Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश रायमाझी भन्ने चित्रबहादुर रायमाझीसहितको समूह मिलेर उक्त नक्कली कार्य गरी पैसा असुल्ने गरेको खुल्न आएको छ । वैदेशिक रोजगारीमा जाने व्यक्तिका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट अत्यधिक रकम लिई नमूना सङ्कलन नै नगरी नक्कली बनाउने गरेको खुलेकाले उनीहरुसहित आठ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । सूचनाका आधारमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले मङ्गलबार साँझ काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर…
काठमाडौँ: नेपालमा बैशाख २७ गतेपछि कतारी रियाल नोटहरु सटही नहुने भएको छ । कतारी केन्द्रीय बैंकले पाँचौ संस्करणका नयाँ बैंक नोटहरु प्रयोगमा ल्याउन चौथो संस्करणका नोट चलन चल्तीबाट हटाउन खोजेकाले पुराना रियाल सटही नहुने भएका हुन् । कतारको केन्द्रीय बैंकले पाचौ संस्करणका नोट बजारमा पठाउन सुरु नै गरिसकेको छ । कतारी केन्द्रीय बैंकले पुराना लिइ नयाँ दिने काम सुरु गरेपछि नेपाल राष्ट्र बैंकले पनि त्यसलाई समयमा नै विशेष ध्यान दिएको छ । कतारी केन्द्रीय बैंकले चलनचल्तीबाट हटाउने भनेका नोट नेपालमा पनि हुनसक्ने भएकाले केही समय सीमा राखी सटही सुविधा रहेको राष्ट्र बैंकले जनाएको छ । नेपालीहरुको प्रमूख श्रम गन्तब्यको…
नेपालगञ्ज: कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले बाँकेमा वैशाख ९ गतेदेखि विमानस्थल र राजमार्गबाहेक सबै कुरा बन्द गरिने भएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले संक्रमणको दर उच्च बनेपछि ९ गतेदेखि पुनः लकडाउनजस्तै प्रतिबन्ध लगाउने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। तीव्र रूपमा संक्रमण फैलिन थालेपछि त्यससँग जुध्न कडा प्रतिबन्धको विकल्प तत्काल नदेखिएकाले ९ गतेदेखि एक साताका लागि त्यस्ता प्रतिबन्ध लगाउनेे निर्णय भएको उनले जानकारी दिए। ‘जिल्लाभर नै लकडाउन गर्ने कि कुन-कुन क्षेत्रमा गर्ने भनेर भोलि टुंगो लगाउँछौ,’ गेलालले भने। विमानस्थल र राजमार्ग खुला राख्ने र जमुनाहा नाकाबाट आउने नेपालीलाई सम्बन्धित ठाउँमा पुर्याउने व्यवस्था…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार गठनका विषयमा अन्य दलसँगको वार्ता र छलफललाई घनिभूत रुपमा तीव्रता दिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको नेकपा स्थायी कमिटी बैठकले प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र पक्षधरको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्ता र संवादलाई तीव्र रुपमा घनीभूतता दिने र एउटा निर्णय लिने निष्कर्षमा पार्टी पुगेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । वर्तमान सरकारले संविधान, कानुन, लोकतन्त्रलाई संकट पारिरहेको र जनादेश, सामाजिक आर्थिक रुपान्तरण, कम्युनिस्ट आन्दोलनविरुद्ध काम गरेकाले ओलीलाई सरकारबाट हटाउनुको विकल्प नभएको माओवादीको ठहर छ । बैठकले प्रतिनिधिसभाको अधिवेशन…
काठमाडौँ: कोरोना भाइरसको संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले १४ बुँदे आदेश जारी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएपछि जिल्ला प्रशासनले सो निर्णय पालनाका सम्बन्धमा विभिनुन १४ बुँदे आदेश जारी गरेको हो । प्रशासनले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थास्थ्य मापदण्ड कडलाइका साथ पालना गर्न आग्रह गरेको छ । आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पुर्याउने व्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही हुने प्रशासनले जनाएको छ ।
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १६६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । ८ हजार ५५ जनाको पीसीआर र ६८३ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए । यसैगरी काठमाडौँ ५५०, ललितपुर १०५ र भक्तपुरमा ३५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ । यसैगरी २४ घण्टामा २५१ जना डिस्चार्ज भएका छन् । हालसम्म…
काठमाडौं: मंगलबार सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक झिनाे अंकले वृद्धि भएकाे छ । दिनभर तीव्र उतारचढाव देखिए पनि कारोबार बन्द हुँदा भने ०.१० प्रतिशत अर्थात २ दशमलव ६८ अंकले मात्रै नेप्से परिसूचक बढेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि स्थिर नै देखिएको छ । प्रतिशतमा हेर्दा सेन्सेटिभमा ०.१० प्रतिशतको गिरावट देखिएको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ । सोमबार पौने ७ अर्ब रुपैयाँको सेयर कारोबार भएकोमा मंगलबार भने ५ अर्ब ५२ करोड रुपैयाँ हाराहारीमा मात्रै कारोबार भएको छ ।
काठमाडौँ: सरकारले कोरोना संक्रमणको जोखिम बढेसँगै होटल तथा रेष्टुराँ सञ्चालनका लागि नयाँ नियम लागू गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अब होटल तथा रेष्टुराँ बिहान ८ बजेदेखि राति ८ बजेसम्म मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले उक्त समयपछि होम डेलिभरी सेवा मात्रै उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिए । त्यसका साथै सरकारले राष्ट्रिय राजमार्गमा भएका होटल तथा रेष्टुराँले भिडभाड नहुने व्यवस्था मिलाइ आलोपालो गरी सेवा दिनुपर्ने निर्णय गरेको छ ।
काठमाडौँ: सरकारले सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्न नपाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सार्वजनिक यातायातमा क्षमताभन्दा बढी राख्न नपाउने र यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने निर्णय पनि गरेको छ। यदि मास्क नलगाए १० रूपैयाँ जरीवाना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका छन्। त्यसैगरी गाडीलाई नियमित सेनिटाइज गर्नुपर्ने, मास्क नलगाएकालाई गाडीमा छिर्न नदिने, चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनुपर्ने, हवाई यातायातको हकमा पर्याप्त स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने निर्णय गरेको गुरूङले जानकारी दिए।
काठमाडौँ: किलर माउन्टेनको रूपमा परिचित विश्वको दशौं अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन्। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा वैशाख ३ गते पत्रकार पूर्णिमा श्रेष्ठलगायत ६ नेपाली महिलासँगै ६७ जनाले अन्नपूर्ण हिमालको सफल आरोहण गरेको पथप्रदर्शक पेम्बा शेर्पाले बेनीमा आयोजित स्वागत कार्यक्रममा जानकारी दिए। पत्रकार श्रेष्ठसहित दावा याङजुम शेर्पा, पासाङल्हामु शेर्पा, माया शेर्पा, शर्मिला सेङताङ र डावुटी शेर्पासहित छ महिलाले एकैदिन सफल आरोहण गरेका थिए। यसअघि अन्नपूर्ण हिमालमा नेपाली महिला आरोहीले सफल आरोहण गर्न सकेका थिएनन्। अन्नपूर्ण बेसक्यामबाट छ दिनको यात्रासँगै अगस्त…
