Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति असन्तुष्टि जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय सर्वोच्च अदालतले सरकारका विरुद्ध गरेका केही फैसलाप्रति गुनासो गर्दै ती फैसलाले सरकारलाई काम गर्न नदिने र असफल पार्ने गरी आएको बताएका हुन् । उनले मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी अदालतको पछिल्लो आदेश सरकारलाई काम गर्न नदिने र असफल पार्ने खालको भएको टिप्पणी गरे । ‘नयाँ संविधान जारी भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ४ चोटि पुनर्गठन गर्नुभएको छ । निर्वाचन आचारसंहिता लागू भएपछि पनि पुनर्गठन गर्नुभएको छ । अदालतमा दर्ता हुँदैन भनेर ढोकाबाटै फर्काइएको छ । कसैले गरेको कामको…
एजेन्सी: अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा बिहीबार १२ तले भवन भत्किँदा दर्जनौ व्यक्ति बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार १ जनाको शव भेटिएको छ भने ५० भन्दा बढी बेपत्ता भएका छन् । भवन भत्किँदा कति व्यक्ति थिए भन्ने अझै स्पष्ट हुन सकेको छैन । यो भवन सन् १९८० मा मियामीको उत्तरी क्षेत्रस्थित सर्फसाइड टाउनमा निमार्ण भएको थियो । बीबीसीका अनुसार भवनमा २३० वटा फ्ल्याट थिए । जसमध्ये आधाभन्दा बढी फ्ल्याट ढलेका छन् । एक प्रत्यक्षदर्शीले सीबीएस मियामी च्यानलसँगको कुराकानीका क्रममा भने– ‘हामीले ठूलो र चर्को आवाज सुन्यौ, हामीलाई कुनै मोटरसाइकलको आवज हो कि भन्ने लागेको थियो, तर हामीले…
काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक प्रणाली र देशलाई नै संकटमा धकेल्ने काम भएको भन्दै राष्ट्रिय हितको संरक्षण र लोकतन्त्रको रक्षाको निम्ति संयुक्त मोर्चा अग्रसर भएको बताएका छन् । बिहीबार विपक्षी गठबन्धनको तर्फबाट सम्पादकहरुसँग आयोजित अन्तर्क्रियामा बोल्दै सभापति देउवाले प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि खतरा उत्पन्न भएको बताएका छन् । उनले आफूलाई प्रधानमन्त्री बनाउने निवेदनलाई अस्वीकार गरी लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार भएको बताए । संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रिय हितको रक्षाको लागि पाँच राजनीतिक दलको संयुक्त मोर्चा बनेको उनले स्पष्ट पारे । सभापति देउवाले आफूहरु मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय मुलुकहरुसँग स्वतन्त्र परराष्ट्र नीतिको आधारमा सम्बन्ध कायम गर्न चाहेको पनि बताए…
काठमाडौँ: प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरी पटकपटक काउन्सिलको निर्णय–निर्देशन अवज्ञा गर्ने चार अनलाइन सञ्चारमाध्यम (न्युज पोर्टल) लाई अवज्ञाकारी, कालोसूचीमा राखेको छ । काउन्सिलले २०७७ को साउनदेखि २०७८ असार पहिलो हप्तासम्म कालोसूचीमा परेका न्यूज पोर्टल इहिमालय टाइम्स डटकम, वीरगञ्ज सिटी डटकम, एनआरएन खबर डटकम र कोशीपाटी डटकमलाई अवज्ञाकारी कालोसूचीमा राखेको हो । इहिमालय टाइम्स डट कमलाई नियमानुसार दर्ता÷सूचीकरण भएको नदेखिएकाले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्ने निर्णय भएको काउन्सिलका प्रवक्ता दीपक खनालले जानकारी दिए । त्यसैगरी २०७७ साउनदेखि २०७८ असार ९ गतेसम्म ४५० वटा स्वअनुगमन भएका छन् । पछिल्लो १५ दिनको अवधिमा १३ वटा स्वअनुगमन…
काठमाडौँ: नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल-स्वदेशी’ अभियान सञ्चालनका लागि नेपाल सरकार र परिसंघबीच समझदारी बनेको छ । परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात पर्वर्द्धन गर्ने उद्देश्यले अघि बढाएको यस अभियान कार्यान्वयनमा नेपाल सरकारले आफ्नो बलियो साथ एवं साझेदारी प्रस्तुत गरेको हो । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले नेपाललाई स्वावलम्बी, आत्मनिर्भर र निर्यातमुखी अर्थतन्त्रको रूपमा विकास गर्न यस अभियान र समझदारी कोशेढुंगा सावित हुने बताए । ‘अब नेपाल सरकार र नेपाल उद्योग परिसंघ आफ्ना जिम्मेवारी कुशलतापूर्वक बहन गरी अघि बढ्नुपर्छ,’ उनले भने, ‘सरकारले नीतिगत र प्रक्रियागत सरलीकरण…
काठमाडौं: नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको निधन भएको छ । नर्भिक अस्पतालमा उपचाररत श्रेष्ठको बिहीबार दिउँसो साढे एक बजे निधन भएको संघका महासचिव अमुलकाजी तुलाधरले बताए । कोभिड संक्रमणपछि लामो समयदेखि श्रेष्ठ उपचाररत थिए । कोभिड संक्रमणका पुष्टि भएपछि वैशाख २३ गते अस्पताल भर्ना भएका श्रेष्ठको पछिल्लो समय कोभिड रिपोर्ट नेगेटिभ आए पनि उनी अस्वस्थ नै रहेको तुलाधरले बताए । ‘कोभिडका कारण झण्डै डेढ महिना उहाँ अस्पताल बस्नु भयो, तर पछि रिपोर्ट नोगेटिभ आए पनि शरीरिका महत्वपूर्ण अंगले काम गर्न छोडेको जानकारी अस्पतालले गराएको छ,’ महासचिव तुलाधरले भने । २०७५ सालमा नेपाल खुदा व्यापार संघको अध्यक्षमा निर्वाचित…
काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्रीहरूले हालै निकालेको विज्ञप्तिबारे प्रष्टाएका छन्। उनले परिस्थिति गम्भीर भएकोले त्यसबारे नेपाली जनतालाई जानकारी दिन विज्ञप्ति नै निकालेको बताए। ‘पाँच पूर्वप्रधानमन्त्रीहरूले स्थितिलाई जनतालाई नभन्ने हो भने कसले भन्छ?,’ बानेश्वरस्थित संघीय संसद भवनमा आज सम्पादकहरूसँग गरेको अन्तर्क्रियामा उनले भने, ‘नेपालबारे नेपालीले नै निर्णय गर्न पाउनुपर्छ।’ ५ पूर्वप्रधानमन्त्रीले अपिल गर्दा प्रभावकारी हुने भएकोले विज्ञप्ति निकालिएको उनको भनाइ थियो। प्रचण्डलगायत ५ पूर्वप्रधानमन्त्रीले विदेशी हस्तक्षेप भइरहेको संकेत गर्दै विज्ञप्ति निकालेका थिए। ‘यो उस्तै-उस्तै सिद्धान्तभन्दा बाहिर छ। उस्ताउस्तै भएको भए त हामीले पनि यस्तो बेलामा विदेशीको आशीर्वाद पाउन तँछाड-मछाड गर्थ्यौं होला त? होइन है चलखेल मानिँदैन…
काठमाडौं:काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि१८ अर्व ९५ करोड ७७ लाख १२ हजार रुपैयाँको बजेट ल्याएको छ । काठमाडौं महानगरपालिकाको नगरसभाको नवौं अधिवेशनमा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) ले ‘साँस्कृतिक शहर, काठमाडौं महानगर’ भन्ने नारासहित बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ३ अर्ब ७५ करोड ७७ लाख, आर्थिक विकास क्षेत्रतर्फ ५५ करोड, सामाजिक विकासतर्फ २ अर्ब ७० करोड, पूर्वाधार विकासतर्फ १० अर्ब ८० करोड र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १ अर्ब १५ करोड प्रस्ताव गरिएको छ । ‘प्रस्तावित बजेटमा कोभिड-१९ महामारीले निम्त्याएको जटिल परिस्थितिको सम्बोधन, महानगरवासीको विकासप्रतिको उत्कट चाहना, गतवर्ष गरिएको सेवाग्राही सर्वेक्षणमा महानगरवासीबाट…
काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १२ हजार २३२ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ७ हजार २३५ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन परीक्षणमा ८९७ जना गरी २ हजार ४७४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २ हजार ५१८ जना संक्रमण मुक्त बनेका छन् । योसँगै हालसम्म ५ लाख ७० हजार ९५८ जनाले कोरोना संक्रमण जितेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको…
काठमाडौँ: दश दिनयता निरन्तर आन्दोलनरत बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका चिकित्सक, विद्यार्थी र कर्मचारीहरूले प्रतिष्ठानभित्रको बेथितिबारे ‘एक्सन’ लिन कुलपति एवम् प्रधानमन्त्री गुहारेका छन्। इलाका प्रशासन कार्यालय धरानका उपसचिव सुवासकुमार लामिछानेमार्फत् बिहीबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै प्रतिष्ठानको संयुक्त संघर्ष समितिले स्वास्थ्य शिक्षा र उपचार केन्द्रको धरोहर बचाउन तत्कालै अग्रसरता देखाउन माग गरेका छन्। गुणस्तरीय स्वास्थ्य जनशक्ति उत्पादन गर्ने, विशेषज्ञ चिकित्सकबाट बिरामीको उपचार गर्ने र अध्ययन अनुसन्धान गर्ने मुख्य उद्देश्य बोकेको बिपी प्रतिष्ठान आर्थिक र प्रशासनिक रूपमा जर्जर बनेको उल्लेख गर्दै संयुक्त संघर्ष समितिले प्रतिष्ठानको कुलपतिको नाताले आवश्यक निर्देशन दिन माग गरेको छ। ‘प्रतिष्ठान यतिबेला जीवनमरणको दोसाँधमा छ’, ज्ञापनमा भनिएको छ ‘यहाँका…
