रुपन्देही : रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत रुपन्देही समरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल उपमहानगरपलिका–१ की ६७ वर्षीया महिलाको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालका फोकल पसर्न डा सुर्दशन थापाले ती दुवै जना कोरोना संक्रमित रहेको र उनीहरुको भेन्टीलेटरमा राखेर उपचार गर्दागर्दे मृत्यु भएको बताए ।
बुटवल १ निवासी ६७ वर्षीया महिलामा भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी थिइन्। यस्तै समरीमाई गाउँपालिका–२ का ३८ वर्षीय पुरुष यही भदौ १ गते संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका थिए।
मृतक महिलामा मृर्गौला र उच्चरक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ। उनमा आइतबार बिहानदेखि स्वास्थ्यमा गम्भीर समस्या आएको र थप उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
यसअघि कोराना बिशेष अस्पतालमा कपिलबस्तुका दुई जना र प्युठानका एक जनाको मृत्यु भएको थियो । आजको मृत्युसगै उक्त अस्पतालमा कोरोना संक्रमणबाट ५ जनाको ज्यान गएको डा। थापाले बताए ।
मृतक दुबै जनाको शव व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी गरेको अस्पतालले जनाएको छ ।