Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: काठमाडौं उपत्यकामा सवारी साधानमा लगाइएको जोरविजोर प्रणाली हटेको छ। आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरविजोर प्रणाली हटाउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताए। काठमाडौं उपत्यका बाहिरबाट आउने सवारी सधानले प्रवेशका लागि पास लिनु पर्ने छ। त्यसैगरी यसअघि २५ सिट भन्दा माथीका सवारी साधन मात्रै चल्न दिने भएकोमा अब सबै सवारी साधन सञ्चालन गर्न दिने भएको छ। सार्वजनिक यातायातमा कुल सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाउने भएका छन्। मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश गर्न नदिने आदेशमा उल्लेख गरेको छ। सफा टेम्बो तथा निलो माइक्रोले…
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार २५६ जनाको पीसीआर परीक्षणबाट १ हजार ४२ र ४ हजार ८७६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६१ जना गरी जम्मा १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप २ हजार ५५२ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
काठमाडौँ: सञ्चारकर्मी रूपा सुनुवारले मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्चमा मुद्दा हालेकी छिन उनलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन् । उनले पेश गरेको निवेदनमा भनिएको छ, ‘संविधानको मौलिक हकहरुको चरम उल्लंघन गर्दै अभियुक्तलाई हिरासतमुक्त गर्ने तथा फौजदारी न्यायको सिद्धान्त विपरीत सरकारी साक्षीको रुपमा रहेको पीडितको उचित संरक्षण गर्नुको सट्टा झन हतोत्साहित गर्ने उद्देश्यले गोपनीयताको हककाे समेत बर्खिलाप हुने गरी गरेको विपक्षीहरुको कार्यकाविरुद्ध अन्य वैकल्पिक उपचारको बाटो नहुँदा संविधानको धारा १३३(२) र (३) बमोजिमको आदेश जारी गरी पाऊँ ।’ मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा…
काठमाडौँ: प्रधानमन्त्री नियुक्ति र संसद् विघटनसम्बन्धी मुद्दामा आज (आइतबार) सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस सकिएपछि जवाफी बहस सुरु हुने भएको छ। सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन्। उनीहरूका लागि दुई घण्टा समय तोकिएको छ। ‘टि–ब्रेक’ अघि सभामुखका तर्फबाट बहस सकेर आजै निवेदकको जवाफी बहस सुरु हुनेछ। निवेदकले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र सभामुखलाई विपक्षी बनाएका भए पनि संसद् विघटन र प्रधानमन्त्री नियुक्तिमा सभामुखको फरक मत रहेका कारण छुट्टै बहस हुने भएको हो। यसअघि राष्ट्रपति र प्रधानमन्त्रीका तर्फबाट सरकारी र निजी गरी ३२ जना…
काठमाडौँ: काठमाडौं उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा थप्ने तयारी भइरहेको छ। त्यसका लागि छलफल गर्न आज दिउँसो ३ बजे तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्ने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए। ‘आज ३ बजे हामी बैठक बस्दै छौं,’ सीडीओ भट्टराईले आइतबार बिहान भने, ‘साँझ ५ बजेसम्ममा निर्णय सार्वजनिक गर्छाैं।’ उनका अनुसार थप क्षेत्र खुला गर्ने विषयमा विज्ञहरूसँग सरसल्लाह भइरहेको छ। यसअघि घोषित निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेबाट सकिँदै छ। पछिल्लोपटक थपिएको निषेधाज्ञामा २५ वटाभन्दा बढी सिट भएका सार्वजनिक बसलाई जोर बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिइएको छ भने…
काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो एकता महाधिवेशन आगामी कात्तिकमा गर्ने निर्णय गरेको छ। राप्रपा अध्यक्षत्रयसहित केन्द्रीय निर्देशन समितिको शनिबार काठमाडौंमा सम्पन्न बैठकले आगामी कात्तिक २७, २८, २९ र ३० गते महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो। बैठकले महाधिवेशनको तालिका परिमार्जन पनि पारित गरेको विज्ञप्तिमार्फत राप्रपाले जनाएको छ। जसअनुसार वडा, गाउँ, नगर, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला कार्य समितिको निर्वाचन २०७८ भदौ मसान्तसम्म सम्पन्न राप्रपाको निर्णय छ। यस्तै, सक्रिय सदस्यता वितरण पनि सोही समयमा सक्ने उसको निर्णय छ। सक्रिय सदस्यको अन्तिम सूची तयार गरी केन्द्रीय निर्वाचन समितिलाई २०७८ असोज ७ गतेसम्म उपलब्ध गराइने छ। प्रदेशसभा निर्वाचन…
काठमाडौँ: नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सांसदसँग छलफल गरेका छन्। शनिबार छलफलपश्चात सांसदहरूले कुनै पनि हालतमा हस्ताक्षर फिर्ता लिन नहुने निष्कर्ष निकालेको सांसद मेटमणि चौधरीले जानकारी दिए। ‘अध्यक्ष ओलीको अवैधानिक बैठकले गरेको निर्णय पनि अवैधानिक नै छ’, उनले भने, ‘प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पार्टी एकता गर्न चाहिरहेका छैनन्। उनी आफैंले पार्टीलाई फुटको बाटो लैजान खोजिरहेका छन्।’ यस्तै अवस्था आयो भने नयाँ पार्टी निर्माणको बाटोमा समेत अघि बढ्नुपर्ने निष्कर्ष समेत निकालिएको उनले बताए। यद्यपि आफूहरू अझै पार्टी एकताको लागि नै पहल गर्ने पक्षमा रहेको उनको जिकिर छ। एउटा प्रयोजनमा लिएको…
काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब माधव नेपाल समूहका लागि नपर्खिने बताएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले भने, “अब एमाले अगाडि बढ्छ । जसले एमाले सिध्याउन खोज्दै छ । विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनुपर्ने, पर्खिनुपर्ने ?” ओलीले सोमबार सम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरी गरिएको हस्ताक्षर फिर्ता नभए एकता नहुने जिकिर गरे । “सच्चिनका लागि हामीले समय दिएको छौँ । त्यसमा पनि साथीहरू सच्चिएर आउनु भएन भने अब एकता सम्भव छैन । एमाले सिध्याएर आउनेलाई पार्टीमा ठाउँ राखिँदैन । किमार्थ राखिँदैन,” उनले भने । उनले…
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ । शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएसँगै खुलेको थियो । बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ ।
काठमाडौँ: मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा आज पनि वर्षा भइरहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरुमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ । ‘देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङसहित भारी वर्षाको…
