Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारवाही गरेको छ । निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्याङ्करले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारवाही गरिएको हो । निगमको १ नं प्रादेशिक कार्यालय विराटनगरले तोकिएको मापदण्डभन्दा बढी क्षति गर्ने ५३ ट्रक तथा ट्याङ्करलाई कारवाही गरेको छ । लकिङ तथा फिटिङ चेक गर्दा गलत ढङ्गले पाइपलाइन ट्याङ्कीमा जडान गरिएको पाइएपछि उक्त ट्रकलाई प्रहरी हिरासतमा राखी कारवाही अगाडि बढाइएको १ नं प्रादेशिक कार्यालयले जनाएको छ । ट्याङ्कीको ताला काटिएको अवस्थामा फेला परेका ती ट्याङ्करलाई तीन महिनाका लागि पेट्रोलियम पदार्थको…

Read More

काठमाडौं; पछिल्लो २४ घण्टामा नेपालमा थप ७८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म नेपालमा २ लाख ७४ हजार २ सय ९४ जनामा संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय २७ जनामा भएको पीसीआर परीक्षणमा ४५ पुरुष र ३३ जना महिलामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कसैको पनि कोरोनाका कारण ज्यान नगएको मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टा भित्र थप ७२ जना संक्रमण मुक्त भएका छन् । हालसम्म नेपालभर २ लाख ७० हजार ५ सय ४३ जनाले संक्रमण जितेका छन् । मन्त्रालयका अनुसार नेपालमा सक्रिय…

Read More

काठमाडौं । पूर्वमन्त्री तथा नेकपाका नेता गोकुल बाँस्कोटालाई पितृशोक परेको छ । बाँस्कोटाका पिता हरिप्रसादको मंगलवार ९४ वर्षको उमेरमा काभ्रेको मण्डन देउपुर नगरपालिका ४ स्थित निवासमै निधन भएको हो । हरिप्रसादका चार छोरा र तीन छोरीमध्ये गोकुल बाँस्कोटा कान्छा हुन् ।

Read More

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफुलाई एक अर्ब रुपैयाको आर्थिक प्रलोभन आएको दावी गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद् उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आफुलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्नका लागि सो प्रलोभन आएको बताए । सरकारले वैज्ञानिक बन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिनापछि विभागीय मन्त्रीले यस्तो ‘खुलासा’ गरेका हुन् । गत माघ ११ गते बसेको मन्त्रीपरिषद् बैठकले बैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको थियो । मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि नै काठ व्यवसायी र बनका केही बद्मास कर्मचारीले भेट्न प्रयास गरेको तर…

Read More

काठमाडौं । बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले नेपालको व्यवसायीक क्षेत्रमा आफू सबैभन्दा धेरै आक्रमणको सिकार भएको गुनासो गरेका छन् । आफूलाई ‘माफिया’ देखि ‘डन’ सम्मको उपमा दिएर खेद्‍ने काम भएको उनले बताए । झापामा आफैंले सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा बोल्दै प्रसाईले यस्तो बताएका हुन् । नेपाली राजनीतिका दुई शीर्ष नेतालाई मार्सी चामलको भात खुवाएको प्रसंगमा निकाल्दै प्रसाईले यसलाई विवादको विषय बनाइएकोमा असन्तुष्टि पोखे । मार्सी भात खुवाउँदाको प्रसंग उनले यसरी निकालेः २०७४ साल फागुन ३ गते मैले एउटा सानो प्रयत्न गरेको थिएँ । दुई तिहाइभन्दा बढी वामपन्थी जनमत भएको देशमा छरिएर रहेका वामपन्थीहरूको एकता भए त्यसले देशलाई…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब हुने चुनावमा दुई तिहाइ मतसहित जितेर सिंहदरबारमा फर्किने दावी गरेका छन् । साथै, अहिले प्रधानमन्त्री पदबाट आफूलाई हटाउन सजिलो नभएको पनि उनले बताए । झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले अदालतको फैसला कार्यान्वयन आफूले गर्ने र मुद्दा हाल्न नजाने बताए । ओलीले भने, ‘अदालतले संसद ब्यूँतायो त के भयो रु ठिकै छ । प्रमको हिसाबमा मेरो काम अदालतको फैसला कार्यान्वयन गर्ने हो । २३ गते अधिवेसन बस्छ । राम्ररी चलाउने प्रयास हुन्छ । सकारात्मक भूमिका खेल्छु ।’ ओलीले भने, ‘म मुद्दा हाल्न गएको पनि छैन । म…

Read More

काठमाडौँ: सरकारले नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) सँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका प्रेस विज्ञ राजेन्द्र मानन्धरका अनुसार सराकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहनुभएको छ । विप्लव समूहले सरकारसँग वार्ता गर्न तयार रहेको केही दिनअघि विज्ञप्तिमार्फत जानकारी गराएको थियो । सरकारका प्रतिनिधिले पनि अनौपचारिक रुपले सो दलका नेताहरुसँग सम्पर्क गर्दैआएका थिए । सरकार र विप्लव माओवादीसँग वार्ता गर्न टोली नै गठन भएपछि त्यसलाई सकारात्मकरुपमा हेरिएको छ ।

Read More

काठमाडौँ: दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगञ्ज विमानस्थलबाट काठमाडौँ ओर्लिए । काठमाडौँ विमानस्थलमा उत्रने बित्तिकै उनलाई फोन आयो र सोधियो, ‘कता हुनुहुन्छ कमरेड ?’ केसीको जवाफ थियो, ‘दाङमा छु ।’ फोनकर्ताले ‘तपाईं एयरपोर्टमै हुनुहुन्छ, हामी लिन आएका छौँ,’ भने । चिनजानकै ती फोनकर्तासँग केसी एयरपोर्ट आसपासकै एउटा होटलमा पुगे । त्यहाँ नेकपा ओली पक्षका सांसद महेश बस्नेत थिए । बस्नेतले केसीलाई ओली पक्षमा लाग्न आग्रह गरे । मन्त्री बन्नका लागि पहल गरिदिने आश्वासन पनि दिए । तर केसीले स्वीकारेनन् । झण्डै साढे २ घण्टा छलफलपछि बस्नेत र केसी छुट्टिए । केसीले भनेअनुसार…

Read More

काठमाडौँ: नेपाल उद्योग परिसंघ(सीएनआई)ले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल(स्वदेशी’ अभियानलाई प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गरेको छ । सोमबार सीएनआइको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी ‘मेक इन नेपाल(स्वदेशी’ अभियानका सम्बन्धमा छलफल गरेको हो । आज परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको परिसंघका पदाधिकारीहरुले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल(स्वदेशी’ अभियानलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको जानकारी गराएका थिए । परिसंघका अध्यक्ष मोरले यो अभियानले स्वदेशी उत्पादन वृद्धि गर्न, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता बढाउन र नेपाली वस्तु र सेवाको माग बढाउने लक्ष्यसहित सीएनआईले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गरेको बताए । सीएनआइको यस अभियानमा नेपाल सरकारको…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले मङ्गलबार १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकको सार्वजनिक ऋण व्यवस्थापन विभागका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ बिक्री गरिने भएको हो । ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपालीले खरिद गर्नसक्ने व्यवस्था गरिएको हो । यो ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइने छ । साथै राष्ट्र बैंकले सो ऋणपत्र धितोपत्रको दोस्रो बजारमा कारोबारका लागी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गर्ने जनाएको छ । केन्द्रीय बैंकले मङ्गलबार अपराह्न ३ बजे उक्त ऋणपत्र बोलकबोल…

Read More