Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। मृत्युपछि परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले सेतोपाटीलाई जानकारी दिए। भीमसेनथापा गाउँपालिका-२ तान्द्राङका २६ वर्षीय युवकलाई झुन्डिएको अवस्थामा परिवारले फेला पारेका थिए। लगत्तै परिवारले डोरी काटेर उनलाई गोरखाको एक निजी अस्पताल पुर्‍याएका थिए। अस्पतालले अवस्था गम्भीर रहेको भन्दै पाटन अस्पताल ‘रिफर’ गरेको थियो। ‘उहाँलाई भर्ना गर्दै अवस्था गम्भीर थियो। हिजो मृत्यु भएपछि कोरोना परीक्षण गर्दा संक्रमण पोजेटिभ देखियो,’ डा. शर्माले भने। उनले अहिले युवकको शव व्यवस्थापन गर्ने काम भइरहेको जनाए। गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले मृतक युवकमा मानसिक समस्या रहेको जानकारी दिए।

Read More

काठमाडौं: सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चुलिएका बेला उत्तरी छिमेक चीनकी नेपालस्थित राजदूतको सक्रियता बढेको छ। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएकी छन्। दुई दिनअघि बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेकी राजदूत यान्छीले मंगलबार अर्का बरिष्ठ नेता झलनाथ खनाललाई भेटेकी छन्। स्रोतका अनुसार खनाललाई भेट्न राजदूत यान्छी उनको डल्लुस्थित निवासमा पुगेकी थिइन्। उनीहरूबीच बिहान ९ देखि पौने १० बजेसम्म कुराकानी भएको स्रोतले जानकारी दिएको छ।

Read More

काठमाडौं: नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९० हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर ९० हजार ९०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९० हजार ४६० रुपैयाँमा कारोबार भएको छ । यसैगरी तोलामा ९५० रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदी तोलामा ९४० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको थियो ।

Read More

काठमाडौं; सत्तारुढ दल नेकपाको आन्तरिक द्वन्द्व समाधान गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज पनि वार्तामा बस्दैछन् । पार्टी एकताको मर्मअनुसार अघि बढ्ने समझदारीका साथ वार्ता गरिरहेका दुई अध्यक्षले स्थायी कमिटी बैठकअघि नै आन्तरिक विवाद टुंग्याउने प्रयासमा बैठक स्थगित गरेर अध्यक्षद्वय वार्तामा जुटेका हुन् । अध्यक्ष द्वयको वार्ता सकारात्मक भनिए पनि ठोस समाधान निस्किएको छैन । आज हुने वार्ताको समय टुङ्गो लाग्न बाँकी रहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । उनले भने, ‘अध्यक्षद्वय आज पनि वार्तामा जुट्नु हुनेछ । कति बेला भन्ने समय नतोकिए पनि वार्ता अघि बढ्नेछ ।’ आज सहमति कायम गरी भोलि…

Read More

काठमाडौः काठमाडौँ उपत्यकाभित्र कोरोना संक्रमितको संकट थपिँदै जाँदा गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएको छ। सडकमा गुड्ने सवारीदेखि मानिसले सङ्क्रमणबाट जोखिन सामाजिक दुरीदेखि मास्कसमेत लगाएको नलगाएको हेर्न गृहले प्रहरीलाई निर्देशन दिइसकेको छ। गृह मन्त्रालयले सोमवार नै प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गर्दै ७७ वटै जिल्लामा मास्क नलगाई घरबाहिर निस्कनेलाई नियन्त्रणमा लिई कारबाही गर्न निर्देशन दिएको हो। त्यस्तै काठमाडौँ उपत्यकाभित्र सरकारले परिवर्तन गरेको मोडालिटी विपरीत सवारी साधन चलेकाले थप कडा गर्न निर्देशन दिएको हो। सरकारले निजी सवारी साधनलाई जोर बिजोरको आधारमा सञ्चालन गर्न दिइरहेको छ। तर अहिले धेरैले जोरबिजोर प्रणालीको बेवास्ता गरेर सवारी चलाएको पाइएपछि थप कडाइ गर्न लागेको…

Read More

काठमाडौं: लकडाउनका कारण स्थगित भएका परीक्षा सञ्चालनबारे त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी दुई साताभित्र निर्णय गर्ने जनाएको छ। विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाबारे दुई साताभित्र निर्णय हुने जानकारी दिएका छन्‌। उनले भने, ‘परीक्षा सञ्चालन सम्बन्धी गठित समितिले अहिले छलफल गरिरहेको छ, अबको दुई हप्ताभित्रमा परीक्षा कहिले गराउने वा नगराउने विषयमा निर्णय हुन्छ।’ उनका अनुसार अनलाइनबाट परीक्षा गराउने भन्ने बाहिर हल्ना सुनिए पनि त्यो निराधार रहेको र यस विषयमा अहिलेसम्म त्रिविले केही निर्णय नगरेको स्पष्ट पारेका छन् । अनलाइनबाटै गर्नुपर्ने अवस्था आएपनि त्रिविले अग्रिम सूचना जारी गर्ने जानकारी दिए ।

Read More

काठमाडौं: नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले कार्यतालिका परिमार्जन गरि फागुनको पहिलो साता १४ औँ महाधिवेशन निर्णय गरेको छ । कोरोना महामारीका कारण तीन महिना ठप्प भएको महाधिवेशनको कार्यक्रम असार २५ गतेबाट सुरु गर्ने र केन्द्रीय महाधिवेशन यसअघि तोकिएकै मितिमा गर्ने बैठकले निर्णय लिएको हो । असार १६ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठकले सोमबार उक्त निर्णय लिएको हो । बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले पदाधिकारी बैठकमा परिमार्जित तालिका प्रस्तुत गरेका थिए । पदाधिकारी बैठकले पारित गरेर अनुमोदनका लागि केन्द्रीय समितिलाई जिम्मेवारी दिएको थियो । सोही प्रस्ताव १६ गतेको केन्द्रीय समिति बैठकमा महामन्त्री खड्काले प्रस्तुत गरेका थिए ।बैठकले समायोजनको काम साउन १०…

Read More

काठमाडौं:पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले बैंक तथा वित्तीय संस्थाबाट किस्ता भुक्तानीका लागि ताकेता गरेको भन्दै गाडीका चाबी बैंकलाई बुझाउन शुरु गरेको छ। कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दीमा यातायात व्यवसाय लामो समय ठप्प रहेको अवस्थामा समेत बैंकहरुले ऋणको मासिक किस्ता भुक्तानीका लागि दबाब दिन थालेपछि व्यवसायीले पोखरामा गाडीको चाबीनै बैंकलाई बुझाउने अभियान शुरु गरेका हुन्। प्रालिले आज एनएमबी बैंकमा ३०, मुक्तिनाथमा २५, गरिमामा १७ तथा प्राइम बैंकमा १८ गरी ९० गाडीको चाबी बुझाएका छन्। यातायात व्यवसायी राष्ट्रिय महासङ्घबाट नेपाल सरकार तथा राष्ट्र बैंकसमक्ष हालको विषम् अवस्थामा किस्ता तिर्ने समय न्यूनतम छ महिना थप गर्न आग्रह गरे पनि सुनुवाई…

Read More

काठमाडौं:नेपाल समुद्रपार निकासी पैठारी संघको एक प्रतिनिधिमण्डलले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नरलाई भेटी आगामी मौद्रिक नीतिमार्फत गर्नुपर्ने सुधार सम्बन्धमा विभिन्न सुझाव दिएको छ । संघका अध्यक्ष सुनिलकुमार वंशलको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले विषम परिस्थितिमा रहेको व्यवसाय बचाउन कम्तीमा तीन वर्ष बैंक कर्जाको ब्याजदर ५ प्रतिशत घटाउनुपर्ने, संकटको अवस्थामा पुगेका उद्योग, व्यवसायका लागि पर्याप्त तरलता उपलब्ध गराउन सिसिडी रेसियो ८५ प्रतिशत कायम गर्नुपर्ने, बैंकहरुलाई मुद्दती खातामा अधिकतम ७ प्रतिशत र बचत खातामा अधिकतम ५ प्रतिशत ब्याजमा निक्षेप संकलन गर्न प्रत्साहित गर्ने नीति लिनुपर्नेमा जोड दिएको छ । त्यसैगरी, राष्ट्र बैंकमा रहेका विभिन्न सरकारी कोषको केही अंश पुँजी निर्माणका लागि वाणिज्य बैंकहरुमा…

Read More

काठमाडौं: गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको खतरा रहेको भन्दै मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। सोमबार दिउँसो प्रशासन र प्रहरीलाई परिपत्र गर्दै मन्त्रालयले स्वास्थ्य मापदण्डअनुसार सामाजिक दूरी कायम नगर्ने र मास्कबिना बाहिर हिँडडुल गर्नेमाथि संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही गर्न निर्देशन दिएको गृहका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए । स्वास्थ्य मापदण्ड पालना गर्दै लकडाउन खुकुलो बनाउने नीति अवलम्बन गरिए पनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल…

Read More