काठमाडौँ: सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन्।
शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकको सुरुमै प्रधानमन्त्री ओलीले आफ्ना कुरा राखेर बाहिरिएका हुन्।
नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओली सहमतिमै बैठकको सुरुमा आफ्ना कुरा राखेर बाहिरिएका हुन्। ‘उहाँ (प्रधानमन्त्री) बैठक सुरु हुने बित्तिकै आफ्ना कुरा राखेर म गएँ है भनेर बाहिरिनु भयो’, स्रोतले भन्यो।
बैठकअघि आजै प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो।
पार्टीभित्र देखिएको विवादका कारण गत असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक अझै सकिएको छैन।
