Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ संक्रमितहरुको उपचारमा खटेका चिकित्सक र स्वास्थ्यकर्मीहरुमाथि दुर्व्यवहार नगर्न आग्रह गरेको छ । काठमाडौँ, चितवनलगायत देशका विभिन्न जिल्लाहरुमा कोभिड–१९ संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि छिमेकी तथा टोलबासीहरुबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटनाहरुप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ । आयोगले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भएको बन्दाबन्दी तथा काठमाडौँ उपत्यकालगायत विभिन्न जिल्लाहरुमा लागू गरिएको निषेधाज्ञाको अवस्थामा आयोगबाट अनुगमन भइरहेको जनाएको छ । सो क्रममा उपचारमा अहोरात्र खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुबाट संक्रमण फैलाउन सक्ने भन्दै उनीहरु बसेको घरमा स्थानीय तथा छरछिमेकीले घेराहाली धम्की तथा दुर्व्यवहार गरेको पाइएको पनि आयोगले जनाएको छ । आयोगका सचिव तथा…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले निर्माण गरेको कार्यदलले तयार गरेको सुझाव प्रतिवेदनअनुसार दशैँअघि नै नयाँ नेतृत्व पाउने भएको छ। महासंघले गठन गरेको छ सदस्य सम्मिलित टोलीले निर्वाचन मोडालिटी र साधारणसभाको प्रक्रियाको सुझाव पेश गरेको हो। विज्ञहरुको रायअनुसार तयार पारिएको प्रतिवेदनले दशैँअघि नै महासंघले नेतृत्व पाउने गरी अघि बढ्न सुझाव दिएको छ। कार्यदलले प्रतिवेदन तयार गरेर त्यसको प्रतिलिपि महासंघको सचिवलाई दिइसकेको छ। आधिकारिक रुपमा हालको कार्यसमितिलाई बुझाउन भने बाँकी छ। उक्त प्रतिवेदनले महासंघको चैतमा रोकिएको साधारणसभा र निर्वाचन गर्नको लागि छुट्टाछुट्टै मोडालिटी तयार गरेको छ। साधारणसभा वेबिनार मोडलबाट गर्नुपर्ने भनिएको छ। त्यसको लागि धेरै सदस्यहरुको माग पनि रहेको प्रतिवेदनमा उल्लेख…

Read More

सल्यान: सल्यानको वागचौर नगरपालिका­१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित भएका छन् । ओखरेनी गाउँमा पहिराको उच्च जोखिममा परेपछि स्थानीयवासी विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् । ओखरेनी गाउँमा तीन घर पहिराले बगाएको र गाउँभरिमा सयौं स्थानमा पहिरो गएकाले स्थानीयवासी घर छाडेर विद्यालयमा बसेका हुन् । यही भदौ ३ गते आएको वर्षाले पूरै गाउँमा पहिरो गएको छ । अहिले पनि घरभित्रबाटै पानीको मूल फुटेको, घर भासिएको तथा घर वरिपरि पहिरो गएर पुरिने अवस्था भएकाले गाउँले विद्यालयमा बसेको स्थानीयवासी वीरसिंह डाँगीले जानकारी दिए । ‘यस ठाउँमा सय वर्ष पहिले यस्तै खालको पहिरो गएको हो…

Read More

काठमाडौं: भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । बुटवल निवासी ५४ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । संक्रमित पुरुष मिर्गौला रोगबाट पीडित थिए । उनले डाइलासिस गराउँदै आएका थिए । पाण्डेका अनुसार उनको अन्तिम संस्कार पनि गरिएको छ ।

Read More

काठमाडौँ: दुबई एयरपोर्टमा अलपत्र परेका नेपालीलाई आइतबार स्वदेश फर्काइएको छ । गत मङ्गलबार नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल फर्कन नपाएर बिचल्ली परेका यात्रुहरुलाई नेपाल एयरलाइन्सकै वाइड बडी (ए-३३०) को उडानबाट आज स्वदेश फर्काइएको हो। जहाजमा २ सय ६४ जना यात्रु रहेका छन् भने २ जनाको शव पनि पठाइएको छ। आजको उडान पनि तोकिएको समय भन्दा झण्डै डेढ घण्टा ढिला भएको थियो। सरकारको निर्णय भन्दै बिना यात्रु जहाज रित्तै फर्किएपछि नेपाल फर्किन भनेर दुबई विमानस्थल पुगेका नेपाली दर्जनौं यात्रुहरु एयरपोर्टमा नै अलपत्र परेका थिए। कोरोनाको पीसीआर परीक्षणको प्रमाण सहित नेपाल उड्ने तयारी गरिसकेका यात्रुलाई जहाजले नबोकी उडेपछि गत मङ्गलबार दुबई…

Read More

काठमाडौँ: उपत्यकाका ३ जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको आकस्मिक बैठकले बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसलहरु खोल्न दिने निर्णय गरेको छ । आइतबार बसेको बैठकमा किराना पसल, दुध डेरी, तरकारी पसल र मासु पसल खोल्न पाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले जानकारी दिए । सिडिओ दाहालले भने, ‘औषधी पसलको हकमा भने कुनै रोकतोक छैन ।’ बिहान ७ बजे नै प्रहरीले पसल बन्द गरेको भन्ने गुनासो आएपछि उपत्यकाको तीन सिडिओको आकस्मिक बैठक बसेको थियो । उपत्यकामा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएपछि बुधबारमध्यरातदेखि एक सातासम्म निषेधाज्ञा जारी गरिएको छ ।…

Read More

रौतहट : बागमती नदीमा नुहाउन जाँदा बेपत्ता भएका ३ बालिकामध्ये एक जनाको शव फेला परेको छ । आज बिहान १० बजे रौतहटको धरमपुरघाट गढिमाई नपा–७ स्थित बागमती नदीमा नुहाउन जाँदा बेपत्ता ३ मध्ये धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया छोरी पिंकु कुमारी मुखियाको शव फेला परेको हो । डुबेको स्थानबाट करिब २५ मिटर दक्षिणमा पिंकुको शवलाई प्रहरीले फेला पारेको सई क्षेत्रबहादुर बरुवालले बताए । उनीसँगै बेपत्ता स्थानीय लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिताकुमारी दास र सोही ठाउँ बस्ने छट्टु मुखियाकी १० वर्षीया छोरी चन्चलकुमारी मुखियाको खोजी भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए । घटनास्थलमा ईलाका प्रहरी कार्यालय…

Read More

काठमाडौँ: आइतबार देशभर कोरोनाका ८ सय १८ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ। त्यस्तै विगत २४ घण्टामा २ सय ८१ जना कोरोनाबाट निको भइ घर फर्किएको उनले जानकारी दिए। यीसहित हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट निको भएका छन्। विगत २४ घण्टामा ८ हजार २६ जनाकाे पिसिआर परीक्षण भएकाे छ। त्यस्तै विगत २४ घण्टामा थप ३ जनामा मृतकमा कोरोना पुष्टि भएको छ। हालसम्म १ सय ४९ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ।

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा आज थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना गरी जम्मा १६६ जना संक्रमित थपिएका छन् । शनिबार काठमाडौँ उपत्यकामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना थिए । मन्त्रालयका अनुसार आजसम्म मुलुकभर सक्रिय संक्रमित १३ हजार १५५ रहेको छ ।

Read More

रुपन्देही : रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत रुपन्देही समरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल उपमहानगरपलिका–१ की ६७ वर्षीया महिलाको आज मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका फोकल पसर्न डा सुर्दशन थापाले ती दुवै जना कोरोना संक्रमित रहेको र उनीहरुको भेन्टीलेटरमा राखेर उपचार गर्दागर्दे मृत्यु भएको बताए । बुटवल १ निवासी ६७ वर्षीया महिलामा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी थिइन्। यस्तै समरीमाई गाउँपालिका–२ का ३८ वर्षीय पुरुष यही भदौ १ गते संक्रमण पुष्टि भएर अस्पतालमा…

Read More