Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
स्याङ्जा: कृषि तथा पशुपंक्षी विकास मन्त्री अर्यालले ओली सरकारले गरेको विकासको गति आफ्नै गाउँठाउँमा हेर्न आग्रह गर्नुभएको छ । ओली सरकारले केही गरेन भन्नेहरुलाई लक्षित गर्दै मन्त्री अर्यालले सोमबार (आज) गृहजिल्ला स्याङ्जामा त्यस्तो बताउनुभयो । स्याङ्जा र पाल्पा जोड्ने मोटरेबल पुलको शिलन्यास गर्दै मन्त्री अर्यालले विकास हेर्न टाढा जान नपर्ने बताउनुभएको हो । मन्त्री अर्यालले भन्नुभयो, ‘यो ३ वर्षमा विकास कति भयो आँफै उभिएको ठाउँमा हेर्नुस् । नेपालका ७५३ स्थानीय तहहरुमा विकासको गति विगत भन्दा तिब्र अगाडि छ ।’ दिनलाई रात बनाउन दुश्साहस गर्नेहरुले सरकारले गरेका विकासको गति हेर्न सक्नुपर्ने उहाँले बताउनुभयो । ‘हरेक पालिकामा बृहत् खानेपानी योजना सुरु…
काठमाडौँ: नेपाल सरकारले विकास ऋणपत्र मार्फत १० अर्ब रुपैयाँ बरावरको आन्तरिक ऋण उठाउने भएको छ । विकास ऋणपत्रमा लगानी गर्नेले पाउने प्रतिफल भने बोलकबोल विधि मार्फत निर्धारण हुने नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार बोलकबोल मार्फत आएका आवेदनका आधारमा कट आफ रेट निर्धारण गरेर ब्याजदर निर्धारण गरिन्छ । यसभन्दा अघि सरकारले निष्काशन गरेको १० अर्ब रुपैयाँ बरावरको ६ वर्षे विकास ऋणपत्रको कट रेट ३.९० प्रतिशत कायम भएको छ । मंगलबार देखि निष्काशन हुने सो विकास ऋणपत्र भने ८ बर्षमा परिपक्क हुनेछ । यसको ब्याजदर पनि यसभन्दा अघिल्लो विकास ऋणपत्रमा तय भएको कट अफ रेटको हाराहारीमा…
काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लामा नेतृत्व चयन गरेको छ। उक्त पक्षले जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ। ओली र प्रचण्ड-नेपाल पक्ष गरी दुई समूहले बेग्लाबेग्लै गतिविधि गरिरहेका छन्। प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको भोलिपल्ट जिल्लाहरूमा नेतृत्व चयन गरेका हुन्। पूर्वमाओवादीले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएका छन्। नौ जिल्लामा भने नेतृत्व टुंग्याउन बाँकी नै छ। काठमाडौं अध्यक्षमा बसन्त मानन्धार र सचिवमा हिमाल शर्मा छन् भने ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा र सचिव…
काठमाडौं: नेपाल मेडिकल काउन्सिलले लिने सबै परीक्षा कम्युटर प्रणालीमार्फत सुरू गरेको छ । काउन्सिलले लिने दर्ता–प्रमाणपत्र परीक्षा (लाइसेन्सिङ एक्जामिनेसन) लाई पनि कम्प्युटरमा आधारित बनाएको हो । काउन्सिलले ललितपुरको पुल्चोकस्थित इञ्जिनीयरिङ क्याम्पसमा लिइरहेको डाक्टरको परीक्षा कम्प्युटर प्रणालीमार्फत् लिएको छ । काउन्सिलले यसअघि गत मंसिरमा सञ्चालन गरेको विशेष परीक्षा पनि यसै गरी लिएको थियो । मंसिरको परीक्षा प्रभावकारी भएपछि काउन्सिलले पहिलो पटक ‘पेपरलेस’ परीक्षा सञ्चालन गरेको छ। कागजी प्रणालीलाई पूरै प्रतिस्थापन गरी डाक्टरको परीक्षा सम्पूर्ण रुपमा कम्प्युटर प्रणालीमार्फत् लिइएको हो। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भगवान कोइरालाले कम्प्युटर प्रणालीमार्फत् परीक्षा लिँदा धेरै फाइदा भएको बताए । ‘हामीले…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली आज सुदुरपश्चिम प्रदेशस्थित कञ्चनपुर जाने भएका छन्। प्रधानमन्त्री ओलीले सोमबार कञ्चनपुरस्थित दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली काठमाडौंबाट जहाजमा धनगढी जाने र त्यहाँबाट हेलिकप्टरमा कञ्चनपुर जाने स्रोतको भनाइ छ। २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका पालामा दैजी छेलामा औद्योगिक क्षेत्र बनाउने घोषणा भएको थियो। त्यसबेला केही बजेटसमेत विनियोजन भए पनि निकुञ्जको क्षेत्रभित्र पर्ने भन्दै काम सुरू भएको थिएन। सुदुरपश्चिममा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रधानमन्त्री आज कञ्चनपुर आउने जानकारी दिएका हुन्।
काठमाडौँ: मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गर्दै आज नेपालमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली नभएको जनाएको छ । महाशाखाका अनुसार हाल देशका केही पहाडी भूभागमा आंशिक बदली भइरहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ । यसैगरी महाशाखाले आज दिउँसो र राति मौसममा सामान्य र आंशिक बदली भइ अन्य भागमा मौसम सफा रहने जनाएको छ । आज दिउँसो प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, आज राति प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरूमा…
काठमाडौं: नेकपा प्रचण्ड–माधव पक्षले ९ बुँदे मापदण्डका आधारमा संगठनात्मक संरचनालाई पूर्णता दिने भएको छ । प्रचण्ड–माधव पक्षका शीर्ष नेतावीच भएको सहमतिमा प्रचण्ड र माधव नेपालबीच ‘पार्टी कमिटी एवम् जनवर्गीय संगठनको रिक्त स्थान पूर्ति तथा एकीकरणका लागि मापदण्ड तथा आधारहरु’ मा हालै हस्ताक्षर गरेका छन् । जसमा नेकपाका विभिन्न कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत भागबण्डाका आधारमा नियुक्ति गरिनेछ । प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवम् पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षबाट पूर्ति गर्ने र त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने मापदण्डमा उल्लेख छ ।
काठमाडौँ: ऐतिहासिक, पुरातात्विक र पर्यटकीय बुटवल नगरीबाट पाल्पाको नुवाकोटगढीसम्म सञ्चालनमा आउने सिद्धार्थ केवलकारको आइतबार शिलान्यास गरिएको छ । सो केवलकारको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिलान्यास गरेका हुन। अर्थमन्त्री पौडेलले विकासका दृष्टिले रुपन्देहीलाई मुलुककै नमूना जिल्लाका रुपमा स्थापित गरिने बताए । उनले जिल्लालाई नमूना जिल्लाका रुपमा स्थापित गर्न सबैको साथ र सहयोग हुनुपर्नेसमेत बताए । उनले भने, “विकासका मुद्दामा सबै एकताबद्ध भएर उभिने सङ्कल्प गरौं ।” अर्थमन्त्री पौडेलले विकासको महत्वपूर्ण पाठशाला रुपन्देही बनेको भन्ने सन्देश यहाँ सञ्चालित ठूलाठूला आयोजनाहरूले दिएको पनि बताए । विकास सिक्न र पढ्नका लागि जानुपर्ने जिल्लाका रुपमा रुपन्देही स्थापित भइसकेको चर्चा गरे। । अर्थमन्त्री पौडेलले निजी क्षेत्रको लगानीमा…
काठमाडौँ: काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज फेरि परीक्षण गरिने भएको छ । सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि फेरि परीक्षण गर्न लागिएको हो । गत असारमा सुरुङमा पानी पठाएको १० दिनपछि दुर्घटना हुँदा पानी बाहिर निस्केको थियो । अहिले सुरुङमा आवश्यक सुधार गरेर परीक्षण गर्न लागिएको खानेपानी मन्त्रालयका प्रवक्ता रितेश शाक्यले बताए । आज बिहान ११ बजे पानी पठाउन थालिने उनले जानकारी दिए । सुरुङमा पानी पठाएर भरिएपछि सबै पानी बाहिर निकाल्न केही साता लाग्ने मन्त्रालयले बताउँदै आएको छ । उनले भने, “सुरुङको परीक्षण सफल भएपछि नै नियमितरुपमा मेलम्चीको पानी…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सेवा दलको तालिम प्राप्त युवा आजीवन रचनात्मक र अनुशासित रही देश र जनताको सेवाका लागि हरक्षण तत्पर रहनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सेवा दलको आयोजनामा आइतबार देखि जंगीअड्डामा सुरु भएको ‘‘स्वयं सेवक भूमिकामा एनसीसी क्याडेट ” विषयक सेमिनार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दलको तालिमलाई यथासम्भव वृद्धि गरिन पर्ने विचारसमेत राख्नुभयो । प्रधानमन्त्रीले समाज मानव आफैंले निर्माण गरेका धार्मिक, नैतिक र इमानको बन्धनमा बाँधिएको हुने बताउँदै यसबाट आत्मनियन्त्रित र अनुशासित भएर मानव सेवामा लाग्न राष्टिय सेवा दलले युवालाई प्रेरित गर्नुपर्ने बताउनुभयो । यस्तो भावनालाई बढाउन सके मात्र समाजमा देखा पर्ने अमानवीयता र…
