Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सिभिल लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो। लघुवित्तले गत साउन २५ गतेदेखि चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको एक बराबर एकको अनुपातमा ११ लाख ४१ हजार १४० कित्ता हकप्रद शेयर बिक्री गरेको हो। लघुवित्तले साधारण सभा हकप्रद निष्काशनका लागि एकैपटक असार १५ गते बुकक्लोज गरेकाले १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन्। हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत सि आश्वा प्रणाली तथा मेरो शेयर मार्फत अनलाईबाट आवेदन दिन सकिन्छ। …
काठमाडौँ: मनसुनको न्यून चापीय रेखाको प्रभावले विभिन्न ४ प्रदेशमा अहिले मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नम्बर १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा वर्षा भइरहेको छ । दाङको बेलझुण्डी, तुल्सीपुर र बाँके जिल्लाका आसपासका क्षेत्रमा गएराति ३ घण्टासम्म भारी वर्षा तर्कता अपनाउन बाढी सूचना केन्द्रले आह्वान गरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कर्णाली बाहेकका सबै प्रदेशमा भारी वर्षाको सम्भावना छ । प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । यस्तै…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राख्दै अभिभावकत्व प्रदान गर्ने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको पनि स्मरण गराए । ‘बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने यस सरकारको प्रतिबद्धता छ’, प्रधानमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ । प्रधानमन्त्री ओलीले बालबालिकाको शारीरिक र मानसिक विकासका लागि…
काठमाडौँ:काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् । भदौ १५ गते कोरोना पुष्टि भएका शाक्यको दोस्रो रिपोर्ट नेगेटिभ आएको हो । परीक्षणका लागि स्वाव शनिबार दिएको र आज नेगेटिभ रिपोर्ट आएको हो । अब केही दिन निवासमै आरामपछि उनी नियमित काममा फर्किने उनको सचिवालयले जनाएको छ । कोरोना संक्रमण भएपछि शाक्य केही दिन घरमा र त्यसपछि होटल सोल्टीको आइसोलेशनमा बसेका थिए । शाक्य होटल आइसोलेशनमा बसेकोबारे विभिन्न टिकाटिप्पणी समेतभएको थियो ।
काठमाडौं: कतार एयरवेजले काठमाडौंबाट साताको तीन उडान गर्ने जानकारी दिएको छ । एयरवेजले सेप्टेम्बर ५ देखि सुरु गरेको उडानलाई पुरानै तालिकाअनुसार सञ्चालन गर्ने घोषणा गरेको हो । काठमाडौंबाट कतार एयरवेजको बोइङ ७८७ ड्रिमलाइनर बिमान र एयरबस ए ३२० एयरक्राफ्टले उडान गर्नेछन् । ती उडानमा सरकारको निर्देशन अनुसार नेपाली नागरिक, संयुक्त राष्ट्र विशेष संगठन, विकास परियोजनाका साझेदार तथा नेपालमा कार्यरत सबै दूतावासका कर्मचारीले यात्रा गर्न पाउनेछन् । साथै, नेपाल आउने सबै यात्रीले निर्धारित उडान समयको ७२ घण्टा भित्र गरिएको आरटी–पीसीआर परीक्षणको नेगेटिभ रिपोर्टको साथै अनलाइन फारम पूरा गरेको हुनुपर्ने एयरवेजले जनाएको छ ।
काठमाडौं: प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता शुरु भएको छ । भेटवार्तामा स्थायी कमिटी बैठकका निर्णयहरु कार्यान्वयन गर्नेबारे छलफल हुने बताइएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकले आगामी कार्ययोजना तयार पारेको थियो । स्थायी कमिटी बैठकले एउटा अध्यक्षले पूरै कार्यकाल सरकार चलाउने अर्का अध्यक्षले पार्टीको सम्पूर्ण काम गर्ने, एमसीसीलाई परिमार्जन गरी अनुमोदन गर्ने लगायतका निर्णय गरेको थियो । पार्टीभित्र देखिएको आन्तरिक विवाद मिलेपछि स्थायी कमिटी बैठक बसेको थियो ।
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ को भूकम्पबाट थङ्थिलो बनेको सिन्धुपाल्चोक लगातार पहिराको जोखिममा परिरहेको र आज फेरि त्यसबाट जनधनको क्षति भएकामा दुःख व्यक्त गर्नुभएको छ । राष्ट्रपतिले आज साँझ ट्वीट गरी भौगोलिक संवेदनशीलताको अध्ययन गरेर जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।
काठमाडौँ: कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउन दिइएको दोस्रो साइत पनि नमिलेको भन्दै ज्योतिषीले आपत्ति जनाएका छन् । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथलाई बुङ्मती भित्र्याउने साइत भदौ २६ गते शुक्रबार दिइएकामा ज्योतिषीले नमिलेको भनी प्रतिक्रिया दिएपछि भदौ २९ गतेको दोस्रो साइत सार्वजनिक गरिएको थियो । भदौ २९ गते सोमबार द्वादशी तिथि र तिष्य नक्षत्र छ । ज्येष्ठा नक्षत्रले तिष्य नक्षत्रलाई बेध गरेकाले यस्तो समयमा शुभकार्य गर्न नमिल्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) का सम्पादकको भनाइ छ । भदौ २९ गते सोमबार दिउँसो १ः२४ सम्म तिष्य नक्षत्र छ । रातो…
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा पाँच सय ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार काठमाण्डौमा चार सय ८३ जना, भक्तपुरमा ८१ जना र ललितपुरमा ३३ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । आइतबार काठमाण्डौमा उपत्यकामा पाँच सय ९७ सहित देशैभर एक हजार ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
काठमाडौं : सरकारले कोरोना भाइरस परीक्षणका लागि गरिने पीसीआरको शुल्क घटाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले अब सरकारी तथा नीजि प्रयोगशालाले पीसीआर परीक्षण वापत अधिकतम दुई हजार रुपैयाँमात्रै लिन पाइने जानकारी दिए। सरकारले सुरुमा पीसीआर शुल्क ५५ सय तोकेको थियो। उक्त शुल्कलाई परिमार्जन गर्दै यही भाद्र दोस्रो साता ४४ सयमा झारेको थियो। आइतबारबाट उक्त शुल्कमा २४ सय घटाएर सरकारले अधिकतम मुल्य २ हजार तोकेको हो। ुकोभिड(१९ को पिसीआर परिक्षण शुल्क सबै प्रयोगशालाहरुका लागि सबै शुल्क सहित अधिकतम दुई हजार तोकिएको छ,ु प्रवक्ता गौतमले भने।
