Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई व्यावसायिक र प्रतिस्पर्धी कम्पनी बनाउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन । टेलिकमको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अबका दिनमा टेलिकमलाई कसरी अगाडि बढाउने भन्नेबारे समीक्षा गर्दै रुपान्तरण गरेर जानुपर्नेमा जोड दिए । उनले भने, “टेलिकमलाई विश्वमै नेतृत्वदायी कम्पनीका रूपमा विकास गर्नका लागि हिजोको प्रतिबद्धता पूरा भयो कि भएन, सबै हिसाबले समीक्षासहित दिगो र स्थायी कम्पनीका रूपमा अगाडि बनाउन रणनीति बनाएर जानुपर्छ ।” उनले जतिसक्दो चाँडो ग्रामीण क्षेत्रमा पूर्वाधारको विकास गरी गुनासो नआउने गरी सेवा प्रदान गर्नसमेत कर्मचारीलाई निर्देशन दिए । सरकारका प्रवक्ता गुरुङले सुखी…

Read More

काठमाडौं: धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ८.३४ बिन्दुले बढेर २ हजार ४७५.२६ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापक सोनसेटिभ परिसूचक १.६३ ले वृद्धि भई ४५४.०२ मा पुगेको छ । कूल २०१ कम्पनीको १ करोड ८७ लाख १९ हजार ४८९ कित्ता सेयर ७ अर्ब ६१ करोड ५० लाख ९७ हजार ४०९ मा खरिद बिक्री भए । कारोबार भएका १२ उपसमूह मध्ये साताको अन्तिम दिन बिहिबार ६ उपसमूहको सेयर ओरालो लागे भने ६ उपसमूहको सेयर भने उकालो लागे । बैंकिङ ७.४३, होटल २०.६५, विकास बैंक ६.३, वित्त १०.९७, जीवन बीमा ६९.२६ र सामूहिक लगानी कोष…

Read More

जनकपुर: नेकपाको प्रचण्ड–नेपाल समूहले गरेको आम हड्तालका क्रममा जनकपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा नेकपा नेता रामचन्द्र झाको टाउकोमा चोट लागेको छ । बन्द गराउन हिंडेका झाको समूहलाई प्रहरीले अवरोध गरेपछि झडप भएको थियो । झडपमा प्रहरीको लाठीबाट झाको टाउकोमा चोट लागेको हो । झालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेको विरोधमा आन्दोलनरत पुष्पकमल दाहाल तथा माधव नेपालको पक्षले बिहीवार आमहडतालको आह्वान गरेकोमा अर्थतन्त्रमा थप समस्या निम्तिने भन्दै निजीक्षेत्रले चिन्ता प्रकट गरेको छ । कोरोनाका कारण अर्थतन्त्र संकटमा परेका बेला आमहडतालले नराम्रो असर गर्ने बताउँदै बन्दहडताललगायत कार्यक्रमबाट मुलुकलाई थप संकटमा नधकेल्न नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले समस्त राजनीतिक दलहरूमा आग्रह गरेको छ । कोभिड–१९ महामारीका कारण संकटमा रहेको अर्थतन्त्रलाई राजनीतिक अस्थिरता र बन्दहडतालजस्ता गतिविधिले थप जोखिममा पार्ने भन्दी उनीहरूले चिन्ता प्रकट गरेका छन् । तीनओटै संगठनले संयुक्त वक्तव्य जारी गर्दै चालू आर्थिक वर्षको दोस्रो त्रैमासबाट…

Read More

काठमाडौं: निर्वाचन आयोगले सरकारले घोषणा गरेको २०७८ वैशाख १७ र २७ गतेको निर्वाचन गराउन ७ अर्ब ७ करोड रुपैयाँ खर्च आवश्यक पर्ने बताएको छ । आयोगको मंगलबार बसेको बैठकले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ अर्थ मन्त्रालयसँग माग गर्ने निर्णयसमेत गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार कोभिड-१९ को महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्दा मितव्ययीता अपनाउने गरी आयोगले कार्यविधि बनाएको छ । ‘विगतका निर्वाचनमा प्रयोग गरी हाल मौज्दातमा रहेका मतपेटिका लगायत विभिन्न उपकरण र सवारी साधनहरू मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएकोले नयाँ सामग्री, उपकरण र सवारी साधन खरिद गर्नेगरी बजेटमा समावेश गरिएको…

Read More

काठमाडौँ: प्रहरीले आमहड्ताल आयोजना गर्ने नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका नेता कार्यकर्तालाई नियन्त्रण लिएको छ। नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, केन्द्रीय कमिटी सदस्य अमृता थापासहित नेता कार्यकर्तालाई प्रहरी कलंकी बाट पक्राउ गरेको केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिएका छन्। बन्दकर्ताले गोंगबुमा ट्याक्सीमा आगजनी गरेका छन्। बिहीबार बिहान प्रदेश ३-०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए। अहिलेसम्म बन्द गराउँदै हिँड्ने ५६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले बिहीबार देशव्यापी आमहड्ताल आह्वान गरेको छ। आमहड्तालका लागि बुधबार साँझ उक्त समूहका भातृ संगठनहरू…

Read More

काठमाडौँ: संवैधानिक निकायमा भएको पदाधिकारी नियुक्तिको विरोधमा नेकपाको दाहाल-नेपाल समूहले आज आमहड्ताल घोषणा गरेको छ । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवं गैरकानूनी ढंगले गरिएका नियुक्ति तत्कालै बदर गर्नु पर्ने मागसहित दाहाल-नेपाल समूह आमहड्तालमा उत्रिएको हो । आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्दको घोषणा गरिएको छ । आमहड्तालका कारण मुलुकभर यातायातका साधन फाट्फुट्ट मात्र चलेका छन् । लामो दूरीका सवारी साधन सञ्चालनमा नआए पनि छोटो दूरीका सवारीसाधन भने फाट्फुट्ट मात्रै चलेको ट्राफिक प्रहरीले जनाएको छ । दाहाल-नेपाल समूहका कार्यकर्ता बिहानैदेखि बन्द गराउन सडकमा निस्किएका छन् । काठमाडौँका विभिन्न स्थानमा बिहानै यातायात अवरूद्ध पार्न खोजेपछि प्रहरीले ४० जनालाई पक्राउ…

Read More

काठमाडौँ: नेपाल डेरी एशोसिएशनले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्रिए किसानमात्र नभई राष्ट्र नै प्रभावित हुने जनाउँदै देशको अर्थतन्त्र भरथेग गर्दैै आएको कृषि क्षेत्रमा वैदेशिक लगानी अनुपयुक्त भएको बताएको छ । एशोसिएशनले आज विज्ञप्ति निकालेर कृषि आधारित उद्योगले बहुराष्ट्रिय कम्पनीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने र अन्ततः ती धराशायी हुने चिन्ता व्यक्त गर्दै कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । माहुरीपालनमा चार अर्ब, माछापालनाम ११ अर्ब, डेरी उद्योगमा ३० अर्ब, ‘पोल्ट्री’मा एक खर्ब २५ अर्ब केराखेतीमा तीन अर्ब लगानी भएको तथा ३५ लाखभन्दा बढी किसान तथा श्रमिक मुलकको कृषि क्षेत्रमा आश्रित भएकाले राष्ट्रिय कृषि अर्थतन्त्रलाई जोगाउन कृषिका प्राथमिक…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने योजनाका साथ कांग्रेस सभापति शेर बहादुर देउवाकहाँ ‘ल्याप्चे लगाउन’ आफ्नै दलका नेताहरु गएको आरोप लगाएका छन। बुधबार नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माधवकुमार नेपालले दुई वर्षका लागि प्रधानमन्त्री बन्न प्रस्ताव गर्दै देउवासमक्ष ल्याप्चे लगाउन गएको आरोप लगाएका हुन । ओलीले सर्वहाराको गफ दिएर, कम्युनिष्ट पार्टीको गफ दिने काम माधव नेपालले गरेको भन्दै अहिले उनीहरुको मुकुण्डो खुइलिएको तर्क गरे । उनले जनतालाई दुःख दिने नियतले बन्द आह्वान गरेको बताए । जनतालाई दुःख दिने कुनै पनि गतिविधि स्वीकार्य नहुने भन्दै यस्तो काम नगर्न समेत उलने सुझाव…

Read More

काठमाडौँ: सत्तारुढ दल नेकपा विभाजनको असर शेयर बजारमा देखिएको छ । नेकपाबाट विभाजित प्रचण्ड-माधव समुहले बिहीबार आमहड्ताल गर्ने सूचना प्रवाहित भएपछि बुधबार सुरुवातदेखि नै ओरोलो लाग्न थालेको नेप्से ६.८१ अंकले घटेर बन्द भएको छ । दिउँसो २ बजे आमहड्ताल घोषणा गर्ने समय सार्वजनिक भएसँगै बुधबार सोही बेला नेप्से दिनभरिकै न्यूनतम बिन्दु २४५८ बिन्दुसम्म झरेकोमा बजार बन्द हुँदासम्म न्यूनतम बिन्दुभन्दा ८ अंकले बढेर बन्द भएको हो । प्रतिनिधिसभाको असंवैधानिक विघटन र संवैधानिक नियकामा सिफारिस गरिएकाहरुलाई शपथ ग्रहण गराएर सरकारले काममा खटाएपछि नेकपाको दाहाल नेपाल समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो । सो समुहले पुर्व निर्धारित कार्यक्रमलाई परिमार्जन गरेर…

Read More