Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन गर्न अन्तिम चरणका परीक्षणका काम धमाधम भइरहेका छ । ७६÷७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गर्ने तालिक तय गरिएको छ । पहिलो युनिटबाट विद्युत उत्पादन भएपछि बाँकी युनिटहरुबाट क्रमश ः विद्युत उत्पादन हुनेछ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले आइतबार र सोमबार आयोजना निर्माणस्थलको अनुगमन गरी पहिलो युनिटबाट सोमबारबाटदेखि विद्युत उत्पादनको तालिका तय गरेको हो । टोलीले विद्युतगृहमा भइरहेको…
काठमाडौँ: कालीगण्डकी डाइभर्सन आयोजना सम्बन्धमा गण्डकी प्रदेश सरकारद्वारा सोमबार यहाँ आयोजित सर्वपक्षीय बैठकले आयोजनाको विरोध गरेको छ । गण्डकी प्रदेश र प्रदेशवासीको हितविपरीत सङ्घ सरकारले कालीगण्डकी डाइभर्सन आयोजनाको काम अघि बढाएको भन्दै आयोजना तत्काल रद्द गर्न सङ्घ सरकारसँग आग्रह गरिएको छ । बैठकपछि जारी निर्णयमा ‘भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनीतिक, आर्थिक, सामाजिक र ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदी डाइभर्सन योजना समग्र कालीगण्डकी प्रवाह क्षेत्रका लाखौँ नागरिकको भावनाविपरीत भएकाले हामी एक स्वरमा विरोध गर्छौं’ भनिएको छ । कालीगण्डकी नदी मात्र नभएर सभ्यता पनि रहेकाले चितवनदेखि धादिङ हुँदै पाल्पासम्म फैलिएको कालीगण्डकी प्रवाह क्षेत्रको अस्तित्व जोगाउने जिम्मा प्रदेशवासी सबैको रहेको सहभागीले जोड दिएका…
काठमाडौँ: भोलि बुधबारदेखि निकै ठूलो वर्षा हुने सम्भावना रहेकाले सबैलाई सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्। जल तथा मौसम विज्ञान विभागले मंगलबार (आज) बिहान विशेष मनसुन बुलेटिन–३ जारी गर्दै बुधबारदेखि मनसुनी न्यून चापीय रेखा नेपालको तराईनजिक रहने हुनाले मनसुन सक्रिय हुने जानकारी दिएको हो। जसका कारण प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी (ठूलो) तथा निकै ठूलो (धेरै भारी) वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। ‘उक्त प्रदेशका पहाडी भूभागमा…
काठमाडौँ: भारतको कोभिड टास्क फोर्सका प्रमुख डा. भीके पोलले कोरोना भाइरसको डेल्टा प्लस भेरिएन्ट अहिलेसम्मकै संक्रामक भन्ने कुनै वैज्ञानिक प्रमाण नभएको बताएका छन्। बीबीसी हिन्दीका अनुसार सोमबार उनले भनेका छन्, ‘अहिलेसम्म कुनै त्यस्तो प्रमाण एवं वैज्ञानिक तथ्य फेला परेको छैन, जसले डेल्टा भेरिएन्ट अहिलेसम्मै अत्यधिक तीव्र गतिमा फैलिने भेरिएन्ट हो भन्ने पुष्टि गरोस्।’ यसैगरी डेल्टा प्लस भेरिएन्टलाई खोपले पनि काम नगर्ने आशंकाको पनि कुनै ठोस प्रमाण नभएको उनको दाबी छ। डेल्टा प्लसबारे वैज्ञानिकको अनुसन्धान सुरुवाती चरणमै रहेको पनि उनले बताए। यो भेरिएन्ट नेपालमा पनि फैलिएको पुष्टि भइसकेको छ। डा. पोलको सुझाव छ, ‘हामी अनुशासित (स्वास्थ्य सुरक्षाका मापदण्ड पालना) भयौं भने…
काठमाडौँ उपत्यकाभित्र मङ्गलबारदेखि सञ्चालन हुने २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यात्रुवाहक सवारीसाधन जोर बिजोर प्रणालीमा सञ्चालन गरिने भएको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै र भौतिक दूरी कायम गरी सवारीसाधन सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । चालक, सहचालक तथा यात्रुले अनिवार्य मास्क लगाउने, सवारी साधनको ढोकामा स्यनिटाइजरको व्यवस्था हुनुपर्ने बताइएको छ । त्यस्तै सहचालकले पञ्जा लगाउनुपर्ने र अनिवार्य रुपमा सवारीसाधन निसङ्क्रमित गर्नुपर्नेछ । सवारीसाधन बिहान ६ः०० देखि साँझ ७ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने छ । निजी सवारीसाधन (कार जीप, भ्यान) मा बढीमा चार र ट्याक्सीको हकमा बढीमा तीनजना मात्रै सवार गर्न पाउने नियम छ ।…
काठमाडौँ: आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेकाहरुले पनि दही च्यूरा खाई असार १५ मनाउँछन् । दही च्यूराले शरीर शीतल भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । वि.सं. २०६१ मंसीर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीना…
काठमाडौँ: विश्व विजेता फ्रान्स स्विजरल्याण्डसँग पेनाल्टी मार्फत ५-४ गोल अन्तरले पराजित हुँदै स्विजरल्याण्ड पहिलोपटक युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गयराती भएको खेलको अतिरिक्त समयसम्म भएको खेलमा ३-३ को बराबरी भएपछी खेल पेनाल्टीमार्फत निर्णय गरिएको थियो। यो संगै फ्रान्स युरो कपबाट बाहिरिएको छ।
काठमाडौँ: स्पेन यूरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निकै रोमाञ्चक खेलमा क्रोएसियलाई ५–३ गोलले हराउँदै स्पेनले अन्तिम ८ मा आफ्नो स्थान पक्का गरेको हो । युरो कपको इतिहासमा एकै खेलमा भएको यो दोस्रो ठूलो स्कोर हो । यसअघि सन् १९६० मा फ्रान्स र युगोस्लाभियाबीचको एकै खेलमा ९ गोल भएको थियो । खेलमा अग्रता भने क्रोएसियाले लिएको थियो । क्रोएसियामाथि स्पेनले सुरुदेखि दबाब बनाइरहेका बेला पेड्रीको ब्याकपासलाई गोलकिपरले नियन्त्रण गर्न नसक्दा स्पेनले आत्मघाती गोल गर्न पुगेको थियो । त्यसपछि भने स्पेनले गोल वर्षा गर्यो । पहिलो हाफको ३८ औँ मिनेटमा पाबलो साराबियाले बराबरी गोल…
काठमाडौँ: यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकांकी भएको भन्दै सच्याउन आग्रह गरेका छन् । उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई नगरे आफुहरुले आगामी असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने घोषणा समेत गरेका छन् । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका छन् ।
काठमाडौँ: राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिको बैठकले समितिको संरचनामा समसामयिक परिमार्जनका लागि सिफारिस गर्ने निर्णय गरेको छ। साथै राजस्व चुहावट र विदेशी विनिमय अपचलनलाई नियन्त्रण गर्दै राजस्व संकलनमा जोड दिने भएको छ। असार १४ गते सोमबार राजस्व अनुसन्धान विभागको सभाकक्षमा विभागका महानिर्देशक तथा राजस्व चुहावट नियन्त्रण केन्द्रीय अनुगमन समितिका संयोजक राम प्रसाद आचार्यको अध्यक्षतामा बसेको बैठकले राजस्व संकलनलाई परिणाममूखि वनाउने तथा राजस्व चुहावट नियन्त्रणका कार्यलाई प्रभावकारी रुपमा नियन्त्रण गर्न अन्तर निकाय समन्वयमा जोड दिने निर्णय समेत गरेको छ । साथै जिल्ला स्थित राजस्व चुहावट अनुगमन समितिको कार्यादेश परिमार्जन गरी केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति समक्ष पेश गर्ने र राजस्व…
