Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » सेनाले पृतनाको अवधारणा खारेज गर्दै कमाण्ड संरचनामा यसै आर्थिक वर्षदेखि जाने

    सेनाले पृतनाको अवधारणा खारेज गर्दै कमाण्ड संरचनामा यसै आर्थिक वर्षदेखि जाने

    पहिलोक्लिकपहिलोक्लिकApril 25, 2021No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौँ: नेपाली सेना साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्ड भएको नयाँ संरचनामा जाने भएको छ । अब सेनामा चार कमान्ड हुनेछन् । पूर्वमा कोसी नदीको बहावका आधारमा पूर्वी कमान्ड, गण्डकी नदीको बहावका आधारमा मध्य कमान्ड र कर्णाली नदीको बहावको आधारमा पश्चिम कमान्ड हुनेछन् ।

    उपत्यकामा भने रणनीतिक महत्त्वको आधारमा उपत्यका कमान्ड हुनेछ । मन्त्रिपरिषद्ले फागुनमा सेनाको नयाँ संरचना कार्यान्वयनमा लान स्वीकृति दिएपछि नयाँ संरचना बन्न लागेको हो ।

    अहिले सैनिक मुख्यालयपछि सात प्रदेशमा सात पृतना र उपत्यकामा एउटा पृतना गरी आठ पृतना छन् । अब सबै पृतना खारेज हुनेछन् । पृतनाको नेतृत्व दुईतारे जर्नेल (उपरथी) ले गरिरहेका छन् ।

    अब कमान्डको नेतृत्व पनि उपरथीले नै गर्नेछन् । ‘सेनाले आन्तरिक रूपमा नयाँ संरचनाअनुसार जान समायोजनका काम गरिरहेको छ,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने, ‘आउने आर्थिक वर्षबाट पूर्णरूपमा नयाँ संरचना कार्यान्वयन ल्याउने योजनामा छौं ।’ अब प्रदेश सरकारसँगको समन्वयको दायित्व सम्बन्धित प्रदेशमा पर्ने वाहिनी हेडक्वार्टरहरूले गर्नेछन् । वाहिनी कमान्डअन्तर्गत हुन्छन् ।

    वाहिनीको नेतृत्व एकतारे जर्नेल (सहायक रथी) ले गर्छन् । अहिले प्रदेश सरकारसँगको समन्वय पृतनाले गरिरहेको छ । अब हेडक्वार्टरले आफूअन्तर्गत रहेका वाहिनी र गणहरूलाई कमान्ड गर्छ । कमान्डअन्तर्गत बढीमा ५ वटा वाहिनीसम्म हुन सक्छन् ।

    सैनिक मुख्यालय रणनीतिक हिसाबले भन्दा बढी ‘अपरेसनल’ काममा व्यस्त छ । ‘पहिला पृतना हुँदा जंगी अड्डा अलि बढी अपरेसनल काममा देखिन्थ्यो । अब कमान्डले अपरेसनल जिम्मा लिन्छ । वाहिनी र गणले चाहिँ आफूअन्तर्गत ट्याक्टिकल जिम्मा लिन्छन् । जंगी अड्डा अब राष्ट्रिय तथा रणनीति विषयमा मात्र केन्द्रित हुन्छ,’ सैनिक प्रवक्ता पौडेलले प्रस्ट पारे ।

    सेनाले पश्चिम कमान्डको हेडक्वार्टर सुर्खेत र उपत्यका कमान्डको हेडक्वार्टर अहिले उपत्यका पृतना रहेकै स्थान नारायणहिटी राजदरबारको उत्तरगेटमा राख्ने निर्णय गरिसकेको छ । पूर्वी कमान्ड र मध्य कमान्डको हेडक्वार्टर कहाँ राख्ने भन्ने सम्बन्धमा निर्णय भइसकेको छैन । सेनाको पूर्वी हवाई बेस इटहरीमा, मध्य काठमाडौंमा र पश्चिम हवाई बेस सुर्खेतमा छ ।

    लोकतन्त्र स्थापनासँगै अन्य निकायमा जस्तै सेनालाई पनि पुनःसंरचना गर्नुपर्ने मुद्दा उठेको थियो । तत्कालीन उपप्रधान तथा रक्षामन्त्री भीम रावलले २०७२ मा पूर्वरक्षा सचिव वामनप्रसाद न्यौपानेको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरे ।

    कार्यदलले नयाँ संरचनाको अवधारणासहितको प्रतिवेदन २०७३ मन्त्रालयलाई बुझायो । उक्त कार्यदलको खाकामा महत्त्वपूर्ण पद रथीको संख्यामा वृद्धि गर्दै दुई विकल्पसहित सेनाको पुनःसंरचनाको प्रस्ताव थियो ।

    नयाँ संविधानअनुसार पृतनाको संख्या घटाई त्यसलाई सञ्चालन तथा निर्देशन गर्न प्रधानसेनापति मातहतमा अपरेसन कमान्ड हेडक्वार्टरको प्रस्ताव गरिएको थियो ।

    कार्यदलको पहिलो विकल्पमा प्रधानसेनापति मातहत ४ रथी रहने व्यवस्था थियो भने दोस्रोमा ३ रथी रहने प्रस्ताव थियो । प्रस्तावमा पृतना र कमान्ड पनि हुने तथा थप रथीहरूको पद बढ्ने भन्ने थियो । अहिले सरकारले स्वीकृत गरेको नयाँ संरचनाअनुसार रथीको पद पनि थप्न नपर्ने, पृतना भंग हुने, कमान्ड रहने र कमान्डको नेतृत्व उपरथीले नै गर्ने व्यवस्था छ । सेनाको संख्या करिब ९६ हजार छ । यो संख्या १० वर्षे (२०५२–०६२) सम्मको द्वन्द्वकालमा बढाइएको हो ।

    Facebook Comments Box

    सेनाले पृतनाको अवधारणा खारेज गर्दै
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.