Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी राख्ने तयारी गरिएको हो । गृह मन्त्रालयका अनुसार सोमबार साँझसम्म देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा निषेधाज्ञा छ । खोटाङ र मनाङमा भने निषेधाज्ञा छैन । पछिल्लोपटक काठमाडौं उपत्यकामा ३१ जेठसम्म निषेधाज्ञा तोकिएको छ । गृह मन्त्रालय प्रवक्ता जनकराज दाहालले अब निषेधाज्ञा शैलीमा दैनिक जनजीवन सहज बनाउनेगरी परिमार्जन गरिने जानकारी दिएका छन् । ‘निषेधाज्ञा अहिले तत्काल हट्दैन, तर मोडालिटीमा परिवर्तन गरिन्छ, अब निषेधाज्ञा लुजडाउन शैलीमा जनजीवन…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (एमाले) पूर्वमहासचिव माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा ‘ इमानदारिता नदेखिएको’ आरोप लगाएको छ । आइतबार ६ बुँदे प्रस्तावसहित पार्टी एकताका लागि ओलीले आह्वान गरेपछि सोमबार बसेको नेपाल समूह स्थायी कमिटी बैठकले सर्तसहितको प्रस्ताव स्वीकार नहुने अडान राखेको छ । एमाले स्थायी कमिटी सदस्य एवं नेपाल समूह नेता डा. बेदुराम भुषालले अध्यक्ष ओलीबाट पार्टी एकताका लागि इमानदारितापूर्वक प्रस्ताव नआएको बताए । सो प्रस्तावमा छलफल गर्न बसेको स्थायी कमिटी बैठकले ‘सर्त स्वीकार गरेर पार्टी एकता गर्न नसकिने निष्कर्ष निकालेको’ जानकारी उनले दिए । ‘अध्यक्ष केपी ओलीको पार्टी एकताका लागि भनेर ६ बुँदे…

Read More

काठमाडौँ: आजदेखि नेपालमा चीनले अनुदानस्वरुप दिएको भेरोसेल खोप लगाइने भएको छ । कोरोनाविरुद्ध खोप अभियानको नयाँ चरणमा काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइनेछ । खोप शाखाका अनुसार खोप केन्द्र र खोप अभियानको समय देशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड १९ विरुद्धको खोप समितिले तोक्ने व्यवस्था गरिएको छ। विशेष परिस्थितिमा कतिपय जिल्लामा अभियानको मिति घटबढ हुन सक्ने शाखाले जनाएको छ । शाखाले एकै दिन खोप अभियान सुरु गर्न निर्देशन दिएको बताएको छ । खोप शाखाका अनुसार नेपालमा ६०–६४ वर्ष उमेर समूहको जनसंख्या ८ लाख ५० हजार छ। एकजनालाई…

Read More

काठमाडौं: संसद विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ हुँदै आएको संवैधानिक इजलास स्थगित भएको छ । सर्वोच्च अदालतले संवैधानिक इजलासको पेशी सोमबारका लागि तोकेको छैन । संवैधानिक इजलास नबस्नुको कारण भने खुलेको छैन ।

Read More

धनुषा, २४ जेठ (रासस) : प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई बर्खास्त गरिएको हो । मुख्यमन्त्री लालबाबु राउतले जसपाको ठाकुर–महतो समूहमा रहेका सोनल, शर्मा, झा र मण्डललाई हटाइएको पत्र आइतबार अबेर राति प्रदेश प्रमुख डा राजेश झाको सचिवालयमा दर्ता गराउनुभएको छ । प्रदेश प्रमुख झाले मुख्यमन्त्री कार्यालयबाट मन्त्रिमण्डलमा हेरफेर गरिएको पत्र प्राप्त भएको पुष्टि गर्नुभएको छ । प्रदेश प्रमुखको सचिवालयले राति नै जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री राउतलाई भौतिक पूर्वाधार मन्त्रालयको सम्हाल्ने गरी…

Read More

काठमाडौँ: प्रधानमन्त्री एबम नेकपा एमालेका अध्यक्ष केपी शर्म ओलीले आइतबार एकताका लागि जारी गर्नुभएको बिशेष एकताको बिज्ञप्तिलाई प्रधामन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालेले प्रधानमन्त्री एस पहल कदमिलाई एक असाधारण निर्न्दय भनेका छन् । प्रम ओलीली आज साँझ पार्टी एकताका लागि ६ बुंदे एकता प्रस्ताव माधव कुमार नेपाल र झलनाथ खनाल पक्षसमक्ष राहेका हुन्। बुंदामा यसघि पार्टीले उनीहरुलाई गरिएको सबै खाले कारवाही फिर्ता लिने समेत निर्णय गरिएको छ। तर उनको बुंदा नम्बर ४ ले भने एकताका लागि समस्या पैदा गर्ने वा नेपाल-खनाल समुहमा संसय पैदा गर्ने देखिन्छ।

Read More

काठमाडौँ: पार्टी एकताका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ २ गतेमा फर्किने घोषणा गरेका छन्। एकताका लागि ६ बुँदे प्रस्ताव राख्दै उनले जेठ २ मा फर्किन तयार रहेको बताएका हुन्। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षले पार्टीभित्रको समस्या समाधानका लागि यो माग प्रमुख रुपमा उठाउँदै आएका थिए। ‘नेकपा एमालेलाई २०७५ जेठ ३ को पूर्ववत अवस्थामा अघि बढाइने छ’ प्रस्तावमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरु मध्ये एकताको पक्षामा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछ।’

Read More

काठमाडौँ: पार्टी एकताका लागि नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ जेठ २ गतेमा फर्किने घोषणा गरेका छन्। एकताका लागि ६ बुँदे प्रस्ताव राख्दै उनले जेठ २ मा फर्किन तयार रहेको बताएका हुन्। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षले पार्टीभित्रको समस्या समाधानका लागि यो माग प्रमुख रुपमा उठाउँदै आएका थिए। ‘नेकपा एमालेलाई २०७५ जेठ ३ को पूर्ववत अवस्थामा अघि बढाइने छ’ प्रस्तावमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यहरु मध्ये एकताको पक्षामा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुनेछ।’

Read More

नेपाल पत्रकार महासंघले कोभिडको खोप लगाउन बाँकी तीन हजार पत्रकारका लागि तत्काल उपलब्ध गराउन सरकारसमक्ष माग गरेको छ। महासंघको टोलीले आज नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङलाई भेटी नागरिकलाई सुसूचित गराउनुपर्ने अग्रभागका पत्रकारको पेशागत बाध्यतालाई ध्यानमा दिन आग्रह गर्‍यो। सो अवसरमा मन्त्री तामाङले कोरोनाको खोप लगाउन बाँकी सबै पत्रकारलाई जतिसक्दो चाँडो व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे। महासंघ केन्द्रीय समितिका तर्फबाट महासचिव रोशन पुरी र सचिव गोविन्द चौलागाईँको टोलीले मन्त्री तामाङलाई बधाई ज्ञापनसमेत गरेको थियो।

Read More

काठमाडौँ: नेकपा एमाले झलनाथ खनाल र माधव नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेको छ । आफू पक्षीय स्थायी कमिटीका सदस्यहरुको बैठकबाट पारित प्रस्तावहरु आइतबार सार्वजनिक गर्दै नेता माधव नेपालले पार्टीलाई एकताबद्ध राख्ने हाम्रो चाहनामा कुठाराघात भएको बताए । खनाल– नेपाल समूहले मन्त्रिपरिषद् विस्तार गरेर जनघात गरेको निष्कर्ष पनि निकालेको छ । नेकपा (एमाले), स्थायी कमिटीका सदस्यहरुको बैठकबाट पारित प्रस्तावहरु १) नेकपा (एमाले), पोलिटव्यूरो सदस्य कमरेडहरु पशुपति चौलागाई, वैकल्पित पोलिटव्यूरो सदस्य योगनारायण यादव, कर्णाली प्रदेश कमिटी सदस्य रत्नप्रसाद न्यौपाने, लुम्बीनी प्रदेश कमिटी सदस्य सतमान पुन, केन्द्रीय विभाग सचिव डा. गोविन्द बहादुर थापा, केन्द्रीय…

Read More