Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नेपाली कांग्रेसलगायत प्रतिपक्षी दलहरूले अविश्वास प्रस्ताव ल्याउन सक्ने सम्भावनाबारे आज बालुवाटारमा छलफल भएको छ। एमाले महाधिवेशन आयोजक कमिटीको आइतबारको बैठकमा अविश्वास प्रस्ताव आउन सक्नेबारे छलफल भएको हो। एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेको छ। ‘अविश्वास प्रस्ताव ल्याउने कोसिस भइरहेको छ। प्रतिपक्षले ल्याउने कुरा त धेरै ठूलो कुरा भएन। तर कर्णालीकै जस्तो विभिन्न ठाउँमा ‘फ्लोर क्रस’ गराउन पनि प्रयास हुँदै गरेका छन्, तीबारे आवश्यक जानकारी लिइरहेको र यसबारे पछि निर्णय गर्ने गरी छलफल भएको छ,’ बालुवाटारमा उनले पत्रकारहरूसँग भने। एमालेमा माधवकुमार नेपाल पक्षले समानान्तर गतिविधि…

Read More

काठमाडौं : प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले दिएको निर्देशनविपरित नेपाली सेनाले काठमाडौं-तराई/मधेश द्रुतमार्गअन्तर्गतको सुरुङमार्गको ठेक्का चिनियाँ कम्पनी पोली चङ्दालाई सुम्पेको छ । गत चैत १९ मा लेखा समितिले दोस्रो प्याकेजका लागि पूर्वयोग्यतामा छनोट भएको पोली चङदा इञ्‍जिनियरिङको छनोट रद्द गरी नयाँ प्रक्रियामा सुरु गर्न निर्देशन दिएको थियो । प्याकेजको बोलपत्र भर्ने म्याद नसकिँदै एक दिनअघि लेखा समितिले यस्तो निर्देशन दिएको थियो । तर, सेनाले आइतबार (आज) उहीँ पोली चङदालाई ठेक्का दिने सूचना जारी गरेको छ । सेनाले २० करोड ८५ लाख ७६ हजार ९ सय ३१ अमेरिकी डलरमा कम्पनीलाई ठेक्का दिएको छ । सेनाले लेखा समितिको निर्देशनको अवज्ञा गरे पनि…

Read More

काठमाडौँ: नेपाली सेना साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्ड भएको नयाँ संरचनामा जाने भएको छ । अब सेनामा चार कमान्ड हुनेछन् । पूर्वमा कोसी नदीको बहावका आधारमा पूर्वी कमान्ड, गण्डकी नदीको बहावका आधारमा मध्य कमान्ड र कर्णाली नदीको बहावको आधारमा पश्चिम कमान्ड हुनेछन् । उपत्यकामा भने रणनीतिक महत्त्वको आधारमा उपत्यका कमान्ड हुनेछ । मन्त्रिपरिषद्ले फागुनमा सेनाको नयाँ संरचना कार्यान्वयनमा लान स्वीकृति दिएपछि नयाँ संरचना बन्न लागेको हो । अहिले सैनिक मुख्यालयपछि सात प्रदेशमा सात पृतना र उपत्यकामा एउटा पृतना गरी आठ पृतना छन् । अब सबै पृतना खारेज हुनेछन् । पृतनाको नेतृत्व दुईतारे जर्नेल (उपरथी) ले गरिरहेका छन् । अब कमान्डको नेतृत्व पनि उपरथीले…

Read More

काठमाडौँ: चीनले भारतलाई कोरोनाभाइरसको महामारीविरूद्ध लड्न सहयोग गर्ने प्रस्ताव गरेको छ। यी दुई मुलुकबीच सीमा विवादका कारण केही समयदेखि तिक्ततापूर्ण सम्बन्ध जारी छ। पछिल्लो समय भारत कोभिड-१९ को संसारकै हटस्पट बनेका बेला छिमेकी चीनले सहयोग गर्ने प्रस्ताव गरेको हो। ‘कोरोनाभाइरसविरूद्धको लडाइँमा चिनियाँ सरकार भारतीय जनता र सरकारको पक्षमा छ। भारतको आवश्यकताअनुसार चीन सरकार सहयोग गर्न तयार छ। यस विषय भारतीय पक्षसँग कुराकानी पनि भइरहेको छ,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भनेका छन्। एकातिर दैनिक साढे ३ तीन लाख संक्रमित थपिइरहेका र अर्कातिर अमेरिकाले खोप बनाउन चाहिने सामग्रीको आपूर्ति रोकेका बेला भारतलाई चीनले सहयोगको प्रस्ताव राखेको हो। भारतमा अहिलेसम्म चीनले…

Read More

काठमाडौँ: आइतबार नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ। केन्द्रीय समितिको बैठक बस्नुअघि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। समसामयिक राजनीति, राष्ट्रिय सभाको एक सदस्य चुन्न जेठ ६ मा हुने उपनिर्वाचनलगायत विषयमा छलफल गर्न भोलि सोमबार कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ। त्यसअघि आज दिउँसो २ बजे सभापति देउवाको निवास (बूढानीलकण्ड) पदाधिकारी बैठक बस्न लागेको कांग्रेस नेताले बताएका छन्। बैठक कांग्रेसको १४औं महाधिवेशन तयारीबारेमा केन्द्रित हुने बताइएको छ। सोमबार बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न पनि आज पदाधिकारी बैठक बस्न लागेको हो।

Read More

काठमाडौँ: २०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु पारेर गएको विनाशकारी भूकम्पको ६ वर्ष पूरा हुँदैछ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भुकम्प गएको ६ वर्षमा पुनर्निर्माण सन्तोषजनक रहेको दावी गरेको छ। प्राधिकरणले चालू आर्थिक वर्षभित्र आधारभूत संरचनाहरुको पुनर्निर्माण सम्पन्न गर्ने र बाँकी रहेका कामहरु सम्बन्धित निकायहरुलाई हस्तान्तरण गर्ने जनाएको छ। प्राधिकरण स्थापना भएको ६४ महिनामा पुनर्निर्माण र पुनर्स्थापनाको प्रमुख क्षेत्र निजी आवासमा ९३ प्रतिशतको उपलब्धि प्राप्त भएको छ। अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १०४ अर्थात् झण्डै ९३ प्रतिशत पुगेको प्राधिकरणले जानकारी दिएको छ। पहिलो किस्ता वितरण ९९.८६…

Read More

भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ । शनिबार भारतमा सर्वाधिक ३ लाख ४८ हजार ९ सय ७९ मानिसहरुमा कोरोनाको पुष्टि भएको छ । हालसम्म एक दिनमा भेटिएको संक्रमितको यो आँकडा सबैभन्दा धेरै हो । भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी संक्रमित भेटिएको हो । यो समयमा २ लाख १५ हजार ८०३ मानिसहरुले कोरोनालाई मात पनि दिए । यस्तै, मृतकको आँकडाको कुरा गर्ने हो भने एक दिनमा २७६१ मानिसहरुको कोरोनाका कारण ज्यान गुमेको छ । सबैभन्दा धेरै महाराष्ट्रमा मृत्यु भएको छ । यहाँ ६७६ मानिसहरुले ज्यान गुमाएका छन् । यस्तै दिल्लीमा ३५७ को मृत्यु भएको छ ।…

Read More

काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बस्दै छ । आइतबार बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको नेता कर्णबहादुर थापाले रातोपाटीलाई जानकारी दिए । उनले भने, ‘हिजो (शनिबार) साँझ शीर्ष नेताहरुबीच बालुवाटारमा छलफल भएको थियो । छलफलपछि आज विहान १० बजेका लागि आकस्मिक बैठक बोलाइएको हो ।’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले बैठकको एजेण्डाबारे भने कुनै जानकारी नपठाएको उनको भनाइ छ । ‘आकस्मिक बैठक भएकाले एजेण्डाबारे केही जानकारी आएको छैन । केही महत्वपूर्ण निर्णय लिनुपर्ने भएकोले बैठक बोलाइएको होला,’ थापाले भने शुक्रबार बसेको आयोजक कमिटीको बैठकले कर्णालीमा फ्लोर क्रस गर्ने चार…

Read More

नेदरल्याण्ड्समाथि सानदार जित निकाल्दै नेपालले काठमाडौंमा सम्पन्न त्रिकोणात्मक टी-२० शृंखलाको उपाधि उचालेको छ। नेदरल्याण्ड्सलाई १४२ रनले पराजित गर्दै नेपालले घरेलु मैदानमा पहिलो पटक भएको सिरिजको उपाधि उचालेको हो। ncell टी-२० अन्तर्राष्ट्रियमा आजसम्मकै विशाल २ सय ३९ रनको योगफल तयार परेको नेपालले नेदरल्याण्ड्सलाई ९६ रनमा समेट्दै उपाधिमाथि कब्जा जमायो। फाइनलमा नेपाली बलरहरु हावी भएपछि नेदरल्याण्ड्स उक्त स्कोरमा समेटिएको हो। लगातार विकेट पतनका कारण दबाबमा आएका नेदरल्याण्ड्सका ब्याट्सम्यानहरु खुलेर खेल्न सकेनन्। नेपालका करण केसीले ३ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले ११ रन खर्चे। नेपालका लेगस्पिनर सन्दीप लामिछानेले २ विकेट लिए। उनले आफ्नो स्पेलमा २६ रन खर्चे। सबस्टीयन ब्रटले जोडेको…

Read More

काठमाडौँ: भुकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्मित धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गरेका छन्। सुन्धारास्थित धरहरा परिसरमा विशेष कार्यक्रमका बीच प्रधानमन्त्रीले नवनिर्मित २२ तले धरहराको उद्घाटन गरेका हुन्। २०७२ वैशाख १२ को भूकम्पका कारण क्षतिग्रस्त भएको ९ तले धरहराकै स्वरुपमा अहिले २२ तलाको धरहरा बनाइएको हो। करिब तीन अर्ब ४८ करोडको लागतमा निर्माण भएको धरहराको पूरा क्षेत्र ४२.२ रोपनीमा फैलिएको छ। तर सुन्धाराको बिस्तारित क्षेत्रमा समेटिने वरपरको बगैँचासहितको भाग भने बिस्तारै निर्माण हुँदै जाने जनाइएको छ। गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाइने छ। त्यहाँ पानीको फोहोरासहितको बगैँचा, संग्रहालय, तीन तले पर्किङ्ग, उपहार…

Read More