Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेकपाको स्थायी समिति बैठकले पार्टीको सचिवालयको सुझाव र दुई अध्यक्षको परामर्शमा सरकार सरकार सञ्चालन हुनुपर्ने निष्कर्ष निकालेको छ। ‘आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णय लिँदा पार्टीको मार्गनिर्देशनअनुसार गर्नुपर्ने आजको बैठकले निष्कर्ष निकालेको छ,’ पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि भने, ‘त्यसैगरी कुनै नीति, विधेयक तयार गर्दा तिनका सैद्धान्तिक पक्षबारे पार्टीका केन्द्रीय कमिटी, स्थायी कमिटी वा सचिवालयमा छलफल गर्ने निष्कर्ष समेत बैठकले गरेको छ।’ अध्यक्षद्वय केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको सहमतिका १५ बुँदालाई पारित गर्दै सत्तारुढ दल नेकपाको स्थायी समितिको बैठक सकिएको छ। बैठकले पार्टी अब महाधिवेशन आयोजनामा केन्द्रित हुने निर्णय गरेको छ। असार…

Read More

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ४९ हजार २१९ थियो ।

Read More

काठमाडौं:  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । असार १० गतेदेखि बसेको बैठक आज टुंगिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । आजको बैठकले १३ स्थायी कमिटी सदस्यले आ आफ्नो धारणा राखेको श्रेष्ठले बताए । अध्यक्षद्वयले राखेको प्रस्तावमा स्थायी कमिटी सदस्यले धारणा राखेको बताउँदै श्रेष्ठले सदस्यको धारणा प्रस्तावमा समावेश गरिने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएको उनले जानकारी दिए । असार १८ गतेदेखि अवरूद्ध रहँदै आएको नेकपा स्थायी कमिटीको बैठक शुक्रबार बालुवाटारमा भएको हो । यसअघि असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघको रोकिएको निर्वाचन र साधारण सभा दशैंँ अघि नै गर्न सकिने गरी प्रतिवेदन तयार भैसकको छ। कोरोना संक्रमणको समयमा पनि भर्चुअल विधि अपनाएर पनि निर्वाचन गर्न सकिने गरी महासंघले गठन गरेको कार्यदलले प्रतिवेदन दिइसकेको छ। यो प्रतिवेदनलाई आधार मानेर आगामी सोमबार महासंघको पदाधिकारी बैठक राख्ने तयारी भएको हो। यहि भदौ २२ गते कार्यदलले बुझाएको प्रतिवदेन र प्रतिवेदनले औँल्याएको मोडालिटमा रहेर पदाधिकारी बैठक तयारी भैरहेको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन्। ‘कार्यदलले प्रतिवेदन बुझाइसकेको हुँदा त्यसमा छलफल गर्न बैठक छिटो भन्दा छिटो राख्ने कुरामा सबै सहमत नै छौं’ अध्यक्ष राणाले भनिन् ‘केही पदाधिकारीहरु उपत्यका…

Read More

काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन्। शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकको सुरुमै प्रधानमन्त्री ओलीले आफ्ना कुरा राखेर बाहिरिएका हुन्। नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओली सहमतिमै बैठकको सुरुमा आफ्ना कुरा राखेर बाहिरिएका हुन्। ‘उहाँ (प्रधानमन्त्री) बैठक सुरु हुने बित्तिकै आफ्ना कुरा राखेर म गएँ है भनेर बाहिरिनु भयो’, स्रोतले भन्यो। बैठकअघि आजै प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो। पार्टीभित्र देखिएको विवादका कारण गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक अझै सकिएको छैन।

Read More

काठमाडौं: पछिल्लो एक दशकमा नेपालमा ४० लाख रोजगारी सिर्जना भएको विश्व बैंकले तयार पारेको एक रिपोर्टमा उल्लेख गरेको छ । नेपालको ठूलो जनशक्ति कृषिबाट अन्य क्षेत्रमा आकर्षित हुँदै गएको र यसले रोजगारी सिर्जना हुने संख्या बढाएको रिपोर्टमा उल्लेख छ । रिपोर्टमा सबैले गुणस्तरीय जागिर भने पाएका छैनन । त्यसमध्ये पनि महिलाहरुले कम गुणस्तरीय जागिर पाएको उल्लेख छ । पछिल्लो दशकमा ठूलो संख्यामा पुरुषहरु निर्माण क्षेत्रमा काम गर्न थालेका छन् भने उत्पादनमूलक उद्योग, व्यापार र यातायातको क्षेत्रमा पनि काम गरिरहेका छन् । त्यसका साथै ठूलो संख्यामा उनीहरु वैदेशिक रोजगारीका लागि समेत गएका छन् । यद्यपि यसमध्ये कैयन मानिसहरु अनौपचारिक क्षेत्रमा…

Read More

पोखरा: कोरोना भाइरसका विषयमा अफवाह फैलाएको भन्दै प्रहरीले पोखरामा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार, पर्वतको मोदी गाउँपालिका – ७ घर भई कास्कीको पोखरा बस्ने २९ वर्षीय ईश्वर रिमाल र चितवन भरतपुर घर भई पोखरा बस्ने २२ वर्षीय निरज लम्साललाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जिवन श्रेष्ठका अनुसार पीसीआर टेस्टको रिपोर्ट उलटपुलट गरी सामाजिक सञ्जालमा पोस्ट गरेर अफवाह फैलाएको भन्दै उनीहरुलाई पक्राउ गरिएको हो । अहिले दुवै जनाविरुद्ध झुठो अफवाह फैलाउन नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट सात दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शुरु भएको छ । झण्डै डेढ महिनादेखि स्थगित बैठक आज (शुक्रवार) बालुवाटारमा बसेको हो । आन्तरिक विवादका कारण लामो समयसम्म बैठक बस्न सकेको थिएन । आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले तयार पारेको पार्टी र सरकार सञ्चालनसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ । १५ बुँदे उक्त प्रस्ताव आजै पारित गर्ने पनि तयारी छ । पार्टीभित्र आन्तरिक विवाद चुलिएपछि लामो समयसम्म स्थायी कमिटीको बैठक बस्न सकेको थिएन । बैठकमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय उठेपछि बैठक नै स्थगित हुँदै आएको थियो । साउन १३ गतेपछि अनिश्चितकालका…

Read More

काठमाडौँ: राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ । अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ । हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत छ । कोभिड–१९ महामारी नभइदिएको भए यो विमानस्थल यतिखेर व्यावसायिक सञ्चालनमा व्यस्त हुनेथियो । कोभिडले आयोजना निर्माणको प्राविधिक काममा विलम्ब भएको छ । अन्य भौतिक संरचनाका काम बन्दाबन्दीको अवधिमा पनि निरन्तर भए । विमानस्थलको प्राविधिक काम मात्रै बाँकी छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले प्रविाधिक काम निकै चुनौतिपूर्ण रहेको…

Read More

काठमाडौँ: नक्कली प्रेस कार्ड छाप्ने तीन जनालाई प्रहरीले बागबजारबाट पक्रेको थियो । पक्राउ परेका मध्ये एकजनाको कोरोनाभाइरस रिपोर्ट पोजेटिभ आयो । भदौ २२ मा तेह्रथुमका लक्ष्मण न्यौपाने, बर्दियाका श्रीराम खड्का र नवलपरासी घर भएका रमेश रेग्मीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो । कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा उनीहरुलाई पक्राउ गर्ने मध्येका दुईजना प्रहरीलाई कोरोनाभाइरस देखिएको छ । महाशाखामा कार्यरत एक प्रहरी सहायक निरिक्षक ९असई० र एकजना हवल्दारलाई कोरोना देखिएको छ । उनीहरुलाई नेपाल प्रहरी अस्पतालको आइसोलेशनमा पठाईएको अपराध महाशाखाका एक अधिकृतले रातोपाटीलाई बताए । उनीहरु दुई जनासहित अपराध महाशाखाका ७ जना प्रहरी संक्रमित छन् । महाशाखाबाट वृत…

Read More