Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: निजी क्षेत्रका तीनवटै छाता संगठनहरुले सरकारलाई निषेधाज्ञाको अवधिमा कर बुझाउन नसकेकालाई जरिवाना नलगाउन अपिल गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर र नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बुधबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् । निषेधाज्ञाले अहिलेको विषम परिस्थितिका कारण एकातिर उद्योग व्यवसाय सञ्चालन हुन नसकेको र जेनतेन चलेका उद्योग व्यवसायका उत्पादन पनि निर्वाध बजारसम्म पु¥याई बिक्री वितरण गरी रकम सङ्कलन गर्न नसकिएकाले राजस्व बुझाउन नसकेका उद्यमी व्यवसायीलाई कुनै पनि प्रकारको जरिवाना नलगाउन सरकारसँग अनुरोध गरेका छन् । निषेधाज्ञाले आवागमन समेत अवरुद्ध हुंदा मासिक रूपमा बुझाउनुपर्ने…

Read More

काठमाडौँ: प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार बहस शुरु भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले दर्ता गरेको रिट निवेदनको तर्फबाट बहस शुरु गरेका वरिष्ठ अधिवक्ता महादेव यादवले उपधारा ४ को प्रयोग नगरी उपधारा ५ मा जान नमिल्ने बताउँदै त्यहाँ नै त्रुटि भएको जिकिर गरेका छन् । उनले भने, ‘संविधानले चार प्रकारको सरकारको कल्पना गरेको छ । त्यसमा धारा ७६ को उपधारा (४) को प्रयोग भएको छैन् । उपधारा ४ को प्रयोग नगरीकन उपधारा ५ मा जान मिल्दैन । यहाँ त्रुटी छ ।’ ७६ (५) अनुसार सरकार गठन गर्दा दलको ह्विप नलाग्ने बताउँदै उनले व्यक्तिलाई प्रधानमन्त्री बनाउन…

Read More

काठमाडौँ: संवैधानिक इजलासबाट सरकारी वकिलले प्रश्न उठाएका दुई न्यायाधीश नहट्ने भएका छन् । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र दीपक कुमार कार्की नहट्ने भएका हु्न् । आजको इजलास सुरु हुनेबित्तिकै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार गठन भएकै इजलासलाई निरन्तरता दिने जानकारी गराएका हुन् । यसअघि कार्की र भट्टराईले बस्ने नबस्ने बारे राय दिने भनिएपनि सोअघि नै राणाले दुई न्यायाधीशलाई नै निरन्तरता दिने निर्णय लिएका हुन् । यससँगै प्रतिनिधिसभा विघटनविरुद्धको शेर बहादुर देउवा लगायतको रिट निवेदनमा बहस शुरु भएको छ । निवेदकको तर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई आधा घण्टाको समय दिइएको छ ।

Read More

काठमाडौं: सीईडीबी धितोपत्रको प्रारम्भीक सार्वजनिक निष्कासन गरेर नेप्सेमा सूचिकृत भइ कारोबार खुलेको पहिलो दिनमा नै सकारात्मक सर्किट लागेको छ । मंगलबार नेप्सेमा सूचिकृत भएर आजबाट कारोबार खुलेको कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले कम्पनीको सेयर पहिलो कारोबारका लागि १३८ रुपैयाँ देखि ४१६ रुपैयाँसम्मको ओपनिङ रेञ्ज तोकेको थियो । जसअनुसार कम्पनीको सेयर ओपनिङ रेञ्जको उच्च बिन्दु ४१६ रुपैयाँमा कारोबार खुलेको थियो । नेप्सेका स्पेशन प्रि–ओपनिङ सेसनमा ४१६ रुपैयाँमा ५० कित्ता सेयर किनबेच भएको हो । कम्पनीको सेयर मूल्य ४१६ रुपैयाँमा खुले पनि अहिले ४१ रुपैयाँले बढेर सर्किट मूल्य ४५७ पुगेको छ । सर्किट मूल्यमा ५…

Read More

काठमाडौं: प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइका लागि आज बुधवार संवैधानिक इजलास बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा अस्वस्थ भएपछि दुईदिन इजलास स्थगित गरिएको थियो । इजलासको शुरुमा आज न्यायाधीश दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले आफ्नो राय दिँदैछन् । उनीहरुले इजलासमा बस्ने या नबस्ने बारे राय दिने छन् । जेठ १८ मा कार्की र भट्टराई रायसहित इजलासबाट बाहिरिएको हुनाले उनीहरुले विघटनको मुद्दा हेर्न नमिल्ने सरकार पक्षका कानुन व्यवसायीको जिकिर छ । जेठ २३ मा दिनभर संवैधानिक इजलासबाट दुई न्यायाधीश इजलासबाट बाहेक हुनु पर्ने वा नपर्ने भन्नेबारे बहस भएको थियो । महान्यायाधिवक्ता रमेश बडालसहितका सरकार पक्षका कानुन व्यवसायीले उनीहरु हट्नुपर्ने तर्क गरेका…

Read More

काठमाडौँ: एमाले विवाद मिलाउन दोस्रो तहका नेता पुन: सक्रिय भएका छन् । अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच वक्तव्य (पत्र) ‘वार’ चलेपछि सो पार्टीका दोस्रो तहका नेता पार्टी विवाद मिलाउन अनौपचारिक ढंगले वार्तामा जुटेका हुन् । आईतबार ओलीले ६ बुँदे सर्तसहित झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई पार्टी एकताका लागि आव्हान गरेका थिए । त्यसको भोलिपल्ट सोमबार बरिष्ठ नेता माधवकुमार नेपालले पनि ओलीलाई जवाफ दिदै पुनः ६ बुँदे प्रस्ताव स्मरण गराएका थिए । ओली र नेपालको पत्र वारपछि दुवै पक्षका नेता कार्यकर्ताले एकता टरेको निष्कर्षमा पुगेका बेला पुन दोस्रो तहका नेता सक्रिय बनेका हुन् । यसअघि खनाल नेपाल…

Read More

काठमाडौँ: मन्त्रिपरिषद् विस्तारविरुद्धका मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेन दिन अस्वीकार गरेको छ ।अधिवक्ता राजकुमार सुवालले मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चले मन्त्रिपरिषद् पुनर्गठनको गर्नुको कारण समेत माग गरेको छ । दुवै पक्षलाई असार ८ गते गते छलफलका लागि बोलाउँदै सोर्वोच्चले सोहीदिन मुद्दाको पेसी तोेकेको छ । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट दर्ता भएको थियो । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै यो विस्तारमा मन्त्री भएकालाई काम गर्न नदिनू र आगामी दिनमा पनि मन्त्रिपरिषद् विस्तार नगर्नू भनेर…

Read More

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइको लागि गठित संवैधानिक इजलास मंगलबार पनि बस्न सकेन । न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास पूर्व सूचना विना सोमबार पनि स्थगित गरिएको थियो । मंगलबार पनि संवैधानिक इजलास नबस्नुको कारण खुलेको छैन । सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्वस्थ भएकोले इजलास बस्न नसकेको अपुष्ट सूचना सार्वजनिक भएको थियो । संसद विघटन सम्बन्धी मुद्दा हेर्न आइतबार प्रधानन्यायाधीश जबराले आफ्नो नेतृत्वमा पाँच सदस्यीय संवैधानिक इजलास गठन गरेका छन् । इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई छन् । तर यो इजलासबाट निष्पक्ष फैसला आउनेमा सरकारी पक्षले नै…

Read More

काठमाडौँ: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज (मंगलबार) प्रदेश सभामा विश्वासको मत लिँदै छन्। आइतबार प्रदेश सभा सचिवालयमा पत्र दर्ता भएअनुसार भट्टले सोमबार नै विश्वासको मत लिन खोजेका थिए। तर कांग्रेसले असहमति जनाएपछि विश्वासको मत लिने कार्यक्रम आजका लागि सारिएको हो। सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ। नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन्। एमाले सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्रीको विपक्षमा मत हाल्न ह्विप लगाउन संसदीय दललाई निर्देशन दिएको छ। एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप…

Read More

काठमाडौँ: विश्वकप छनोट-२०२२ र एसियन कप-२०२३ अन्तर्गत सोमबार राति सम्पन्न खेलमा नेपाल जोर्डनविरुद्ध ३-० गोलअन्तरले पराजित भएको छ। कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलको २४औं मिनेटमा जोर्डनले पेनाल्टीमार्फत बनाएको अग्रता पहिलो हाफको एकमात्रै गोल रह्यो। नेपालका रक्षक रोहित चन्दले पेनाल्टी एरियामा जोर्डनका खेलाडीमाथि फउल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीलाई बहा फैजल सेफले गोलमा परिणत गर्दै जोर्डनलाई अग्रता दिलाए। दोस्रो हाफको सुरुवातमै जोर्डनले फ्रिकिकमार्फत अग्रता दोब्बर पार्‍यो। डीबक्सबाहिर जोर्डनका बाहा फैजल सेफले गरेको प्रहार पोस्टको माथिल्लो भाग हुँदै गोलमा परिणत भएको थियो। यस्तै खेलको ६७औं मिनेटमा जोर्डनका यजन अलबारले हेडरमार्फत तेस्रो गोल गरे। हारसँगै नेपालको एसियन…

Read More