काठमाडौँ:
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सेवा दलको तालिम प्राप्त युवा आजीवन रचनात्मक र अनुशासित रही देश र जनताको सेवाका लागि हरक्षण तत्पर रहनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सेवा दलको आयोजनामा आइतबार देखि जंगीअड्डामा सुरु भएको ‘‘स्वयं सेवक भूमिकामा एनसीसी क्याडेट ” विषयक सेमिनार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सेवा दलको तालिमलाई यथासम्भव वृद्धि गरिन पर्ने विचारसमेत राख्नुभयो ।
प्रधानमन्त्रीले समाज मानव आफैंले निर्माण गरेका धार्मिक, नैतिक र इमानको बन्धनमा बाँधिएको हुने बताउँदै यसबाट आत्मनियन्त्रित र अनुशासित भएर मानव सेवामा लाग्न राष्टिय सेवा दलले युवालाई प्रेरित गर्नुपर्ने बताउनुभयो । यस्तो भावनालाई बढाउन सके मात्र समाजमा देखा पर्ने अमानवीयता र आपराधिक मनोवृत्तिलाई नियन्त्रण गर्न सकिने विचार पनि प्रधानमन्त्रीको थियो ।
‘प्राप्त सदाचार र अनुशासनको ज्ञानलाई कुनै गीतमा भनिए जस्तो ‘यो सब भन्ने कुरा न हो’ भन्ने ठान्छौं्र भने तालिमको कुनै अर्थ हुँदैन’, प्रधानमन्त्रीको भनाइ थियो ।
पुर्खाको गौरवपूर्ण इतिहास स्मरण गरेर मात्र नपुग्ने बताउँदै प्रधानमन्त्रीले त्यसलाई अनुशरण गर्दै वर्तमानमा काम गरिनुपर्ने समेत बताउनुभयो । राष्ट्रिय सेवा दलको तालिमले नेपाली युवालाई देशको विविधता र त्यस विविधता भित्रको एकताको भावना सिकाउँदै देशलाई आवश्यक पर्दा जुनसुकै बखत तयार रहने पंक्ति उत्पादन गर्ने भनाई पनि प्रधानमन्त्रीको थियो ।
सेवा दलको ५५ वर्षे इतिहासले यसलाई विभिन्न उमेर समूहका अल्मुनाइ बनाउने अवसर समेत दिएको भन्दै प्रधानमन्त्रीले यसमार्फत राष्ट्रिय एकताको भावना सुदृढ गर्न मद्दत मिल्नेसमेत बताउनुभयो ।
कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सेवा दल गठन भएदेखि हालसम्म ५१ हजार भन्दा बढी युवा दिक्षित भइसकेको जानकारी दिँदै यसको माग बढदो क्रममा रहेको बताउनुभयो । सेमिनारमा राष्ट्रिय सेवादलको कार्यक्रम मार्फत ‘राष्ट्रिय हित तथा राष्ट्र निर्माणको क्षेत्रमा पु¥याउन सकिने योगदानहरुको पहिचान र पुर्व क्याडेटहरुलाई ल्ऋऋ अल्मुनाई एसोसिएन नेपाल आवद्ध गरी प्रभावकारी परिचालन गर्ने उपायहरु गरी दुई विषयमा अलग अलग सत्रमा छलफल गरिएको थियो ।