Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
- फूलपातीको तयारी अन्तिम चरणमा, के के हुँदैछ विशेष ? (फोटो फिचर)
- लगातार छैटौँ दिन बढ्यो नेप्से, कारोबार ४.७१ अर्ब नाघ्यो, बेनी हाइड्रोमा सर्किट
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि पहिलो एक सय दिनमा कानुनी तथा नीतिगत सुधार, सार्वजनिक सेवा प्रवाह, डिजिटल रूपान्तरण, वैदेशिक सहायता परिचालन, आर्थिक कूटनीति र सुशासनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको १०० दिने कार्यसम्पादन विवरणअनुसार आर्थिक सुधारलाई संस्थागत गर्ने उद्देश्यका साथ विभिन्न कानुन तथा नीतिमा संशोधन गरिएको, नयाँ कानुनको मस्यौदा तयार गरिएको र आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत बृहत्तर आर्थिक सुधारका कार्यक्रम अघि सारिएको छ। मन्त्रालयका अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली संशोधन, वैकल्पिक विकास वित्त परिचालन ऐनको तर्जुमा, नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयक संसदमा दर्ता तथा…
काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनुभएको छ। उहाँले आयोजनाको सफल कार्यान्वयनले बाँके जिल्लाको कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो। आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी तथा लाभान्वित किसानहरूसँग भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले सरकारले आयोजनाका लागि आवश्यक बजेटको सुनिश्चित गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै निर्माण कार्यलाई तीव्रता दिन सुझाव दिनुभयो। उहाँले राष्ट्रिय गौरवको यस आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक ऐन–कानुन तथा प्रशासनिक प्रक्रियामा देखिएका जटिलता समाधानका लागि आफूले आवश्यक पहल गर्ने बताउनुभयो। बहुवर्षीय ठेक्का तथा सहमतिसम्बन्धी प्रक्रियालाई…
काठमाडौँ: डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढेको यो आयोजना डोल्पाको मात्र नभई समग्र कर्णाली प्रदेशको ऊर्जा तथा आर्थिक विकासका लागि कोशेढुंगा सावित हुने बताउनुभयो। आयोजना निर्धारित समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्दै उहाँले यसको सफल कार्यान्वयनका लागि तीनै तहका सरकार, स्थानीय समुदाय तथा सरोकारवालाबीच निरन्तर सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। त्यस्तै ऊर्जा मन्त्रालयका सचिव…
काठमाडौं: नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्यमन भारी गिरावट आएको छ । आजै मध्यराति देखि लागू हुने गरि नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर २० रूपैयाँ, डिजेल र मट्टीतेलको ३० रूपैयाँ र ग्यासको मूल्य प्रति सिलिन्डर १०० रूपैयाँले घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि इन्डियन आयल कर्पोरेसनले मूल्य घटाएर पठाएपछि नेपालमा पनि भाउ घटेको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको भाउ प्रतिलिटर १९७ रूपैयाँ, डिजेल र मट्टीतेलको १९५ रूपैयाँ तथा ग्यासको मूल्य प्रतिसिलिन्डर २१६० रूपैयाँ पर्नेछ ।यस्तै, अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौंका लागि बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा बिक्री…
काठमाडौँ: तीन महिनापछि ग्लोबल आइएमई बैंकको सेयर कारोबार उच्चले बढेको छ। सोमबार बजारमा सबभन्दा धेरै कारोबार हुने कम्पनीमा यो शीर्ष स्थानमा रह्यो। सोमबार बजारमा कुल दुई अर्ब ६७ करोड रूपैयाँको सेयर कारोबार हुँदा ग्लोबलको मात्रै आठ करोड ८३ लाख रूपैयाँको सेयर कारोबार भयो। यो कुल कारोबार रकमको ३.३० प्रतिशत हो। ग्लोबलको यसअघि गत चैत १८ गते ९ करोड ३३ लाख रूपैयाँको कारोबार भएको थियो। सोमबार त्यसपछिको धेरै रकमको कारोबार हो। सोमबार कारोबार मात्रै होइन ग्लोबलको मूल्य पनि केही बढेको छ। सोमबार २७५ वटा कम्पनीको सेयर कारोबार भएकामा २९ कम्पनीको मात्रै मूल्य बढ्यो। यसमा ग्लोबल पनि पर्न सफल भयो। सोमबार ग्लोबलको…
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासमा मंगलबार सुनुवाइ हुन लागेको हो । पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै गत असार १० गते अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दिएकी थिइन् । उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार १६ गते सुनुवाइ गर्ने आदेश दिएको हो । उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी असार ९ गते विशेष अदालत काठमाडौंमा उपस्थित…
काठमाडौँ : जेनजी आन्दोलनमा सुरक्षाकर्मीलाई दोषी देखाउँदै गरिएको कारबाही सिफारिस आंशिक रूपमा मात्रै कार्यान्वयन हुने भएको छ। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सुरक्षाकर्मीलाई पनि फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरेको छ। तर, उक्त प्रतिवेदन सुरक्षाकर्मीको हकमा अध्ययन गरेर मात्रै कार्यान्वयन गर्ने भन्दै सरकारले प्रेमराज कार्कीको नेतृत्वमा तीन सदस्यीय अध्ययन समिति बनाएको छ। सरकारले वैशाख २ गते गठन गरेको समितिले जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गरेर सरोकारवालाहरूसँग छलफल समेत गरिसकेको छ। अहिले समितिले प्रतिवेदन लेखनको काम थालेको छ। समितिमा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई र सशस्त्र प्रहरीका पूर्वएआईजी सुबोध अधिकारी सदस्य छन्। समितिले प्रतिवेदन लेखनको चरणमा पुग्नुपहिले विभिन्न देशमा…
काठमाडौँ : पेनाल्टी सुट आउटमा नेदरल्यान्ड्सलाई पराजित गर्दै मोरक्को जारी विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। निर्धारित समयमा दुवै टोलीले १- १ गोलको बराबरी खेलेपछि खेलमा ३० मिनेट अतिरिक्त समय थप भएको थियो। तर अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसक्दा निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। मेक्सिकोको मोन्टेरे स्टेडियममा भर्खरै सकिएको खेलमा नेदरल्यान्ड्सलाई ३-४ ले पराजित गर्दै मोरक्को विजयी भएको हो। पेनाल्टीसुटआउटमा मोरक्कोले ३ र नेदरल्यान्ड्सले २ गोल मात्रै गर्न सक्यो। मोरक्कोका गोलकिपर यासिन बोनोले नेदरल्यान्ड्सले प्रहार गरेको एक बल बचाउ गरे। उनी खेलमा नायक बने। दुवै टोलीका दुई-दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेनन्। मोरक्कोका लागि…
काठमाडौँ: आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुनेभएकाले सवैमा सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार मनसुनी गतिविधि थप सक्रिय हुने भएकाले यो समयमा त्यस्तो ठाउँमा नजान वा जानैपरे ख्याल गरेर आवतजावत गर्न भनिएको छ । बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले वर्षा तीव्र हुने अनुमान गरिएको हो । मौसम विभागले जोखिमयूक्त ठाँउपहिले नै पहिचान गरी आफू सुरक्षित रहन पनि आग्रह गरेको छ ।
काठमाडौं: मंगलबार सुनको मूल्यामा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४५ सय रुपैयाँले घटेर २ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर ४ हजार २८५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।