Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं:महानगरीय ट्राफिक प्रहरी महाशाखाले यात्रुसँग बढी भाडा लिने १७ वटा सार्वजनिक सवारीसाधनलाई कारबाही गरेको छ। शुक्रबार महाशाखाका ट्राफिक प्रहरी आफैं यात्रु बनेर कारबाहीको अभियान थालेको हो। सार्वजनिक यातायातहरू चलेको केही दिन बितेसँगै यात्रुसँग बढी भाडा असुल्न सक्ने भन्दै अभियान थालेको हो। महाशाखाले तोकिएको संख्या भन्दा बढी यात्रु राख्ने सवारीसाधनलाई पनि कारबाही गरेको छ। ३३ वटा सार्वजनिक सवारी साधनलाई कारबाही गरेको महाशाखाले जनाएको छ। साथै स्वास्थ्य मापदण्ड विपरित चलाइएका १ हजार एक सय ५२ वटा सवारी साधनलाई सम्झाइबुझाई छाडेको हो। ‘कोरोना संक्रमण रोकथामको लागि सामाजिक दूरी कायम गराउन तथा चालक र यात्रुले अनिवार्य मास्क, सेनिटाइजर लगाएको, नलगाएको र ५० प्रतिशत…

Read More

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारले परीक्षणको दायरा घटाएर कोभिड- १९ संक्रमणको जोखिम कम भएको भ्रामक प्रचार गरेको बताएको छ । नेपाली काँग्रेसका सहमहामन्त्री एवं कांग्रेसद्वारा गठित कोभिड- १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले सरकारले कोरोना भाइरसको परीक्षणको दायरा घटाएर संक्रमण घटेको भन्दै भ्रामक प्रचार गरेको बताए । कोभिड- १९ संक्रमण नियन्त्रणमा सरकारले गरेको काम सम्बन्धमा कांग्रेसको धारणा सार्वजनिक गर्न शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा संयोजक महतले सरकारले लकडाउन अन्त्य गर्न हठात निर्णय गरी भ्रामक प्रचार गरेको बताए । सरकारले लकडाउन खोलेपछि स्वास्थ्य सुरक्षाको प्रोटोकल र त्यसको कार्यान्वयन गर्ने तयारीको बारेमा कुनै काम गर्न नसकेको आरोप…

Read More

बाग्लुङ: पहिरोले बाटो अवरुद्ध हुँदा बागलुङ बजारमा दूधको अभाव भएको छ । सदरमुकामबाट पश्चिम र दक्षिण जोड्ने सडकमा पहिरो झरेर अवरुद्ध भएपछि ढुवानी हुन नसक्दा बागलुङ बजारमा दूधको अभाव भएको हो । तीन दिनयता सडक अवरुद्ध हुँदा दूधको ढुवानी रोकिएको र बजारमा दूधको अभाव भएको बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ । मध्यपहाडी लोकमार्गको बागलुङ अक्षेते खण्डमा ठाउँठाउँमा झरेको पहिराका कारण काठेखोला गाउँपालिकाबाट बागलुङ बजारमा बिक्री वितरणका लागि आउने दूध रोकिएको छ । सडकको अन्य विकल्प नभएका कारण काठेखोलाको बिहुँ, भीमापोखरालगायतका ठाउँका किसानले उत्पादन गरेको दूध रोकिएको सङ्घका अध्यक्ष दीपक गौतमले बताए । उनका अनुसार बागलुङका दुग्ध उत्पादक सहकारीले…

Read More

काठमाडौं: त्रिभुवन विश्वविद्यालयले भदौबाट व्यवस्थापन संकायको परीक्षा सञ्चालन गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले गरेको लकडाउनका कारण विभिन्न संकायका परीक्षा स्थगित गरिएका थिए । व्यवस्थापन संकायको डीन कार्यालयले शुक्रवार एक सूचना जारी गर्दै स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो हप्तादेखि हुने जानकारी गराएको हो । यस्तै स्नातक प्रथम, दोस्रो तथा सातौं तहका सत्रान्त परीक्षाहरु भदौको तेस्रो हप्तादेखि सञ्चालन गरिने जनाइएको छ । त्रिविले परीक्षा तालिका वेबसाइटमार्फत पछि सार्वजनिक गर्ने जनाएको छ ।

Read More

काठमाडौं:  पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ९८७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । कहाँ कति थपिए सक्रमित? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै पर्सामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै झापाका २५, काठमाडौंका १०, दैलेख र कैलालीका ८८ जना, सप्तरीका ७, सुनसरी र कास्कीका ५५ जना तथा दाङ, नवलपुर र रुपन्देहीका ४४ जनामा संक्रमण पुष्टि भएको छ । लमजुङका ३, मोरङ, सर्लाही, चितवन, बाँके, बर्दिया, कैलालीका २२ जना तथा धनकुटा, बारा, धनुषा, उदयपुर, बाग्लुङ, तनहुँ र जोजरकोटका एकएक जनामा…

Read More

काठमाडौँ: शुक्रबार सुनको मूल्य प्रतितोला ९५ हजार ८ सयमा पुगेर हालसम्मकै उच्च रेकर्ड राखेको छ। बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिन १३ सयले बढेर ऐतिहासिक रेकर्ड राखेको हो। आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँमा कायम छ। अघिल्लो दिन चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Read More

काठमाडौँ:  त्रिभुवन राजपथ अन्तर्गत पालुङ–नौबिसे सडक खण्ड अवरुद्ध भएको छ। सो सडकखण्डको सातघुम्तीमा माथिबाट पहिरो खस्दा विहानदेखि राजपथ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले जानकारी दिएका छन्। सडक अवरुद्ध भएपछि सयौँ सवारी साधनबीचमै रोकिएका छन्। पृथ्वी राजमार्गको नौबिसे–मुग्लिनखण्ड र काठमाडौँ–हेटौँडा जोड्ने छोटो दूरीको भीमफेदी–फाखेलखण्डको सडक अवरुद्ध भएपछि सवारी साधन त्रिभुवन राजपथ भएर सञ्चालनमा रहेका थिए। अहिले सातघुम्तीको पहिरो हटाउने काम भइरहेको र दिउँसोसम्ममा सडक पुनः सञ्चालन हुनसक्ने प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : ‘कहाँसम्म जाने बहिनी, म मोटरसाइकलमा पुर्‍याइदिन्छु नि’ बिहीबार राति पौने ८ बजे रौतहट लक्ष्मीपुर घर भई डल्लुमा बस्दै आएका मोहम्मद आलमले दही र चिउरा किन्न निस्किएकी चिनेजानेकै एक युवतीलाई आग्रह गरे । ओखलढुंगाकी ती युवती र आलमबीच पुरानै चिनजान थियो । एसिड प्रहार गर्ने भारतीय नागरिक मुन्ना महमद (बायाँ) र मुख्य योजनाकार रौतहटका मोहम्मद आलम । ‘भैगो दाइ, म हिँडेरै जान्छु,’ युवतीले भनिन् । तर आलमले जिद्धि गरे । ‘किन हिँड्नुहुन्छ, म पुर्‍याइदिहाल्छु नि, बस्नुस न,’ आलमले यति भनेपछि युवती मोटरसाइकलको पछाडि बसिन् । केही मिनेटमै आलमले युवतीलाई बाफल चोकमा छोडिदिए । आलमको डल्लुमा कवाडी…

Read More

काठमाडौँ: इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्ट्सले अप्रत्याशित हार ब्योहोरेको छ । उपाधि नजिक रहेको युभेन्ट्स बिहीबार राति उडिनेजेसँग २-१ गोल अन्तरले पराजित भएको हो । उडिनेजेको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स पराजित भएको हो । खेलको ४२औं मिनेटमा म्याथिस डी लिग्टले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ५२औं मिनेटमा ल्लिजा नेस्टोरभोस्कीले गोल गर्दै उडिनेजेलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा सेको फोफानाले गोल गर्दै उडिनेजेलाई २-१ को जीत दिलाए । उडिनेजेसँग पराजित भएसँगै युभेन्ट्सले उपाधि जित्न अर्को खेल कुर्नुपर्ने भएको छ । उपाधिका लागि ३…

Read More

काठमाडौँ: मनसुनी वायुुको प्रभाव कायमै रहेकोले मौसममा सुधार आउन अझै केही दिन लाग्ने भएको छ । शुक्रबारबाट सुधार हुँदै एक–दुई दिन मौसम खुल्ने सम्भावना रहेको मौसमविद्को भनाइ छ । न्यूनचापीय रेखा तलमाथि हुने क्रम चलिरहेकोले सुधार हुन समय लागेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । देशभर मनसुनी वायुको प्रभाव बिहीबार पनि कायमै रह्यो । मनसुनी न्यून चापीय रेखा पश्चिमी भूभागमा नेपालबाट दक्षिण सरे पनि पूर्वमा नेपाल नजिक रहेको छ । जसका कारण बदली जारी रहेको हो । मौसमविद् मानन्धरका अनुसार मौसम शुक्रबारबाट खुल्न थाले पनि तत्काल सुधार हुने छैन । एक–दुुई दिनको सुधारपछि फेरि अर्को मौसमी प्रणालीले वर्षा गराउने…

Read More