Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026

    नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

    November 24, 2026

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत
    • नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल
    • सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि
    • सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने
    • प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’
    • सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!
    • १८४ अर्बको ऋण तत्काल नलिने सरकारको निर्णय, ‘ब्याज र भुक्तानी अवधि नै टुंगिएको छैन’
    • मोदीको निम्तोमा प्रधानमन्त्री बालेन्द्र शाह आज दिल्ली जाँदै, पहिलो विदेश भ्रमणमै के हुँदैछ ठूलो सम्झौता?
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 25
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » हेमबहादुर मल्ल सम्मान डा. माकजू श्रेष्ठ र रामेश्वरप्रसाद खनाललाई

    हेमबहादुर मल्ल सम्मान डा. माकजू श्रेष्ठ र रामेश्वरप्रसाद खनाललाई

    पहिलोक्लिकपहिलोक्लिकAugust 22, 2026No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं: नेपाल जन-प्रशासन सघले सार्वजनिक प्रशासन, सार्वजनिक सेवा, व्यवस्थापन तथा संस्थागत विकासका क्षेत्रमा उल्लेखनीय योगटान पुन्याउँदै आउनुभएका दुई विशिष्ट व्यक्तित्वलाई ‘हेमबहादुर मल्ल सम्मान अर्पण गर्ने निर्णय गरेको छ।

    नेपालकै उत्कृष्ट नमुना अस्पतालका रूपमा स्थापित धुलिखेल अस्पतालको स्थापना तथा सञ्चालनलगायत गुणस्तरीय सार्वजनिक सेवाको श्रीवृद्धिना पुऱ्याउनुभएको विशिष्ट योगदानको कटरस्वरूप डा. रामकण्ठ माकजु श्रेष्ठलाई हेमबहादुर मल्ल सम्मान २०८१ अर्पण गर्ने निर्णय गरिएको छ।

    डा माकजू श्रेष्ठको नेतृत्वमा स्वास्थ्य सेवा तथा संस्थागत विकासका क्षेत्रमा अघि बढाइएको कार्यले स्वास्थ्य सेवाको प्रभावकारिता, गुणस्तर र नागरिकप्रतिको उत्तरदायित्वलाई सुदृढ गर्न महत्वपूर्ण योगदान पुऱ्याएको सघको ठहर छ। उहाँको योगदान व्यक्तिगत उपलब्धिमा मात्र सीमित नरही सस्थागत विकास, गुणस्तरीय सेवा प्रवाह र सार्वजनिक हितप्रतिको प्रतिबद्धताको उदाहरणका रूपमा रहेका संघले विश्वास गरेको छ।

    सघले वि.सं. २०८२ को हेमबहादुर मल्ल सम्मान श्री रामेश्वरप्रसाद खनाल लाई अर्पण गर्ने भएको छ। सार्वजनिक प्रशासन तथा सार्वजनिक सेवाको श्रीवृद्धिमा उहाँले पुऱ्याउनुभएको विशिष्ट योगदानको कदरस्वरूप उहाँलाई यो सम्मान प्रदान गर्ने निर्णय गरिएको हो। सार्वजनिक जिम्मेवारीमा रहेटा नीति, प्रशासन तथा सार्वजनिक सेवाका क्षेत्रमा उहाँले निर्वाह गर्नुभएको भूमिका र योगदानलाई सम्मान छनोटका क्रममा महत्वपूर्ण आधारका रूपमा लिइएको छ।

    उपरोक्त दुवै सम्मानका लागि उत्कृष्ट व्यक्तित्य छनोट गरी सिफारिस गर्न नेपाल सरकारका पूर्व सचिव तथा नेपाल जन-प्रशासन सघका पूर्व अध्यक्ष कृष्ण ज्ञवालीका संयोजकत्यमा एक सम्मान छनोट समिति गठन गरिएको थियो। उक्त समितिको सिफारिसका आधारमा नेपाल जन-प्रशासन संघले उपरोक्त सम्मान अर्पण गर्ने निर्णय गरेको हो।

    छनोट प्रक्रियामा सम्बनश्चित महानुभावहरूले सार्वनिक सेवा सरोकारको विषयना दिनु भएको यागदान, सार्वजनिक जीवनमा पुत्याएका प्रभाव सस्थागत नतृत्व र विकासमा निर्वाह गरेको भूमिका तथा सार्वजनिक समाप्रतिको प्रतिवद्धतालाई महत्वपूर्ण आधारका रापमा लिंदै आएको छ।

    उपरोक्त दुवै सम्मानका लागि उत्कृष्ट व्यक्तित्व छनोट गरी सिफारिस गर्न नेपाल सरकारका पूर्व सचिव तथा नेपाल जन-प्रशासन संघका पूर्व अध्यक्ष श्री कृष्ण ज्ञवालीको संयोजकत्वमा एक सम्मान छनोट समिति गठन गरिएको थियो । उक्त समितिको सिफारिसका आधारमा नेपाल जन-प्रशासन संघले उपरोक्त सम्मान अर्पण गर्ने निर्णय गरेको हो। छनोट प्रक्रियामा सम्बनधित महानुभावहरूले सार्वनिक सेवा सरोकारको विषयमा दिनु भएको योगदान, सार्वजनिक जीवनमा पुऱ्याएको प्रभाव, संस्थागत नेतृत्व र विकासमा निर्वाह गरेको भूमिका तथा सार्वजनिक सेवाप्रतिको प्रतिवद्धतालाई महत्वपूर्ण आधारका रूपमा लिंदै आएको छ ।

    नेपाल जन-प्रशासन संघले हेमबहादुर मल्ल सम्मान वि. स. २०६० देखि सार्वजनिक प्रशासन, व्यवस्थापन, सार्वजनिक वितरण, सार्वजनिक सेवा तथा जनसरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउने, व्यक्तित्वलाई अर्पण गर्दै आएको छ ।

    ख्यातिप्राप्त प्रशासक एवं कुशल व्यवस्थापक स्वर्गीय हेमबहादुर मल्लले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नेतृत्व तहमा रही सार्वजनिक वितरण, सेवा तथा व्यवस्थापनका क्षेत्रमा महत्वपूर्ण र प्रेरणादायी योगदान पुऱ्याउनुभएको योगदानको स्मरण तथा सम्मानस्वरूप साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको साझेदारीमा नेपाल जन-प्रशासन संघले हेमबहादुर मल्ल सम्मान स्थापना गरेको हो।

    सम्मानपत्रसहित नगद रु. २,००,०००।- (दुई लाख) पुरस्कारको व्यवस्था रहेको यस सम्मानले सार्वजनिक जीवनमा दीर्घकालीन, अनुकरणीय र सस्थागत योगदानलाई राष्ट्रियस्तरमा कटर गर्ने उद्देश्य राख्दछ। सार्वजनिक सेवामा व्यावसायिकता, उत्तरदायित्व र संस्थागत मूल्यलाई आत्मसात् गर्दै पुऱ्याइएको योगदानको सम्मान गर्नु नै हेमबहादुर मल्ल सम्मानको मूल भावना रहेको छ।

    उपरोक्त सम्मान एक समारोह बीच सोमबार अर्पण गरिने छ। सम्मान अर्पण समारोहमा दुवै सम्मानित व्यक्तित्वका योगदानलाई औपचारिक रूपमा सम्मान गर्दै उहाँहरूको अनुभव, दृष्टिकोण तथा सार्वजनिक सेवाप्रतिको प्रतिवद्धतालाई सार्वजनिक संवादको माध्यमबाट प्रस्तुत गरिनेछ।

    यस सम्मानबाट यसअघि सार्वजनिक प्रशासन, व्यवस्थापन, स्वास्थ्य, शिक्षा, न्याय, कूटनीति, सामाजिक सेवा तथा विभिन्न सार्वजनिक सरोकारका क्षेत्रमा उल्लेखनीय योगदान पुऱ्याउनुभएका २१ जना विशिष्ट व्यक्तित्वहरू सम्मानित भइसक्नुभएको 18

    संघले यस सम्मानलाई केवल व्यक्तिको योगदानको सम्मानका रूपमा मात्र नभई सार्वजनिक सेवामा निष्ठा, व्यावसायिकता, उत्तरदायित्व, सस्थागत नेतृत्व र राष्ट्रहितप्रतिको प्रतिबद्धतालाई प्रोत्साहन गर्ने एउटा महत्वपूर्ण सस्थागत अभ्यासका रूपमा लिएको छ।

    नेपाल जन-प्रशासन सघले सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक तथा व्यवस्थापकबीचको पेशागत सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन तथा मूल्याङ्‌कनमा व्यावसायिक पृष्ठपोषण गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। संघले छलफल, गोष्ठी, प्रशिक्षण, अनुसन्धान, प्रकाशन तथा राष्ट्रिय सम्मानका कार्यक्रममार्फत सार्वजनिक प्रशासनको व्यावसायिक विकास र सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धिमा योगदान पुऱ्याउँदै आएको छ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    नेपाल–भारत पारवहन तथा यातायात सहमतिको फ्रेट फरवार्डर्स एसोसिएसनद्वारा स्वागत

    November 25, 2026

    नेपाल–भारत व्यापारमा नयाँ साझेदारी आवश्यक: चेम्बर अध्यक्ष अग्रवाल

    November 24, 2026

    सेयर बजारमा हरियाली फर्कियो, नेप्से १५ अंकले बढ्दा कारोबार ५ अर्ब ५५ करोडमाथि

    November 24, 2026

    सडकमा गुडिरहेका सवारीमध्ये ३० प्रतिशतभन्दा बढी प्रदूषण फैलाउने

    November 24, 2026

    प्रधानमन्त्रीको भारत भ्रमणमाथि गगनको प्रश्न, ‘दीर्घकालीन महत्त्वका काम देखिएनन्’

    November 24, 2026

    सुनकोसी–मरिण ठेक्का रद्द भए मधेसमा आगो बल्ने मनिष झाको चेतावनी!

    November 24, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.