग्छ भनेको छ । हाम्रो संविधानको मर्म र भावना त्यो हो ।

    तपाईंहरु आफैँ विधायिका हुनुहुन्छ । तपाईंहरु आफैं संविधानको अध्ययन गर्नुस्, बुझ्नुहोस् र आमजनतालाई भन्नुहोस्-यो संविधानले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएको छैन । यो अनाधिकृत कदम हो, यस्तो कदमको विरोध गर्नुपर्छ । विरोध राजनीतिक रुपले पनि अगाडि बढाउनुपर्छ, संवैधानिक रुपले पनि सर्वोच्च अदालतसम्म जानुपर्छ । हामी सर्वोच्चसम्म पनि जान्छौं ।

    कमरेडहरुलाई अन्त्यमा भन्न चाहन्छु, सक्रिय भएर अगाडि बढ्नुहोस् । आ-आफ्नो निर्वाचन क्षेत्रमा आम जनता र कार्यकत्ाालाई यो कदमको विरोध गर्न आव्हान गर्नुहोस् । पार्टी सचिवालयमा पनि हामी बहुमतमै छौं, स्थायी कमिटीमा पनि दुई तिहाई बहुमतमा छौं । हिजो मात्रै स्थायी कमिटीको बैठक बसेर निर्णय गरेका छौं-अहिलेको जसरी संसद विघटन गर्ने दुस्साहस गरिएको छ, यो कथित विघटन हो । यो कथित विघटनको भ्रत्र्सना र विरोध गरेका छौं । केन्द्रीय किमटीको बैठक भोलि बस्दैछ । त्यसले पनि आवश्यक निर्णयहरु गर्छ । राष्ट्रव्यापीरुपमा पार्टीलाई परिचालन गर्छौं, जनतालाई पनि परिचालन गर्नुपर्छ र संवैधानिका ढोकाहरुलाई पनि हामीले ढकढक्याएर जानुपर्छ ।
    यो कम्युनिस्ट आन्दोलनमा आएको एउटा दुःखद मोड हो । लोकतान्त्रिक आन्दोलनमा पनि आएको दुःखद मोड हो । हामीले यसको सामना गर्नुपर्ने हुन्छ । यसलाई दृढतापूर्वक सामना गर्न हामी सबै एकजुट भएर अगाडि बढौं ।

    (सोमबार संसद भवन नयाँबानेश्वरमा बहुमत सांसदहरुको बैठकलाई खनालले गरेको सम्बोधन)

    Facebook Comments Box

    प्रम ओलीलाई संसद विघटनको अधिकार छैन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.