Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
वीरगञ्ज: पर्साको वीरगञ्जमा चिकित्सक, सेना, सञ्चारकर्मी, थुनुवासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप ३४ जनामा सोमबार अबेर राति संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ । संक्रमित हुनेमा १४ देखि ५६ वर्ष उमेर समूहका छन् । त्यसमा दुई बालक र चार महिला छन् । सुर्खेत घर भई नेशनल मेडिकल कलेजमा काम गर्ने २८ वर्षीया महिला डाक्टर र वीरगञ्ज ११ घर भइ नारायणी बयोधा अस्पताल प्रालि गण्डकमा कार्यरत ३४ वर्षीय पुरुष डाक्टरमा पनि संक्रमण देखिएको छ। नारायणी अस्पतालको फार्मेसीमा कार्यरत दुई पुरुष, नारायणीकै पारामेडिक्सको कन्ट्याक्ट ट्रेसिङमा परेका अरू दुई स्वास्थ्यकर्मी पनि संक्रमित भएका…
फ्लोरिडा: अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) पुगेका दुई जना अन्तरिक्षयात्री डगलस हर्ली र रोबर्ट बेन्केन पृथ्वीमा फर्किएका छन् । स्पेस एक्स ड्रयागन क्याप्सुल नाम गरेको अन्तरिक्ष यानबाट फर्केका दुई अन्तरिक्षयात्रीहरू अमेरिकी राज्य फ्लोरिडाको पेन्साकोलाको तटस्थित गल्फ अफ मेक्सिकोमा सकुशल अवतरण गरेका हुन् । अवतरण गरेलगत्तै उनीहरूलाई लिन पानीजहाज पुगेको थियो । अन्तरिक्षयात्री डगलस हर्ली र रोबर्ट बेन्केन ‘स्पेस एक्स र नासाको टोलीका तर्फबाट पृथ्वीमा पुनः स्वागत छ । स्पेस एक्स उडाउनु भएकामा धन्यवाद,’ स्पेस एक्स मिसन कन्ट्रोलले अवतरणलगत्तै भनेको थियो । यो साढे चार दशकपछि पानीमा अवतरण गरेको मानवसहितको पहिलो अमेरिकी यान हो । ४५ वर्षअघि अपोलो कमान्ड मोड्युल अवतरण गराइएको थियो । दुई महिनाअघि उक्त…
काठमाडौँ: राहदानी विभागले ई–पासपोर्ट छाप्न आह्वान गरेको ठेक्कामा चार विदेशी कम्पनीले प्रस्ताव पेस गरेका छन् । विभागले चारै कम्पनीको प्रस्ताव शुक्रबार खोलेको हो । विभागले तीन वर्षमा २० लाख ई–पासपोर्ट छाप्ने गरी ठेक्का सूचना निकालेको थियो । चारै कम्पनीको आर्थिक प्रस्ताव खोले पनि आर्थिक, प्राविधिक र अनुभव पक्षको मूल्यांकनका लागि करिब दुर्ई साता लाग्ने विभागले जनाएको छ । पासपोर्ट छाप्न फ्रान्सेली कम्पनी आइडेमिया, अमेरिकी कम्पनी एचआईडी ग्लोबल, चिनियाँ कम्पनी आइसिनो र जर्मनी कम्पनी मुलबर आईडी सर्भिसेजले प्रस्ताव हालेका छन् । विभाग स्रोतका अनुसार आर्थिक प्रस्तावमा सबैभन्दा कम मूल्यको प्रस्ताव जर्मनी कम्पनी आइडेमियाको छ । आइडेमियाले २ करोड ६५ लाख ९० हजार अमेरिकी डलरमा…
रुपन्देही: रूपन्देहीको देवदहस्थित क्वारेन्टिनमा गार्ड बसेका एक युवकले आफ्नै जिउमा आगो लगाएका छन्। देवदह नगरपालिका वडा नम्बर ७, शीतलनगरस्थित नेपाल मगर संघको नगर भवनस्थित क्वारेन्टिनमा गार्ड बसेका २४ वर्षीय विपिन बस्यालले आफ्नो शरीरमा आफैंले मट्टितेल खन्याएर आगो लगाएका हुन्। वडाध्यक्ष पदमबहादुर थापाका अनुसार मंगलबार बिहान साढे ३ बजे आसपास घटना भएको हो। ‘मलाई बिहान ३ बजेर २७ मिनेट जाँदा फोन आएको थियो, क्वारेन्टिनबाहिर आगो लगाएर एकजना मान्छे मरिसक्यो भन्ने खबर आयो,’ उनले भने, ‘त्यही भएर मैले पहिले प्रहरी, नगरप्रमुखलाई खबर गरें, तर मानिस मरिसकेको होइन रहेछ, अवस्था अत्यन्त नाजुक भइसकेको पाइयो, शरीर धेरै जलेको छ।’ …
एजेन्सी: बिहार प्रहरीले अभिनेत्री रिया चक्रवर्ती फरार भएको दाबी गरेको छ । तर रियाका वकिल सतिश मानशिन्देले सोमबार बिहार प्रहरीको दाबी अस्विकार गरेका छन् । सतिशले अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको मामिलामा रियाले अहिलेसम्म प्रहरीको तर्फबाट कुनै नोटिस नपाएको खुलासा गरेका छन् । बिहार प्रहरीले गत हप्ता राजपूतलाई कथित रुपमा आत्महत्याका लागि प्रेरित गरेको भन्दै रियाविरुद्ध एफआईआर दर्ता गरेको थियो । राजपूतका पिता केके सिंहले चक्रवर्ती र उनको परिवारका अन्य सदस्यविरुद्ध प्राथमिकी दर्ता गरेका थिए । बिहार पुलिसले आफूले चक्रवर्तीबारे पत्ता लगाउन नसकेको बताएको छ । उनका वकिल सतिश मानशिंदेले एक बयान जारी गर्दै भने, ‘बिहार प्रहरीले रिया चक्रवर्ती…
काठमाडौँ: लकडाउन खुलेसँगै काठमाडौंँसहित देशभर कोरोना संक्रमण बढेपछि सर्वसाधारणमा त्रास थपिएको छ भने सरकार यसको नियन्त्रण कसरी गर्ने भन्ने उपायको खोजीमा जुटेको छ । पछिल्लो समय कोरोना सक्रमण दर बढेपछि देशका प्रमुख शहरहरुमा निषेधाज्ञा, कर्फ्यु लगायतका उपाय लगाएपनि कोरोना संक्रमणको मिटर बढ्दो छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे कोरोना नियन्त्रणका लागि विज्ञहरुसँग सामूहिक परामर्श गर्दै छन् । भयावह स्थिति आउनसक्ने चिन्ता बढेपछि सरकारले नियन्त्रणका लागि अपनाउनुपर्ने उपायबारे छलफल गर्दै रणनीति तय गर्न प्रधानमन्त्री ओलीले मंगलबार छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । सल्लाहकार थापाले कुन–कुन क्षेत्रका विज्ञहरुसँग छलफल…
काठमाडौँ: पहाडी भू-भागबाहेक आंशिक बदली बाहेक अहिले देशभरको मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले वर्षाको सम्भावना कम छ । दिउँसो सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा अन्य प्रदेशका एकाध स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना छ । राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश नम्बर ५ र गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशको केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थेरै स्थानहरूमा भने भारी वर्षा सम्भावना रहेको…
काठमाडौँ: आर्थिक वर्ष ०७६/७७ मा देशभरका कूल ९० प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सार्थक प्रयास तथा नेपाल विद्युत् प्राधिकरणको मिहिनेतका कारण ग्रामीण क्षेत्रमा समेत विद्युत् पुगेको हो । सो आवमा कूल १४९ मेगावाट जलविद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ । योसँगै नेपालको कूल जलविद्युत् जडित क्षमता एक हजार ३९९ मेगावाट पुगेको छ । सरकारले कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीसहित केही ठूला आयोजनाको निर्माण गत आवमै सक्ने लक्ष्य राखिएको भए पनि कोरोना महामारीका कारण सम्भव हुन सकेन । गत आवमा प्रतिव्यक्ति विद्युत् खपत बढेर २६० किलोवाट घण्टा पुगेको छ । यस्तै सो वर्ष…
काठमाडौँ: आज ‘गाईजात्रा’ काठमाडौँ उपत्यकाका नेवार समुदायले विशेषरूपमा मनाउँदैछन् । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आजबाट प्रारम्भ हुने गर्दछ । यसअवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदासमेत दिएको छ । आजका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्ष दिनभित्र मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ…
सप्तरी: सामुदायिकस्तरमा कोरोनाको सङ्क्रमण तीव्ररुपमा बढिरहेको भन्दै सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । आज बिहान ५ बजेदेखि लागू भएको निषेधाज्ञा साउन २६ गतेसम्म जारी रहनेछ । जिल्ला सुरक्षा समितिको सोमबारको बैठकले निर्णय गरेपछि बिहानदेखि सप्तरीमा निषेधाज्ञा लागू भएको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सप्तरी जिल्लाभरिमा हालसम्म ५३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि बिहान ५ बजेदेखि निषेधाज्ञा जारी गरिएको जानकारी दिए । निषेधित क्षेत्रमा अत्यावश्यक कामबाहेकका सम्पूर्ण आवतजावत, सवारीसाधन, पसल बन्द रहनेछन् । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका क्षेत्रभित्र…
