Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: लगातार परेको अविरल वर्षाका कारण देशभर ५ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार ५ जनाले ज्यान गुमाउँदा १४ जना बेपत्ता भएका छन् । ‘सिन्धुपाल्चोकमा सात जना र जाजरकोटमा सात जना बेपत्ता भएका छन्,’ प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले भने । बाढीले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ । बुधवार साँझसम्म मृतकको पहिचान खुल्न सकेको छैन । पाल्पा, कास्कि र डोटीमा एक–एक जनाको मृत्यु भएको छ । बुधवार साँझसम्म देशभर २२ ठाउँमा बाढी र पहिरोले क्षती गरेको छ । बाढी र पहिरोबाट २६ जना घाइते भएका विपद् न्यूनिकरण…

Read More

काठमाडौं, असार ३: कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ । प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राती अबेरसम्म बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन…

Read More

काठमाडौँ: पार्टीको कार्यकारिणी समितिमा अल्पमतमा परेपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूनिकट १७ जनालाई मनोनित गरेका छन्। ठाकुरले आफू निकट ११ र अर्का नेता राजेन्द्र महतो निकट ६ जनालाई कार्यकारिणी समितिमा मनोनित गरेका हुन्। महन्थ ठाकुर पक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि जसपा विभाजनको डिलमा पुगेको छ। ठाकुर पक्ष अहिले ओली नेतृत्वको सरकारमा सहभागी छ भने पार्टी अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्ष विपक्षी गठबन्धनमा सहभागी छन्। ठाकुरले यादवनिकट कार्यकारिणी समितिका सदस्यलाई हटाएर त्यसको ठाउमा आफूनिकट नेतालाई मनोनित गरेका हुन्। जसपामा दुई अध्यक्ष रहने व्यवस्था भने उनले कायमै राखेका छन्। ठाकुरले पहिलो अध्यक्षमा आफ्नो…

Read More

काठमाडौँ: महाकाली नदी तटीय क्षेत्रमा भारतबाट भइरहेका ज्यादती रोक्नका लागि कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्रलाई पत्र पठाएको छ । नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी निर्माणाधीन धार्चुला–लिपुलेक सडक विस्तारका क्रममा चट्टान खसेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङ र कल्जु जोड्ने नेपालतर्फको बाटो भत्किएपछि गृहले सीमा क्षेत्रमा भएका यस्ता गतिविधि रोक्नका लागि कूटनीतिक माध्यमबाट पहल गर्न मंगलबार परराष्ट्रलाई पत्र पठाएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ। पत्रमा दार्चुलाको व्यासस्थित कोठेधारबाट टिंकरसम्म ८७ किमि सडक निर्माणको काम सुरु हुन लागेको र यसक्रममा विस्फोट गर्दा नदी किनारका दुवैतर्फ असर पर्न सक्ने भन्दै यसलाई समेत दुवै देशका प्रतिनिधिबाट समाधान खोज्ने गरी पहल…

Read More

म्युनिख: म्याट्स हुमेल्सको आत्मघाती गोलमा फ्रान्सले युरो- २०२० मा जर्मनीलाई १–० ले हराएको छ । हुमेल्सले २० औं मिनेटमा बललाई आफ्नै पोस्टमा प्रहार गरे र यो नै निर्णायक गोल रह्यो । दुई युरोपेली महाशक्तिबीचको खेलमा जितका लागि फ्रान्स भने पूर्णत: हकदार रह्यो । दोस्रो हाफमा केयलिन एमबापे र करिम बेन्जेमाको गोललाई अफ साइडका कारण मान्यता दिइएन ।

Read More

काठमाडौँ: आज (बुधबार) पनि देशका अधिकांश स्थानमा हल्कादेखि धेरै भारीसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही दिनयता देशभरजसो लगातार वर्षाका कारण बाढी तथा पहिरोले मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा विध्वंस मच्चाइरहेको छ। अहिले (बुधबार बिहान) पनि गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको महाशाखाले जनाएको छ। यस्तै आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म् र कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावन रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशको थोरै स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिन माग गरेको छ। महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोलीले स्वास्थ्य तथा जनसंख्यामन्त्री शेर बहादुर तामाङसँग भेट गरी कोरोना भाइरसविरुद्ध खोपको व्यवस्था गर्न माग गरेको हो। महासंघको टोलीले अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका उद्यमी व्यवसायी/श्रमिक/कामदार/कर्मचारीलाई पहिलो प्राथमिकतामा राखेर कोभिड १९ विरुद्धको खोप उपलब्ध गराउन माग गरेको हो। सो अवसरमा महासंघका तर्फबाट समग्र अर्थतन्त्रलाई चलायमान बनाउने निजी क्षेत्रका उद्यमी व्यवसायीले निषेधाज्ञा र बन्दाबन्दीका समयमा अग्रभागमा रहेर उपभोग्य वस्तुहरूको निर्वाध उत्पादन र वितरणका लागि काम गरीरहेकाले यो क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइयो। जीर्ण भएको अर्थतन्त्रको चक्का चलाउन, अर्थतन्त्रलाई लयमा फर्काउन र…

Read More

काठमाडौं: सर्वोच्च अदालतले बन्दाबन्दीकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ । मंगलबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले यसअघि बन्दाबन्दी सकिएको ३० दिनभित्र कर उठाउन भनी सर्वोच्च अदालतले नै दिएको अन्तरिम आदेश खारेज गरिदिएको हो । सर्वोच्चले आर्थिक ऐन २०७७ को दफा १९ अनुसार आवागमनमा अवरोध, विपदलगायतको कारणले कर तिर्न समस्या भएमा अर्थ मन्त्रालयले वाधा अड्काउ फुकाउ गर्न सक्ने व्यवस्था भएकाले कर तिर्ने विषयमा छुट्टै आदेश गर्नु नपर्ने निश्कर्ष निकालेको छ । मंगलबारको आदेशमा सर्वोच्चले ‘अर्थ मन्त्रालयले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम निर्णय गरी प्रकाशित गर्ने सूचनामा उल्लेख भएको अवधिसम्मको लागि मात्र कर विवरण…

Read More

काठमाडौँ: सिन्धुपाल्चोकको हेलम्बुमा मंगलबार साँझ आएको बाढी र पहिरोले कम्तीमा चार जना बेपत्ता भएका छन् । हेलम्बु बजार क्षेत्रका ३ पुरुष र १ महिला गरी चार जना बेपत्ता भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिए । यद्यपि स्थानीयले भने मंगलबार साँझ मेलम्ची (इन्द्रावती)मा आएको बाढीले प्रहरीले बताएको संख्याभन्दा धेरै हताहती भएको बताउने गरेका छन् । प्रहरीका अनुसार बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क विच्छेद भएको छ । मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगेको छ । ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन् । ‘बिभिन्न ठाउँका पुल र सडक बगेपछि अहिले यातायात सम्पर्क विच्छेद छ,’ डिएसपी…

Read More

काठमाडौँ: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको अनुमानित बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले चालु आव भन्दा ३ अर्ब आकार घटाएर बजेट प्रस्तुत गरेका हुन्। जसमा चालुतर्फ ३५ प्रतिशत अर्थात् १० अर्ब ६६ करोड ९ लाख ३ हजार र पूँजीगततर्फ ५८ दशमलव २ प्रतिशत अर्थात् १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार विनियोजन गरिएको छ। प्रदेश सरकारले कोरोनालगायतका अन्य महामारी नियन्त्रणलाई केन्द्रमा राखेर ल्याएको बजेटमा स्वास्थ्य क्षेत्र बाहेक अन्य विषयगत मन्त्रालयसँग सम्बन्धित कार्यक्रमहरू अधिकांश पुरानै छन्। स्वास्थ्य र सामाजिक विकासतर्फ…

Read More