Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा वर्षा भइरहेको छ । मंगलबार र बुधबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । ‘प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह…

Read More

काठमाडौँ: प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सोमबारदेखि सरकारी पक्षको बहस सुरु हुने भएको छ । आइतबार रिटनिवेदन कर्ताको तर्फबाट बहस सकिएसँगै आजदेखि सरकारी पक्षको बहस सुरु हुन लागेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइको चौथो दिन आइतबार रिट निवेदकका पक्षबाट बहस सकिएको हो । इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो । सो समयमा रिट निवेदकका तर्फबाट ३६ कानून व्यवसायीले बहस गरे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा गत बुधबारदेखि नियमित बहस शुरु भएको हो । निवेदक पक्षका कानून…

Read More

काठमाडौँ: कोपा अमेरिका कप फुटबलमा आयोजक ब्राजिल र इक्वेडरसँग बराबरीमा रोकिएको छ । सोमबार बिहान भएको खेलमा ब्राजिलले इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको हो । पेड्रो ओलम्पिक स्टेडियममा सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिल बराबरीमा रोकिएको हो । खेलको ३७औँ मिनेटमा इडर मिलिटाओले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । तर, खेलको ५३ औं मिनेटमा एन्जल मिनाले गोल गर्दै इक्वेडरलाई १-१ गोलको बराबरीमा ल्याए । यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको ब्राजिलले स्टार फरवार्ड नेयमारलगायतका खेलाडीलाई विश्राम दिएको थियो । बराबरी पछि पनि ब्राजिल समूह ‘बी’ को समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । समूह चरणमा अपराजित ब्राजिलले ४ खेलमा १० अंक…

Read More

काठमाडौँ: प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आइतबार रिट निवेदक पक्षका वकिलहरूको बहस सकिएको छ । संसद पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदन पक्षका वकिलहरूले आज बहस सकाएका हुन् । प्रतिनिधिसभाका १४६ जना सांसदले हालेको उक्त मुद्दामा बहस गर्न रिट निवेदक पक्षका वकिललाई १२ घण्टाको समय दिइएको थियो । उक्त समयमा रिट निवेदक पक्षका २५ भन्दा बढी अधिवक्ताहरूले बहस गरेका छन् । उनीहरूले संसदका बहुमत सदस्यहरूले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त नगरेको आरोप लगाउँदै नियुक्तिका लागि आदेश दिन माग गरेका छन् । आइतबार…

Read More

काठमाडौं: उपत्यकाका तीन जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात चलाउन दिने तयारी गरिएको छ । तर कति सिटसम्मका सवारी साधन चल्न दिने भन्ने निर्णय हुन बाँकी छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकमा यो विषयमा छलफल भए पनि टुंगो लागेन । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार सोमबार बिहान ९ बजे पुनः बैठक बसेर यो विषयमा टुंगो लगाइनेछ । आइतबारसम्म काठमाडौं उपत्यकाको निषेधाज्ञाको मोडलबारे सीसीएमसी र गृहमन्त्रालयको निर्णय आइनसकेकाले निषेधाज्ञाको विषय सीडीओकै तहबाट टुंग्याइएको स्रोतले बतायो । काठमाडौं जिल्ला संकट व्यवस्थापन केन्द्र ( सीसीएमसी) का एक पदाधिकारीले भने, ‘निषेधाज्ञा थप्ने विषयमा सबै एकमत…

Read More

काठमाडौँ: कोभिड-१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १७ अर्ब ७८ करोड रुपैयाँ (१५ करोड अमेरिकी डलर) बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा नेपाल सरकार र विश्व बैंक हस्ताक्षर भएको छ । सम्झौतामा सरकारका तर्फबाट अर्थसचिव शिशिरकुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरेका छन् । अर्थसचिव ढुंगानाले यस सहयोगले कर र भन्सार प्रणाली, सार्वजनिक लगानी व्यवस्थापन, वातावरणीय नियमन र ऋण व्यवस्थापनमा लगायतका क्षेत्रमा थप सुधार गरी नेपाललाई थप मजबुत बनाउन र हरित पुनर्निर्माणमा टेवा पुर्‍याउने बताए । उनले…

Read More

काठमाडौं: काठमाडौं महानगरपालिकाले विद्युतीय सवारीसाधनलाई प्रवर्द्धन गर्न पार्किङ शुल्क छुट दिने भएको छ। आगामी बर्ष (२०७८/०७९) भरि महानगरपालिकाको पार्किङ स्थलमा विद्युतीय सवारी साधनमा पूरै छुट दिन लागेको हो। महानगरका मेयर विद्यासुन्दर शाक्यले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युत प्राधिकरणसँगको सहकार्यमा चार्जिङ स्टेशन निर्माण गर्ने पनि उल्लेख गरेका छन्। काठमाडौं महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पार्किङ शुल्कमा छुट दिन लागिएको जानकारी दिए। उनका अनुसार महानगरपालिकाले प्रस्ताव गरेको भएपनि नगरसभाले स्वीकृत गर्न बाँकी छ। महानगरपालिकाले न्यूरोड,धर्मपथ,कान्तिपथ,दरबारमार्ग लगायतका भित्री शहरी क्षेत्र र त्रिपुरेश्वर,रत्नपार्क,भोटाहिटी,केशरमहल तथा लैनचौरसम्मको सार्वजनिक बाटो लगायतका तोकिएका स्थानमा सवारी पार्किङ गर्दा शुल्क लिने गरेको छ। दुई पांग्रे…

Read More

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ६ हजार जनाको पीसीआर परीक्षणबाट १ हजार ३५३ र ३ हजार ८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी जम्मा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप ३ हजार ७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधकारी बैठक डाकेका छन् । दिउँसो २ बजेका लागि बोलाइएको बैठकमा क्रियाशील सदस्यता विवादको विषय छलफल हुने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । क्रियाशील सदस्यता लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्म दिएको समयावधि बढाएर १७ गतेसम्म पुर्‍याएको कांग्रेसले त्यसअघि नै विवाद मिलाउन देउवाले अग्रसरता लिएका हुन् । केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले उजुरीबारे अध्ययन गरिरहेका बेला सम्भव भएसम्म विवाद मिलाएर महाधिवेशन केन्द्रित अरू कार्यक्रम अघि बढाउने देउवाको तयारी छ । ८ लाख क्रियाशील सदस्य रहेको कांग्रेसमा १० लाख क्रियाशील सदस्य बनाउन खोज्दा…

Read More

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्ने या नगर्नेबारे भन्नेबारेमा निर्णय गर्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । अपरान्ह बस्ने बैठकले निषेधाज्ञाको स्वरूपबारे निर्णय गर्ने ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । ‘अपरान्हतिर संयुक्त बैठक बस्दैछ । त्यही बैठकले निर्णय गर्छ’, प्रमुख जिल्ला अधिकारी निरौलाको भनाइ छ । स्रोतका अनुसार अहिलेकै मोडालिटीको निषेधाज्ञा थप एक साता थप्ने सम्भावना रहेको छ । गत बैशाख १६ गतेबाट जारी निषेधाज्ञा पटक पटक थप्दै र मोडालिटी परिवर्तन गरिदै आएको छ । पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि भोली असार १४ गते राति १२ बजे सकिँदै छ । पछिल्लो निषेधाज्ञामा समय…

Read More