Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौ: राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा विधेयक प्रमाणीकरण गरेकी छिन्। उनले संघीय संसदको दुवै सदनबाट पारित भएको विधेयक सोमवार संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकण गरेकी हुन्। जसमा राष्ट्रपति भण्डारीले आर्थिक वर्ष २०७७/७८ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्। त्यस्तै, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउने अध्यादेश, २०७७ लाई प्रतिस्थापन गर्न…

Read More

काठमाडौँ: मन्त्रिपरिषद बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई सो मितिसम्म निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको उनले बताए। ‘स्वास्थ्य सतर्कता अपनाउन जरुरत रहेकाले यथास्थितिको लकडाउनलाई लम्ब्याइएको हो’ उनले भने। सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियाे। जसअनुसार निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् भने सार्वजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाई उडान बन्द छन्।

Read More

काठमाडौं: पछिल्लो २४ घण्टामा थप ४७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका २२ प्रयोगशालामा ७ हजार ७९१ नमुना परीक्षण गर्दा यो संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । उनीहरूमध्ये ३ हजार १३४ जना निको भएका छन् । थप एकको मृत्यु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । रौतहट घर भएका ३० वर्षका पुरुषको १३ गते राति ललितपुरको स्टार अस्पतालमा मृत्यु भएको हो । श्वासप्रश्वासको कठिनाइ भएपछि अस्पताल पुगेका उनलाई आईसीयूमा राखिएको थियो । त्यही दिन स्वाब संकलन गरेर पाटन…

Read More

काठमाडौँ: चार प्रतिशतले घटेर २० मिनेट कारोबार स्थगित भएपछि सेयर बजार फर्किएको छ। ५० अंकसम्म घटेको बजारमा दोस्रो घण्टापछि ब्रेक लागेको हो। बीचमा उच्च करेक्सन भएर बजार ०.४५ अंकसम्म मात्र तल आएको थियो। अन्तत: १२.८७ अंक घटेर बजार बन्द भएको हो। सुचक ११८८ अंकमा रोकिएको छ। सोमबार बजारमा ३४ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। १३० कम्पनीको ४८६२ पटक कारोबार भएको छ। सूचक घट्छ भन्ने पिरले नियामकले लामो समयदेखि सेयर बजारलाई बन्धक बनाएका थिए। लकडाउन अवधिभर जम्मा दुई दिन बजार खुलेको थियो। त्यतिबेला बजार घटेपछि अत्तालिएर नियामक धितोपत्र बोर्डले कारोबार बन्द गर्ने निर्णय गरेको थियो। मालपोतदेखि चियापसलसम्म…

Read More

काठमाडौँ: ललितपुरको खोकनामा खेत खनजोतका लागि गएका किसान र प्रहरीबीच विवाद भएको छ। सोमबार दिउँसो खोकनाका किसान खनजोतका लागि खेतमा गएपछि प्रहरी पनि त्यहाँ पुगेको थियो। सुडोल फाँटमा किसानले खनजोत गर्न थालेपछि प्रहरीले रोके। त्यसपछि विवाद भएको हो। काठमाडौं-निजगढ फास्ट ट्रयाक पर्ने जग्गामा स्थानीय किसानले खनजोत गरेको भन्दै प्रहरीले रोकेको हो। तर स्थानीय किसानले भने आफ्नो खेत खनजोत गर्न पाउनुपर्ने बताएका छन्। यहाँको जमिन सरकारले फाष्ट ट्रयाक बनाउन अधिग्रहण गरेको बताए पनि किसानहरूले भने पैसा नपाएको दाबी गरेका छन्। सरकारबाट मुआब्जा नलिएकोले आफ्नो खेत खनजोत गर्न पाउनुपर्ने खोकनाका किसानको माग छ। स्थानीय किसानले खेत खनजोत गरी आज रोपाइँ गर्दैछन्। खेतमा…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले उत्साहका साथ राष्ट्रिय धान दिवस मनाउन सबै नेपालीहरुलाई आह्वान गरेका छन् । कृषि क्षेत्रको विकास र वृद्धि नै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्ने मूल आधार हो भन्दै ओलीले उत्साहका साथ धान दिवस मनाउन आह्वान गरेका हुन् । राष्ट्रिय धान दिवसको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले अधिकांश नेपालीको जीविकासँग जोडिएको र राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रुपमा रहेको कृषि क्षेत्रको उत्पादकत्व र उत्पादन वृद्धि गरेर नै कोभिड–१९ का कारण अर्थतन्त्रमा परेको नकारात्मक असर कम गर्न सम्भव हुने बताए । उनले कृषि क्षेत्रमा क्रान्ति ल्याउन कृषिको आधुनिकीकरण, व्यवसायीकरण र मेसिनीकरण आवश्यक रहेको…

Read More

एजेन्सी: नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्न थालेको छ । भारतका व्यवसायी तथा कृषकहरु सीमा विवादको मारमा पर्न थालेको समाचार प्रकाशमा आएको हो । भारतको हिमाचल प्रदेश स्याउका लागि प्रख्यात छ । हिमाचल प्रदेशको स्याउ भारतका सबैजसो मुख्य बजारमा पुग्ने गर्दछ । स्याउको सिजन सुरु हुन थालेको छ । करिब एक महिनामा हिमाचल प्रदेशका स्याउ बजारमा जान तयार हुन्छन् । स्याउ किसान तथा व्यवसायीहरु भने यतिबेला छट्पटीमा परेका छन् । यो सिजनको स्याउ बजारमा कसरी पु-याउने भन्ने चिन्तामा उनीहरु छट्पटिन थालेका हुन् । करिब पाँच लाख नेपाली मजदूर हिमाचल प्रदेशमा स्याउको अर्थव्यवस्थाका मेरुदण्ड मानिन्छन् । अप्रिल यता नेपाली मजदूर…

Read More

काठमाडौं: मनसुन सक्रिय भएपछि केही दिनदेखि जारी वर्षा कम्तीमा अरू तीन दिन नरोकिने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा तीन दिनसम्म मुलुकका विभिन्न भू-भागमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न भू-भागमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको छ । दिउँसोसम्म प्रदेश १, २, गण्डकी, प्रदेश ५ र सूदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । आजै राति मुलुकका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको पूर्वानुमान छ । यस्तै मंगलबार र बुधबार पनि मुलुकभर वर्षा हुने महाशाखाको पूर्वानुमान छ । मुलुकभर वर्षा नरोकिँदा विभिन्न…

Read More

काठमाडौँ: प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही च्यूरा खाएर मनाइँदैछ । वि.सं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यो दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ । यस वर्ष कोरोना महामारीका बाबजुद पनि धान दिवस मनाइँदै छ । कृषि अनुसन्धान परिषदको परिसरमा व्यक्तिगत दुरी कायम राखी धान दिवस मनाइने कृषि विभागले जनाएको छ ।…

Read More

काठमाडौँ: विश्वव्यापी रुपमा फैलिएकको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछि बन्द रहेको शेयर बजार असार १५ गते सोमबारदेखि खुल्ने भएको छ। धितोपत्र बोर्डद्धारा गठित अध्ययन समितिको सुझाबका आधारमा धितोपत्र बोर्डले नेप्सेलाई स्वास्थ्थ सुरक्षाका मापदण्ड अपनाएर बजार खुलाउन निर्देशन दिएपछि आइतबार साँझ बसेको नेप्से संचालक समितिको बैठकले एक घण्टा कारोबार समय घटाएर बजार खुलाउने निर्णय गरेको हो। असार १५ गते आज देखि चार घण्टा मात्र कारोबार गर्ने निर्णय गरेको नेप्सेका प्रमूख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बताए । ‘एक घण्टा कारोबार समय घटाएर पुरानै ढाँचामा कारोबार संचालन हुन्छ, अब विहान ११ बजेबाट ३ बजेसम्म बजार खुल्छ’, उनले…

Read More